काठमाडौं–संविधान जारी गर्ने समारोहको निम्तो पत्र बोकेर मंगलबार बिहान संविधान सभा अध्यक्ष सुवास नेम्वाङ शीतल निवास पुगे। उनीसँग नेपाली जनतालाई उत्साही बनाउने नयाँ संविधान जारी गर्ने समारोहको निम्तो पत्र थियो। राष्ट्रपति रामवरण यादवले निम्तो रुचिपूर्वक ग्रहण नगरेपछि नेम्वाङ निरास बनेर फर्किए।संविधान सभा अध्यक्षले बिहान ९ बजे पत्र बुझाएका थिए। 'चाँडो संबिधान ल्याउनु भएछ बधाई छ,' राष्ट्रपतिले भेटमा नेम्वाङलाई भनेका थिए 'संबिधान आउनु खुसीको कुरा हो म आउने बारेमा पछि खबर गरौंला।'
शीतल निवासबाट बाहिरिएका उनले सावधानीपूर्वक प्रतिक्रिया दिए। 'मलाई पूर्ण विश्वास छ राष्ट्रपतिज्यू सो समारोहमा उपस्थित हुनुहुनेछ', अध्यक्ष नेम्वाङले सधैँजस्तै कुटनीतिक शैलीमा सुनाए।
नेम्वाङ फर्किए लगत्तै राष्ट्रपति भेट्न प्रधानमन्त्री सुशील कोइराला पुगे।
बिहान १० बजे प्रधानमन्त्री सुशील कोइराला शीतल निवास छिरेका थिए। राष्ट्र प्रमुख भेट्न गएका प्रधानमन्त्रीको प्रतिक्रिया बुझ्न सञ्चारकर्मीहरु राष्ट्रपति निवासको गेटमा पर्खिरहेका थिए। झन्डै एक घन्टा राष्ट्रपतिसँग बिताएर बाहिर आएका प्रधानमन्त्रीले आक्रोश छिपाउन सकेनन्। प्रायः 'कुल' देखिने प्रधानमन्त्री कोइरालाको आक्रोस सञ्चारकर्मीसँग स्पष्ट पोखियो। उनी तनावमा थिए।

'संविधान कहिले जारी हुन्छ ?' सञ्चारकर्मीले सधैँ जस्तै प्रश्न तेर्साए। 'त्यो सभामुखलाई सोध्नुहोस्', उनले आफ्नो तनाव लुकाउन सकेनन्। 'के के कुरा भयो तपाइँलाई सबै बताउ?', प्रधानमन्त्रीले सञ्चारकर्मीसँग आक्रोसपूर्ण प्रतिक्रिया दिए।
राष्ट्रपतिले प्रधानमन्त्री समक्ष तराई–मधेशको समस्याको बारेमा धारणा मागेका थिए। अहिले संविधान जारी गर्ने योजनाप्रति असन्तुष्टि जनाउँदै आएका उनले मधेशवादी दलहरुलाई पनि सहमतिमा ल्याएर संविधान जारी गर्नुपर्ने उल्लेख गरेका थिए। संविधान जारी गर्ने समारोहमा भाग लिन निम्ता गर्ने दिन राष्ट्रपतिबाट आएको अभिव्यक्तिले प्रधानमन्त्रीलाई आक्रोसित बनेको हुनुपर्ने सञ्चारकर्मीले अनुमान गरे।
राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतले राष्ट्रपतिले पत्र पढेर जवाफ दिने तयारी गरेको नागरिकन्युजलाई बताए। 'जवाफ दिन पहिले पत्र हेर्नु प¥यो फेरि पत्र ल्याउनेकै सामुन्नेमा पत्र खोल्ने कुरा पनि भएन,' उनले राष्ट्रपतिको अरु कुनै नियत नभएको उल्लेख गर्दै नागरिकन्युजसँग भने, 'विशेष तयारीसहित आउनु भनेको पो छ कि, पहिले त हेरेर जवाफ दिनु राम्रो हो नि।'
तयारीलाई ध्यानमा राख्दै पछि खबर गर्ने राष्ट्रपतिले नेम्वाङलाई जवाफ दिएको बस्नेतले बताए। उनले प्रक्रिया पूरा गरेर यति बजे आउने जानकारीसहित खबर पठाउने तयारी गरिरहेको बताए।
'धेरै शंका गर्नुपर्ने केही छैन, राष्ट्रपति समारोहमा नजाने भन्ने सवालै हुँदैन', उनले भने 'उहाँ सिंगो देशकै राष्ट्रपति हो, भूगोल, वर्ग समुदाय नछुन भन्ने राष्टपतिको भावनालाई नकारात्मक लिनु भएन।'
नियमअनुसार संविधान जारी गर्ने समारोहमा राष्ट्रपतिको उपस्थिति हुनैपर्छ। असोज ३ गते साँझ ५ बजे संविधान जारी गर्ने सबै तयारी पूरा भइसकेको अवस्थामा राष्ट्रपतिको व्यवहार अन्यौलपूर्ण पाएपछि मंगलबार संविधान सभाले त्यसको निकास खोज्ने प्रयास गर्यो।
त्यसैअनुसार संविधान सभाबाट संविधान घोषणा गर्ने मिति निर्धारणसम्बन्धी प्रस्ताव नै पारित गर्नुपर्यो। संविधान सभाबाट बहुमतले पारित गरेको प्रस्तावअनुसार अब संविधान जारी गर्ने समारोहमा राष्ट्रपति रामवरण यादब अनिवार्य उपस्थित हुनुपर्नेछ।
नयाँ संविधान जारी भएसँगै नयाँ राष्ट्रपति छान्ने दलीय सहमति छ। राष्ट्रपति यादव ७ वर्षदेखि राष्ट्र प्रमुखको पदमा आसिन छन्।