काठमाडौं- एनेकपा माओवादीका सभासदले संविधानको विधेयक माथि व्यक्तिगतरुपमा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएका छन्। संविधान सभाको बैठक सुरु हुन अगावै उनिहरुले व्यक्तिगतरुपमा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएका हुन्।
नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीले संयुक्तरुपमा दर्ता गराएको संशोधन प्रस्ताव बाहेक एमाओवादी सभासदले व्यक्तिगतरुपमा दर्ता गराएको प्रस्ताव फिर्ता लिएको संविधान सभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिए।
एमाओवादीका प्रभु साह, सन्तकुमार थारु लगायतले संशोधन प्रस्ताव दर्ता गराएका थिए।