काठमाडौं— नेपाली कांग्रेसले संविधान सभाको मंगलबारको बैठक सुरु हुनुभन्दा अगाडि एउटा निर्देशन जारी गर्यो– सबै सभासदहरुले हाजरि गर्नुपर्ने। बिहान ११ः३० बजे संविधान सभा बैठक सुरु हुनै लाग्दा कांग्रेसले यो निर्देशन दिएको थियो।हाजिरका लागि सचिवालयमा हाजिरी कापी नै राखियो। त्यसमा हस्ताक्षर गर्न प्रमुख सचेतक चिनकाजी श्रेष्ठले निर्देशन दिए। सोही निर्देशनअनुसार कांग्रेस सभासदले मंगलबार संविधान सभामा हाजिर गरेका छन्।
सभासद अमरेश सिंह सहितका सभासदहरु नयाँ संविधान बनाउने कामको विरोधमा उत्रिने देखिएपछि कांग्रेसले सभासदहरुको हाजिर गराएको हो।
सभासद अमरेश सिंह सहितका सभासदहरु नयाँ संविधान बनाउने कामको विरोधमा उत्रिने देखिएपछि कांग्रेसले सभासदहरुको हाजिर गराएको हो।