काठमाडौं- वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछिका अनुकम्पनले घरबारविहीन सर्वसाधारणको पुनःस्थापना र भत्केका संरचना पुनर्निर्माण सुरु नहुँदै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषबाट करिब साढे १५ अर्ब रुपैयाँ खर्च भइसकेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सूचना अधिकारी देवीप्रसाद थपलियाका अनुसार विभिन्न दातृ राष्ट्र तथा निकाय, संघसंस्था र व्यक्तिले कोषमा वैशाख १२ देखि भदौ २० सम्म करिब ७ अर्ब रुपैयाँ जम्मा गरेका छन्। कोषका लागि अर्थ मन्त्रालयले साढे ९ अर्ब रुपैयाँ निकासा गरेको थियो। वैशाख १२ अघि कोषमा ५१ करोड १६ लाख १५ हजार रुपैयाँ रहेको थियो। सबै गरी कोषमा १६ अर्ब ७८ करोड ५३ लाख ४२ हजार ४ सय २१ जम्मा भएकोमा हाल १ अर्ब ३८ करोड ३७ लाख ४१ हजार ४ सय २१ रुपैयाँ मात्र छ। 'करिब साढे १५ अर्ब रुपैयाँ गृह मन्त्रालयका नाममा निकासा भइसकेको छ,' थपलियाले भने।
भूकम्प गएलगत्तै सरकारले १४ वटा बैंकका खाता सार्वजनिक गरी राहत रकम संकलन गरी सहयोग गरिदिन सबैलाई आग्रह गरेको थियो। देश–विदेशबाट तिनै खातामा भूकम्पपीडितका लागि रकम जम्मा हुँदै आएको छ। 'प्रधानमन्त्री कोषमा रकम आउन लगभग बन्द भएको छ। अहिले फाट्टफुट्ट ३–४ वटा बैंकका खातामा मात्र सानो रकम जम्मा भइरहेको छ,' प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय आर्थिक प्रशासन शाखा प्रमुख लक्ष्मण खनालले भने।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले केन्द्रीय दैवीप्रकोप उद्धार कोषले निर्धारण गरेको मापदण्डलाई आधार बनाई प्रधानमन्त्री कोषमा रहेको रकम भूकम्पपीडितलाई वितरण गरिएको बताए। ढकालका अनुसार १ लाख रुपैयाँ राहत र ४० हजार दाहसंस्कार खर्च गरी भूकम्पमा परी ज्यान गुमाएकाको परिवारलाई उपलब्ध गराइएको छ। एउटै परिवारमा एक जनाभन्दा बढीको मृत्यु भए मृतकको संख्याअनुसार दाहसंस्कार खर्च स्वरूप ४० हजार रुपैयाँ बढी दिइएको छ।
यस्तै, पूर्ण रूपमा ध्वस्त भएर घरबिहीन भएका परिवारलाई जस्ता किन्न १५ हजारका दरले प्रधानमन्त्री कोषबाट उपलब्ध गराइएको ढकालले जानकारी दिए। गृहको तथ्यांकअनुसार वैशाख १२ को भूकम्प र त्यसपछिका अनुकम्पनका कारण ८ हजार ८ सय ९० जनाको मृत्यु भएको छ। ६ लाख २ हजार ५ सय ९२ निजी घर पूर्ण रूपमा ध्वस्त भएका थिए भने २ लाख ८४ हजार ४ सय ८२ घरमा आंक्षिक क्षति पुगेको थियो।
'सरकारले निर्धारण गरेको मापदण्ड अनुसार लगभग सबैलाई राहत सहयोग बाँडी सकिएको छ। सहयोग पाइएन भनी छिटफुट केही आउने गरेका छन् उनीहरुले प्रमाण नपुर्याएका कारण नपाएका हुन्,' गृह प्रवक्ता ढकालले भने। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम मात्र गृहले राहत स्वरुप वितरण गर्दै आएको उनले स्पष्ट पारे।
करोड सहयोग गर्ने ८० भन्दा बढी
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोडभन्दा बढी रकम राखी भूकम्पपीडितलाई सहयोग गर्ने एउटै व्यक्ति, संघसंस्था तथा निकाय ८० भन्दा बढी छन्। यस्ता व्यक्ति, संघसंस्था तथा निकायबाट मात्र कोषमा ५ अर्ब ६८ करोड ७४ हजार ६२ हजार ६ सय ९९ रुपैयाँ जम्मा भएको छ। बाँकी एक अर्ब रुपैयाँ १ हजार १ सय २० संघसंस्था, निकाय, व्यक्ति र राष्ट्रले जम्मा गरेका हुन्।
प्रधानमन्त्री राहत कोषमा हालसम्म सबैभन्दा ठूलो रकम ६६ करोड २० लाख रुपैयाँ हङकङ सरकारले प्रदान गरेको छ। जापानस्थित नेपाली दूतावासले ५२ करोड ३ लाख ३३ हजार २ सय ६३ रुपैयाँ कोषमा राखेको छ। जापानी जनता र त्यहाँ रहेका नेपाली समुदायले उपलब्ध गराएको उक्त रकम दूतावासले कोषमा जम्मा गरेको हो।
'हामी अझै कोषमा रकम बढाउने प्रयास गरिरहका छौं,' जापानका लागि नेपाली राजदूत मदन भट्टराईले भने। थाइल्यान्डस्थित नेपाली दूतावासले पनि प्रधानमन्त्री कोषमा ४६ करोडभन्दा बढी रकम कोषमा जम्मा गरेको छ।
निजामती कर्मचारीका तर्फबाट कोषमा ३७ करोड ३७ लाख ९३ हजार ९ सय ६७ रुपैयाँ जम्मा भएको छ। यस्तै, सरकारी शिक्षकहरूका तर्फबाट ३२ करोड ९८ लाख ३४ हजार १ सय ६१ रुपैयाँ जम्मा भएको छ। एसियाली विकास बैंकले कोषमा ३० करोड ६० लाख रुपैयाँ प्रदान गरेको छ। नेपाल टेलिकमले २५ करोड र नेपाली सेनाको कार्यरथी विभागले २४ करोड ३६ लाख ६ हजार ९ सय ८६ रुपैयाँ जम्मा गरेका छन्।
१५ देशले कोषमा पैसा जम्मा गरे
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हालसम्म १४ देशका सरकारले कुल १ अर्ब ३० करोड ८४ लाख ८ सय ६४ रुपैयाँ जम्मा गरेका छन्। कोषमा अल्जेरिया, भुटान, पाकिस्तान, कम्बोडिया, हङकङ, मकाउ, थाइल्यान्ड, लाओस, क्रोएसिया, भियतनाम, कजाकास्तान, बु्रनाई, जर्जिया र पूर्वी टिमोरले सिधै रकम जम्मा गरेका हुन्।
कोषमा हङकङले ६६ करोड २० लाख, पाकिस्तानले १० करोड ४१ लाख र भुटान सरकारले १० करोड ११ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ जम्मा गरेका छन्। यस्तै, अल्जेरियाले १० करोड १३ लाख ४२ हजार ९ सय ८७, कम्बोडियाले १ करोड २ लाख, मकाउले २५ करोड ३० लाख, लाओसले १ करोड २ लाख र थाइल्यान्ड सरकारले १२ करोड २४ लाख रुपैयाँ प्रधानमन्त्री कोषमा जम्मा गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार क्रोएसियाले ५१ लाख ९३ हजार ८ सय ७७, भियतनामले ५१ लाख १४ हजार, कजाकास्तानले २ करोड ४ लाख, ब्रुनाईले ३ करोड ७० लाख ७३ हजार २७, जर्जियाले ५१ लाख र पूर्वी टिमोरले ५ करोड १० लाख रुपैयाँ भूकम्पपीडितका लागि भन्दै कोषमा जम्मा गरेका छ।
नेपाली नियोगबाट २ अर्ब
कोषमा विभिन्न देशमा रहेका ३४ वटा नेपाली दूतावास तथा नियोगबाट करिब २ अर्ब रुपैयाँ जम्मा भएको छ। सबैभन्दा बढी जापानस्थित नेपाली दूतावासबाट ५२ करोड जम्मा भएको छ।
थाइल्यान्डस्थित नेपाली दूतावासले कोषमा ४६ करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरेको छ भने दक्षिण कोरियास्थित नेपाली दूतावासबाट करिब १७ करोड रुपैयाँ जम्मा भएको छ।
भारतको नयाँ दिल्लीस्थित दूतावासबाट २० करोड, बंगलादेशस्थित दूतावासबाट साढे ५ करोड, बेलायतस्थित दूतावासबाट ३ करोड र अमेरिकास्थित नेपाली दूतावासबाट ८ करोड ८ लाख ८० हजार रुपैयाँ कोषमा जम्मा भएको छ।
अन्तर्राष्ट्रिय संघसंस्था ४ सय
कोषमा हालसम्म रकम सहयोग गर्ने दातृ राष्ट्र तथा निकाय, अन्तर्राष्ट्रिय संघसंस्था र कम्पनीको संख्या ४ सय हाराहारी छ। उनीहरूले ३ अर्ब ८७ करोड ४४ लाख ४ सय ६८ रुपैयाँ जम्मा गरेका छन्।
कोषका अनुसार नाइजेरियाको डेङ्गोटे लिमिटेडले १० करोड १६ लाख २८ हजार ८ सय ८२ रुपैयाँ सहयोग गरेको थियो। अमेरिकाको निक सिमोन फाउन्डेसनले १० करोड १६ लाख रुपैयाँ प्रदान गरेको छ। हङकङको ली का सिंह फाउन्डेसनबाट १० करोड ७ लाख रुपैयाँ प्राप्त भएको छ।
कोषमा साउथ एसिया फाउन्डेसनबाट ५ करोड २१ लाख ३८ हजार, दक्षिण कोरियाको डा. हाक जा हान मुन मिसन फाउन्डेसनबाट ५ करोड १० लाख २५ हजार र ताइवानको गोङकार धर्म रान्जा सेन्टरबाट ५ करोड ५ लाख ९८ हजार रुपैयाँ प्राप्त भएको छ। डिएबी कम्युनिटी सर्भिस लिमिटेड हङकङले पनि कोषमा १ करोड ६१ लाख २६ हजार ४ सय ११ रुपैयाँ जम्मा गरेको छ। यस्तै मकाउको हेनरी फोक फाउन्डेसनबाट १ करोड ३१ लाख ८३ हजार रुपैयाँ कोषमा जम्मा भएको छ।
कोषबाट ५९ जिल्लामा राहत
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम ५९ जिल्लाका पीडितलाई प्रदान गरिएको छ। कोषबाट रकम वितरण नभएको जिल्लामा सिरहा, धनुषा, दाङ, बाँके, बर्दिया, सुर्खेत, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बझाङ, अछाम, कैलाली, डडेलधुरा, बैतडी र दार्चुला रहेका छन्।
कोषबाट भूकम्पपीडितका लागि सबैभन्दा ठूलो रकम सिन्धुपाल्चोकमा गएको छ। सिन्धुपाल्चोकमा हालसम्म १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ वितरण भइसकेको छ। दोस्रो ठूलो रकम १ अर्ब १६ करोड ८७ लाख रुपैयाँ काभ्रेपलाञ्चोकमा गएको छ। धादिङमा कोषबाट १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ वितरण भएको छ।
गृह मन्त्रालयले कोषबाट हालसम्म नुवाकोट जिल्लाका भूकम्पपीडितलाई १ अर्ब ९ करोड ५९ लाख प्रदान गरिसकेको छ। यस्तै, काठमाडौंमा ८६ करोड ३० लाख, ललितपुरमा ४१ करोड ७१ लाख र भक्तपुरमा ३७ करोड ६७ लाख रुपैयाँ वितरण गरिएको छ। दोलखामा ८० करोड, रामेछापमा ५८ करोड २४ लाख र सिन्धुलीमा ३४ करोड ३४ लाख रुपैयाँ वितरण भएको छ।
गृह मन्त्रालयले प्रधानमन्त्री कोषको रकम सिंहदरबारभित्र रहेका अन्य मन्त्रालय र सुरक्षा निकायलाई पनि प्रदान गरेको छ। मन्त्रालय र सुरक्षा निकायलाई हालसम्म गृहले कोषबाट कुल १ अर्ब ४६ करोड ७३ लाख ४६ हजार ८६ रुपैयाँ वितरण गरेको हाृ। गृहले कोषबाट १३ करोड रुपैयाँ नेपाल प्रहरी केन्द्रीय दैवी प्रकोप उद्धार कोष, १० करोड रुपैयाँ सशस्त्र प्रहरी बल र १८ करोड रुपैयाँ नेपाली सेनालाई प्रदान गरेको छ।
गृहका अनुसार कोषबाट परराष्ट्र मन्त्रालयलाई १२ करोड, क्षेत्रीय प्रशासन कार्याय धनकुटालाई ७ लाख, सहरी विकास मन्त्रालयलाई ५४ करोड, कृषि मन्त्रालयलाई २५ करोड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १० करोड, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १५ करोड, उद्योग मन्त्रालयलाई ६ करोड ६६ लाख ४६ हजार ८६ र स्वास्थ्य मन्त्रालयलाई ५ करोड ५० लाख रुपैयाँ प्रदान गरिएको छ।