नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका नीति तथा कार्यक्रमका बुँदाहरु स्पष्ट नभएको बताएका छन्।
संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै ओलीले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम तेलमा मात्र तारेको चास्नीमा नडुवाएको जेरी जस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको स्पष्ट नभएको बताएका छन्।
उनले नीति तथा कार्यक्रममा व्याकरण समेत नमिलेको आरोप लगाएका छन्। उनले मस्यौदा हेर्दा नीति तथा कार्यक्रममा भएका अधिकांश बुँदाहरुमा उल्लेख भएका शब्द जालको पुलिन्दा भएको बताएका छन्। उक्त बुँदाहरु कुनै अर्थबिनाका र यस्ले जनता अल्मलाउने मात्र भएको उनको दाबी छ।
ओलीले भने, 'मैले सबै बुँदा हेरेँ १३६ बुदाँमा त भ्रष्टाचारलाई प्रर्वद्धन गर्ने उल्लेख गरिएको छ अहिलेको सरकारले धेरै बुँदाहरु भ्रष्टाचारलाई संरचना गर्ने गरी बनाएको रहेछ,' ओलीले यो दस्तावेज बजेटको पूर्वसन्ध्यामा आएकोले यो अनुत्तरदायी प्रवृत्ति भ्रष्टाचारी प्रवृत्ति गैरजिम्मेवार देखिएका बताएका छन्।