नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम पदार्थको जिम्मा नीजि क्षेत्रलाई दिन अर्बाैं रुपैयाँको कारोबार भइसकेको र अर्बाैं रुपैयाँको कारोबार हुन बाँकी रहेको बताएका छन्।
उनले बिहीबार प्रतिनिधीसभामा नीति तथा कार्यक्रम माथि टिप्पणी गर्दै पेट्रोलियम पदार्थ जस्तो वस्तुलाई गम्भिरता पूर्वक नलिइएको र अध्ययन नगरी नीजि क्षेत्रलाई जिम्मा लगाउन लागिएको उल्लेख गर्दै रोष व्यक्त गरे।
‘यसलाई गम्भिरतापूर्वक नलिई कति प्रतिशत नीजि क्षेत्रलाई दिने मिल्ने र कति प्रतिशत राज्यले राख्ने भन्ने बिषय कुनै अध्ययन नगरी सम्पूर्ण नीजि क्षेत्रलाई हस्तान्तरण गर्ने?’,ओलीले भने।
आफू पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ कात्तिकदेखि फागुनसम्म एउटा गोप्य समिति बनाएर पाँच पटक बैठक बसेर भित्रभित्र झुक्काएर आफूलाई सिध्याउन लागिएको उल्लेख गर्दै उनले भने, ‘त्यो थाहा पाएपछि मैले रोकेको थिएँ।’
ओलीले त्यही षडयन्त्र अहिले पनि भइरहेको बताए। ‘त्यसबाट मोटो रकमको चलखेल भइसकेको छ र हुनेवाला छ’, उनले भने। ओलीले राष्ट्रलाई खोक्रो पार्ने नियत र उद्देश्यले यस्तो षडयन्त्र भइरहेको बताए। उनले जनतालाई सजक रहन आग्रह पनि गरे।