शीर्ष नेताको आश्वासन- संशोधनबाट माग सम्बोधन
२७ भदौ २०७२
•
१७ मिनेट पाठ
शीर्ष नेताको आश्वासन- संशोधनबाट माग सम्बोधन
काठमाडौं- प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले नयाँ संविधान जारीपछि पनि संशोधन गरेर जायज माग सम्बोधन गर्ने आश्वासन दिएका छन्। संविधानसभा बैठकमा धाराहरू पारित प्रक्रिया अगाडि बढाउनुअघि प्रमुख दलका नेताहरूले सम्बोधन गरेका थिए। उनीहरूले तराई–मधेसमा भइरहेको आन्दोलन हिंसात्मक भएको बताउँदै हिंसात्मक आन्दोलनले माग पूरा नहुने धारणासमेत राखे।




बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले नेपालले जारी गर्न लागेको संविधान समर्थन गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।

नेपालको संविधानसभाले प्रजातान्त्रिक तरिकाबाट ९ वर्ष लगाएर जारी गर्न लागिएको संविधान विश्वका कुनै पनि प्रजातान्त्रिक मुलुकले समर्थन गर्ने प्रधानमन्त्री कोइरालाको विश्वास छ।

'हामीलाई तत्काल अन्तर्राष्ट्रिय जगतको सहयोग चाहिएको भनेको लोकतान्त्रिक प्रक्रियाबाट पारित भएको संविधान स्वीकार गर्नु हो। लोकतन्त्र, कानुनी शासन, प्रजातन्त्र, हकअधिकारका निम्ति अन्तर्राष्ट्रिय समुदायले एकमतले समर्थन गर्नेछन् भन्ने विश्वास लिएको छु,' कोइरालाले भने।

उनले संविधानमा संयुक्त राष्ट्रसंघदेखि युरोपियन युनियन सबैको समर्थन प्राप्त हुने आशा व्यक्त गरे। 'जनताको संघर्ष खेर जाने छैन,' उनले भने, 'हामी निर्णय गर्दैछांै। तपाईंहरू समर्थन गर्नुस् भनेर मैले अन्तर्राष्ट्रिय समुदायका व्यक्तिहरूलाई भनेको छु। हामी समर्थन गर्छौं भन्नुभएको छ।'

प्रधानमन्त्री कोइरालाले लिखित सम्बोधनको बीचबीचमा आफ्नै तरिकाले सम्बोधन गरेका थिए। उनले नयाँ संविधानमा समानुपातिक समावेशी, निर्वाचन क्षेत्र निर्धारण लगायतमा स्पष्ट पारेका थिए। संविधान जारी हुँदाका बखत कायम जिल्लालाई एक निर्वाचन क्षेत्र मानेर जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गरिने बताए।

प्रधानमन्त्री कोइरालाले २००७ सालदेखिको सपना रूपान्तरण हुने दिशामा रहेको बताए। उनले सम्बोधनका क्रममा आन्दोलनरत पक्षलाई पटक–पटक वार्तामा आउन आह्वान गरेका थिए।

'संविधान जारी भएपछि सहमतिको सम्भावना नयाँ चरणबाट हुनेछ,' प्रधानमन्त्री कोइरालाले भने, 'एकसाथ बसेर सहमति खोज्न सक्छौं। संवादको बाटोमा फर्कन म अहिले पनि आह्वान गर्छु। यसबीचमा पनि पटक–पटक सबै नेताबाट संवाद नभएको होइन। निष्कर्षमा पुग्न नसकिएको हो। उहाँहरूलाई अहिले पनि वार्तामा आउन आह्वान गरेका छौं।'

उनले अन्तरिम संविधानमा कायम गरिएका अधिकार नयाँ संविधानले नकाटेको दाबी गरे। प्रधानमन्त्री कोइरालाले नेपालको आन्तरिक विषय अनावश्यक रूपमा लुकाएर बाहिर पठाइएको बताए।

'केही कुरा बाहिर लुकाएर पठाइएको छ,' प्रधानमन्त्री कोइरालाले भने, 'सेना कहाँ परिचालन भयो? स्थानीय स्तरमा सुरक्षाको प्रबन्धका लागि परिचालन भएको हो। सेना घरघरमा पसे भनेर बाहिर अफवाह फैलाइएको छ। अन्तर्राष्ट्रिय जगतले पनि गलत कुरा बुझ्नुपर्योल।'

उनले आफूहरूले पनि पटक–पटक आन्दोलन गरेको स्मरण गर्दै हिंसात्मक आन्दोलनको खुलेरै विरोध गरे। 'अदालतसँग केको झगडा?' कोइरालाले भने, 'अदालतमा गएर आगो लगाइएको छ। सभासदले के गल्ती गरेको छ? सभासदको घरमा आगो लगाइएको छ? प्रहरी बिटमा आगजनी भएको छ। यो शान्तिपूर्ण आन्दोलन हो? हामीले पनि कैयौं आन्दोलन गरेका छौं। राजाको दरबारको सामुन्ने गएर पनि शान्तिपूर्ण आन्दोलन गरेका हौं। संविधानमा आगो लगाएर के हुन्छ? मुलुकमा आगो लगाउने? संविधानपछि सबैका अधिकार सुनिश्चित हुन्छन्। सबैको परिचय स्थापित हुँदैछ भने यस्तो कोलाहल किन मच्चाएको? यही द्वन्द्वमा फसे बालुवामा पानी हालेसरह हुन्छ। मुलुक द्वन्द्वमा फस्छ।'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका हकअधिकार स्थापित गर्न आफूहरू लचिलो भएर प्रस्तुत भएको बताए।

'सम्भव भएसम्म अहिले नै संशोधन प्रस्ताव राखिएको छ, जनतालाई लोकतान्त्रिक हकअधिकार अबको संविधानमार्फत उपलब्ध गराउन सकिन्छ,' उनले भने, 'समृद्धि तत्कालै हासिल हुँदैन। त्यसको बाटोतर्फ अघि बढ्नुपरेको छ।'

ओलीले संविधानसभा छाडेर गएका दलहरूलाई भावनामा नबग्न आग्रहसमेत गरे। 'संविधानसभा छाडेर बाहिर गएका दललाई आग्रह गर्छु भावनामा नबग्नुस्,' उनले भने, 'जनताले लडेर ल्याएको सभा र एउटा असफल भएपछि अब विलम्ब नगरी संविधान जारी गर्नुपर्छ। संविधान बनाउनका लागि हामी यहाँ आएका हौं।

हरेकले मैले भनेको हुनुपर्छ भन्ने हो भने धेरै पार्टी र नेता छौं। अरूको कुरा सुनेर विधेयकलाई अघि बढाएका छौं।'

उनले बाहिर गएका राजनीतिक दलहरू वार्तामा आए आफूहरू वार्ता गर्न तयार रहेको बताए। 'संविधान र प्रक्रिया रोकेर होइन, सर्वसम्मतिले संविधान बन्न सक्दैन भन्ने बुझ्नुपर्यो।। असहमति हुन हुँदैन भन्ने पनि होइन। कसैले नबुझेको भए बुझाउन सकिन्छ बलजफ्ती थोपर्न सकिन्न। भोलि गएर छलफलमा सच्याउन सकिन्छ। आग्रहहीन ढंगले छलफलमा राख्न सकिन्छ। आउनुस् वार्तामा बसौं मेरो आग्रह छ।'

उनले अहिले आन्दोलन आवश्यक नरहेको बताए। 'संविधानसभामा संवादको लागि ठाउँ छ। आफ्ना कुरा राख्ने ठाउँ छ। संविधानसभाका बहस र छलफल, दलहरूबीचको संवाद छाडेर आन्दोलनमा जानुपर्ने आवश्यकता छैन,' उनले भने, 'आन्दोलनका नाममा अनेक प्रकारका राष्ट्र विखण्डन, देशलाई हिंसातर्फ लैजान खोज्ने काम भएको छ। प्रहरीलाई हान्ने, पेट्रोल खन्याएर प्रहरी मार्ने काम उचित हुँदैन। यसले द्वन्द्व र भिडन्त बढाउँछ। त्यतातिर जान हुँदैन। सरकारका तर्फबाट ताकेर गोली चलाइएको हो भने त्यसो नगरौं।'

उनले तराई–मधेसको नाममा कसैले तराई र मधेसको नाममा कसैले संघर्ष गरेको भए पनि त्यो राष्ट्रिय हितविपरीत देखिएको बताए। 'मधेसको नाममा उत्ताउला कुरा गर्दैमा मधेसी जनता त्यसरी कुद्दैनन्,' ओलीले भने।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको स्वतन्त्रता संग्राम र भारतमा संविधान जारी गर्ने बेलामा पनि समस्या देखिएको स्मरण गरे। उनले अझै पनि वार्तामा आएर समस्याको समाधान गर्न सकिने भन्दै हिंसात्मक आन्दोलन वार्ताको विकल्प बन्न नसक्ने बताए। दाहालले पार्टीका तर्फबाट शासकीय स्वरूपसहित विभिन्न धारामा रहेको असहमति संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएका छन्।

'मधेसमा आन्दोलन चलेको छ, हिंसात्मक घटना भएका छन्,' दाहालले भने, 'एकातिर राज्यले बढी बल प्रयोग गर्योु भन्ने आएको छ। अर्कोतिर जबर्जस्ती प्रहरीलाई ज्युँदै जलाउने र प्रहरी चौकी जलाउने काम भएको छ। मधेसवादी दलका केही वरिष्ठ नेताले मधेस स्वायत्तताका लागि होइन, मधेस देशका लागि लडाइँ हुन्छ भन्नुभयो । यो भनाइ आत्मघाती र राष्ट्रघाती पनि छ। मधेसी जनतालाई दुर्घटनामा लैजाने बाहेक यसले केही गर्दैन।' उनले मधेस काठमाडौंबाट बाहिर रहन नसक्ने धारणासमेत राखे।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हठात क्रान्तिकारिता र बौद्धिक लहलहैमा र विदेशीको उक्साहटमा सबै मान्यतालाई ध्वस्त बनाएको आरोप लगाए। उनले विदेशीको सौजन्यमा गणतन्त्र, धर्मनिरपेक्षताको संवाहक बनेको आरोपसमेत लगाए।

'वार्ता र संवादलाई आगामी दिनमा उच्च प्राथमिकतामा राखिनुपर्छ,' थापाले भने, 'एउटा चुनावमा हार्दैमा सिद्धान्त पराजित हुँदैन। एउटा पराजयबाट सिद्धान्त ओझेल पर्दैमा मान्यता छायामा पर्दैन।' उनले विधि र प्रक्रियाप्रति विश्वस्त रहँदै आफ्नो सिद्धान्तप्रति पनि प्रतिबद्ध रहेको बताए।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भारतबाट सञ्चालिन दसवर्षे गृहयुद्धको एजेन्डा नै धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता रहेको बताए। उनले हिजोका गल्ती र कमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए।

संविधानसभामाथि कोही छैन : सिटौला

संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानसभाभन्दा माथि कोही पनि नभएको बताएका छन्। उनले राष्ट्रपतिले दिएका पछिल्ला अभिव्यक्ति र विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति विश्वास नभएको बताए।

'राष्ट्रपतिले केही दिन लम्ब्याएर पनि वार्ता गर भन्नुभयो भन्ने कुरा बाहिर आयो,' सिटौलाले भने, 'यो संस्थाभन्दा माथि कोही पनि छैन। राष्ट्रपति पनि यहीँबाट निर्वाचित गरेका हौं। म यस्ता कुरामा विश्वास त गर्दिनँ। कांग्रेसले नै उहाँलाई उम्मेदवार बनाएको हो। यही संस्थाबाट निर्वाचित राष्ट्रपति हुनुहुन्छ। प्रेसमा आएका कुरामा म किमार्थ विश्वास गर्न चाहन्नँ। हामी सार्वभौम छौं। हामीले गरेको निर्णयमा कसैले बाधा हाल्छ भन्ने पनि नसोचौं। राष्ट्रपतिबाट पनि त्यस्तो कुरा आउनु हुँदैन।'

सिटौलाले पत्रपत्रिकामा आएका सबै विषयमा विश्वास नगर्न पटक–पटक आग्रह गरे। 'पत्रपत्रिकामा आएका विषयमा विश्वास नगरौं,' उनले भने, 'सम्पादकको आफ्नो निजी विचार होला। सम्पादकीय के लेख्यो भन्ने कुरा नगरौं। संविधान निर्माणको यो महत्वपूर्ण समयमा प्रेसका साथीहरूलाई पनि संविधानसभालाई सहयोग गर्न आग्रह गर्न सक्नुपर्छ।'

सिटौलाले तराईमा भएको आन्दोलनको पनि कडा रूपमा विरोध गरे। उनले महोत्तरीमा प्रहरीलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्नेहरूको आन्दोलन शान्तिपूर्ण हुन नसक्ने बताए।

'तपाईं र तपार्इंको परिवारमा भए के हुन्थ्यो?' सिटौलाले भने, 'यो घटना वर्णन गर्न सकिन्न। दन्त्यकथामा पनि भन्न सकिन्न । बाहिर बसेर आन्दोलनको नाममा हिंसा भड्काउनेलाई म के भन्न चाहन्छु भने हिंसासँग यो संविधानसभा झुक्दैन। यस प्रकारका घटनाबाट संविधानसभा दायाँबायाँ हुन सक्दैन। संविधानसभा जनताप्रति जिम्मेवार छ। संविधानसभाको समर्थन सरकारलाई छ जनताको बाँच्न पाउने अधिकार सुनिश्चित गरियोस्।'

उनले हिंसात्मक घटना रोक्न पटक–पटक आग्रह गरे। 'तपार्इंको नाममा हिंसात्मक घटना भएका छन्। त्यो तपार्इंभित्रै रहेर हिंसात्मक घटना रोक्नुस्। नभए हिंसाबाट किमार्थ माग पूरा हुुँदैन। अब प्रक्रिया प्रारम्भ भयो। अझै पनि आउनुस् केही बिग्रेको छैन। लोकतान्त्रिक विधि र प्रक्रिया सबैले मानौं।'

उनले कुनै पनि सभासदलाई जनताको मतको अपमान गर्ने अधिकार नभएको बताए। 'अझै पनि प्रक्रियामा आएर मत राख्नुस्,' सिटौलाले भने, 'यो अवसर नगुमाउनुस्। मेरो विशेष आग्रह छ।'

सिटौलाले नेपालको संविधानसभा सफल हुन नदिन विदेशी पनि लागिरहेको संकेत गर्दै पटक–पटक समर्थन पाएका विदेशीबाट यस्तो अपेक्षा नगरेको बताए।

'१२ बुँदेदेखि यहाँसम्म विदेशीको समर्थन प्राप्त गरेका छौं,' उनले भने, 'सरकार र विद्रोहीको आग्रहमा युएन पनि आएको छ। अहिले त्यही विषयमा पत्रिकामा आएका कुरा विश्वास नगर्नुस्। संविधानसभाले बनाएको संविधानलाई विदेशीले समर्थन गर्नेछन्। नेपाल सार्वभौम र स्वतन्त्र छ। सबैले मिलेर काम गर है भन्ने दुनियाँको भनाइ सधैं आउँछ। संविधान जारी भएपछि पनि बाँकी विषय मिलाउन सकिन्छ।'

उनले धर्मनिरपेक्षताबारे नेपालको सन्दर्भमा शब्दकोश खडा भएको बताए। 'हामीले लुम्बिनी, पशुपतिनाथ र मस्जिदको पनि संरक्षण गर्नुपर्छ,' सिटौलाले भने, 'हामीले देश र जनता बचाउनु छ। हिंसा अन्त्य गर्नुपर्नेछ। यही भनेर सबैलाई सम्झाउनुपर्छ।'

उनले निर्वाचन क्षेत्रका विषयमा ७५ वटा जिल्लालाई एउटा निर्वाचन क्षेत्रका आधारमा छुट्ट्याएर बाँकी क्षेत्रलाई जनसंख्याका आधारमा छुट्ट्याइने बताए।

सिटौलाले संविधानसभामै बसेर स्वागत गर्नुको सट्टा बाहिर गएर विरोध गर्नुको औचित्य नभएको बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस