काठमाडौं महानगरमा सत्तारुढ गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले मेयरमा विजयी स्वतन्त्र उम्मेदवार बालेन साहलाई बधाइ दिएकी छन् ।
बिहीबार अबेर सम्पन्न भएको मतगणनापछि उनले बालेनालाई बधाइ दिदैँ आफूलाई अमूल्य मत दिने आफ्ना मतदाताहरुलाई धन्यवाद समेत दिएकी थिईन्।
उनले मतदाताहरुले विजयी हुने गरी निश्चय नै मत जित्न नसकेको तर नगरवासी सबैको मन जितेको दावी गरिन्। उनले भनेकी छन्, 'विजयी हुने गरि निश्चयनै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें।'
उनले आफूले लोकतान्त्रिक अभ्यासको सम्मान गर्ने र परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने उनले जनाएकी छन्। मेयरमा निर्वाचित बालेनलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्। स्थानीय तह निर्वाचनमा सिंहले ३८ हजा र ३४१ मत प्राप्त गरेकी थिइन्।