माओवादी हलो अड्काएर गोरु कुट्ने काममा लागेको छ : पौडेल
राजु अधिकारी, झापा पुस १८- सत्तारुढ पार्टीका दुई प्रमुख नेताले माओवादी हठले राजनीतिक सहमति तयार हुन नसकेको बताएका छन्। एमाले अध्यक्ष झलनाथ खनाल र कङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी अतिवादले सङ्कट निम्तेको पनि बताए।
चन्द्रगढीस्थित विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष खनालले भने– 'माओवादी आफ्नै कारणले सहमतिको बाधक बनिरहेको छ।' तर, उसलाई सहमतिमा ल्याउने आफूहरुको पहल जारी रहेको पनि उनले बताए। घोषित मितिमा नयाँ संविधान जारी हुने दावी गर्दै खनालले थपे– त्यसका लागि माओवादीले सहकार्यको बाटो रोज्नैपर्छ।
पार्टी पोलिटब्युरोमा अल्पमतमा परेपछि माओवादीप्रति कडारुपमा प्रस्तुत हुन थालेको भन्ने प्रचारको पनि उनले खण्डन गरे। 'त्यो कुपमण्डुकहरुले चलाएको अफवाह हो'- उनको भनाइ थियो।
गृह जिल्ला इलामको पार्टी अधिवेशन सकेर राजधानी फिर्ने क्रममा खनालले भने– महाधिवेशनले जे निर्णय गरेको छ, म त्यसैलाई अनुशरण गरेर हिँडेको छु।'
खनाल फर्कने बेला नै झापा ओर्लिएका कङ्ग्रेस नेता पौडेलले नाजायज माग अघि सारेर माओवादीले राष्ट्रलाई सङ्कटतिर धकेलेको आरोप लगाए। 'हलो अड्काएर गोरु कुट्ने काममा माओवादी लागेको छ', कार्यकर्ता भेटघाटका लागि जिल्ला आएका उनले भने– हठ नत्यागेसम्म उसलाई विश्वास गर्न गाह्रो छ।
जबरजस्ती गरेर र घुर्क्याएर सत्ता प्राप्त गर्न नसकिने उल्लेख गर्दा पौडेलले संसदमा बहुमत पुर्याएर सरकार बनाउन माओवादीलाई चुनौतीसमेत दिए। 'संसदमा बहुमत पुर्याए हुन्छ', उनले भने– घुर्क्याएर सडकमा हल्ला गरेर केही हुने वाला छैन।
माओवादीसँग संवाद सुरु भइसकेको जानकारी दिँदै पौडेलले सहमतिबाहेकको बाटो रोज्न खोजे त्यसले माओवादीलाई नै हानि गर्ने चेतावनीसमेत दिए।