काठमाडौं— राष्ट्रपतिले संविधान जारी गर्न आउने–नआउने अन्योलपूर्ण जवाफ संविधान सभालाई दिएपछि संविधान सभाले असोज ३ गते ५ बजे संविधान जारी गर्ने प्रस्तावलाई सर्वसम्मितले पारित गरेको छ।
प्रस्ताव पारित भएसँगै संविधान जारी गर्ने समारोहमा राष्ट्रपति रामवरण यादव उपस्थित हुनै पर्नेछ।
नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ प्रस्तावक रहेको 'नेपालको संविधान नेपाली जनता समक्ष प्रारम्भ भएको घोषणा गर्ने मिति निर्धारणसम्बन्धी प्रस्ताव', संविधान सभाबाट बहुमतले पारित भएको हो। प्रस्तावकको समर्थकमा एमालेका अग्निप्रसाद खरेल र एमाओवादीका गिरिराजमणि पोखरेल समर्थक रहेका थिए।
यसअघि संविधान सभा सचिवालयले संविधान जारी गर्ने कार्यक्रममा सहभागी हुनका लागि निमन्त्रणा पठाएको थियो। राष्ट्रपति कार्यालयले सो को जवाफ अन्याैलपूर्ण पठाएपछि मंगलबार संविधान सभाले यस्तो प्रस्ताव नै पारित गर्नुपरेको हो।
नयाँ संविधान अहिलै जारी गर्नु हुँदैन भन्ने पक्षमा राष्ट्रपति यादव रहँदै अाएका छन्। संविधान जारी गरेपछि राष्ट्रपतिको नयाँ चुनाव गर्ने दलहरुबीच सहमति छ। यादव ७ वर्षदेखि राष्ट्रपति छन्।
यस्तो थियो प्रस्ताव