काठमाडौं–नेपालको संविधान २०७२ औपचारिक रुपमा असोज ३ गते साँझ पाँच बजे घोषणा हुने भएको छ। संविधानसभा सचिवालयका अनुसार राष्ट्रपतिलाइ निम्ता दिन शीतल निवास जाने कार्यक्रम भएपनि समयअभावका कारण भाेली विहान नाै बजे संविधानसभा अध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिलाई निम्तो दिन शीतल निकास जाने कार्यक्रम छ।'भाेली विहान नाै बजे संविधानसभाको बैठक स्थगित भएपछि संविधानसभा अध्यक्ष राष्ट्रपतिज्यूलाई निम्तो दिन शीलन निकास जाने कार्यक्रम छ,' संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले भने,'यही असोज ३ गते साँझ पाँच बजे संविधानसभा भवनमा औपचारिक रुपमा राष्ट्रपतिज्यूले नयाँ संविधान जारी भएको घोषणा गर्नुहुने छ।'
राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतले संविधानसभा अध्यक्षले अाजै राष्ट्रपतिलाइ भेट्न समय माग गरेपनि समयअभावमा भाेली विहान नाै बजे भेट्ने कार्यक्रम रहेकाे बताए।
राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतले संविधानसभा अध्यक्षले अाजै राष्ट्रपतिलाइ भेट्न समय माग गरेपनि समयअभावमा भाेली विहान नाै बजे भेट्ने कार्यक्रम रहेकाे बताए।











