काठमाडौं–नेकपा एमालेले संविधानसभाको प्रक्रिया सुरु भएपछि संविधानसभा नछोड्न आफ्ना सभासदलाई निर्देशन दिएको छ। आइतबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले संविधानको प्रक्रिया सुरु भइसकेकाले संविधानसभा नछोड्न निर्देशन दिएको हो।
बैठकमा अध्यक्ष केपी ओलीले अब कुनै पनि वहानामा संविधानको प्रक्रिया नरोकिने भन्दै जारी प्रक्रियाबाटै संविधान जारी हुने बताएको सभासद यज्ञराज सुनुवारले जानकारी दिए। सुनुवारका अनुसार बैठकमा अध्यक्ष ओली र महासचिव इश्वर पोखरेलले सम्बोधन गरेका थिए। बैठकमा ओलीले संविधानसभाभित्र ह्विप नलाग्ने भएपनि पार्टीको निर्देशन अनुसार संविधानसभाको जारी प्रक्रिया कायम रहुन्जेल संविधानसभा नछोड्न सभासदलाई निर्देशन दिएका हुन्।
उनले अब संधिवान छिट्टै जारी हुनेसमेत बताएका थिए। ओलीले आइतबार विहान प्रधानमन्त्रीले तीन दलको बैठक बोलाएको र हिजो दिनभरका गतिविधिबारे ब्रिफिङ गर्ने जानकारी आफूहरुलाई आएको बताए । 'तर कार्यव्यस्तताको कारण सो बैठकमा उपस्थित हुन पाइएन,' उनले भने ।