काठमाडौं– राष्ट्रिय हिन्दु युवा मञ्च नेपालमा आवद्ध चार हिन्दुबादीहरुले नेपाललाई हिन्दू राष्ट्र घोषणा नगरेसम्म आफूहरुले अनशन नत्याग्ने चेतावनी दिएका छन्।
नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै विगत १६ दिन देखि काठमाडौंको खुला मञ्चमा आमरण अनशनरत कमलप्रसाद जोशी, प्रेमनिधि भारद्वाज, सागर कटुवाल र खेमनाथ आचार्यले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो चेतावनी दिएका हुन् । अनशनमार्फत आफूहरुले राखिएको मागको सुनुवाइ नभएको उनीहरुले बताएका छन्।
उता नयाँ संविधान घोषणाका लागि जारी संविधानसभा बैठकले मतदान गरी थप व्याख्यासहितको धर्मनिरपेक्षताको व्यवस्थालाई नयाँ स्वीकृत भइसकेको छ। सोमबार मात्रै संविधानसभामा भएको मतदानबाट धर्मनिरपेक्षता स्वीकृत भएको हो।
अनशनरत चारै हिन्दूवादीहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उनीहरुको स्वास्थ्य अवस्था जाँच गरिरहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक रामप्रसाद उप्रेतीले बताएका छन्।