काठमाडौं-संविधानसभाले नयाँ संविधान जारी गर्ने मिति र समय सर्वसम्मत स्वीकृत गरेको छ। कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले मंगलबार संविधानसभा बैठकमा राखेको 'नेपालको संविधान नेपाली जनतासमक्ष प्रारम्भ भएको घोषणा गर्ने मिति निर्धारणसम्बन्धी प्रस्ताव' सर्वसम्मत पारित भएको हो।
जसअनुसार आगामी असोज ३ गते साँझ ५ बजे नयाँ संविधान जारी भई लागू हुनेछ। यससँगै अन्तरिम संविधान २०६३ खारेज हुनेछ।
सोही मितिमा बस्ने संविधानसभा बैठकलाई नै भव्य समारोहमा रुपान्तरण गरी संविधान जारी गर्ने तयारी छ। उक्त बैठकमा विभिन्न देशका राष्ट्रप्रमुख वा कार्यकारी प्रमुख, पार्टी नेता, कूटनीतिक अधिकारीलगायतलाई अतिथि निम्त्याइने स्रोतले जनाएको छ।
समारोहबीच राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी भएको घोषणा गर्नेछन्।
यसअघि, नयाँ संविधान जारी गर्ने निमन्त्रणा दिन मंगलबार बिहान शीतलनिवास पुगेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति यादवले आफू समारोहमा आउने/नआउनेबारे पछि जवाफ दिने बताएपछि 'अन्योल चिर्न' संविधानसभाले नै उक्त प्रस्ताव पारित गरेको स्रोतले जानकारी दिएको छ
संविधानसभा नियमावली, २०७० को नियम ११० को उपनियम (३) मा संविधानसभाबाट पारित भई अध्यक्षद्वारा प्रमाणित भएको संविधानमा संविधान प्रारम्भ हुने भनी निर्धारण गरिएको मितिमा संविधानसभाले औपचारिक राष्ट्रिय समारोह आयोजना गरी पारित संविधानको प्रति अध्यक्षले राष्ट्रपतिसमक्ष पेस गर्ने र सोही समारोहमा नेपालको संविधान नेपाली जनतासमक्ष प्रारम्भ भएको घोषणा गर्ने व्यवस्था छ। सोही प्रयोजनका लागि संविधानसभाले यही '२०७२ साल असोज ३ गते साँझ ५ बजे बस्ने बैठकलाई नै औपचारिक राष्ट्रिय समारोह आयोजना गर्ने गरी मिति र समय निर्धारणका लागि संविधानसभा नियमावली, २०७० को नियम ४९ बमोजिम यो प्रस्ताव प्रस्तुत गर्दछौं' मंगलबार पारित प्रस्तावमा उल्लेख थियो।
संविधानसभाले नेपालको संविधानको परिमार्जित विधेयकका १३ भागसहित १ सय ७६ वटा धारा पारित गरेको छ।
संविधानसभाको मंगलबारको बैठकले मात्र सय १९ वटा धारा पारित गरी संविधान विधेयकको अंग बनाएको हो। नेपालको संविधानको परिमार्जित विधेयकको तीन वटा आइतबार र ५४ वटा सोमबार संविधानसभा बैठकले पारित गरेको थियो।
अब १ सय २६ वटा धारा पारित गर्न बाँकी छ। बुधबार बस्ने संविधानसभा बैठकले बाँकी धारा पारित गर्ने तयारी छ। साना दलका सभासदले पनि आफ्ना संशोधन प्रस्ताव फिर्ता लिन थालेपछि बुधबार बस्ने संविधानसभा बैठकले बाँकी सबै धारा पारित गरेर सिंगो संविधानको विधेयक पारित गर्ने तयारी भएको संविधानसभा स्रोतले जानकारी दिएको छ।
मंगलबारको बैठकले संवैधानिक राजसंस्थासम्बन्धी प्रस्तावलाई बहुमतले अस्वीकृत गर्दै संवैधानिक राष्ट्रपति रहने विधेयकको व्यवस्था स्वीकृत गरेको छ।
त्यसैगरी, शासन प्रणालीमा संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री, संघीय व्यवस्थापन कार्यविधिलगायत महŒवपूर्ण प्रस्ताव संविधानसभा बैठकले मंगलबारै पारित गरेको थियो।
मंगलबार बसेको बैठकले धारा ५८ मा एउटा मात्रै प्रस्ताव पेश भएकाले बहुमतले अस्वीकृत गर्दै अघि बढेको थियो।
धारा ५९ आर्थिक अधिकारको बाँडफाँटसम्बन्धी व्यवस्थामा ६ वटा संशोधन परे पनि ती सबै बहुमतले अस्वीकृत भए।
धारा ६० राजस्व स्रोतको बाँडफाँटसम्बन्धी व्यवस्थामा दुर्गा पौडेलले राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। उक्त धारामा हरिचरण साहले भने संशोधन प्रस्ताव फिर्ता लिएका थिए। कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठको संशोधन प्रस्तावसहित धारा ६० पारित भएको थियो।
धारा ६१ 'राष्ट्रपतिको व्यवस्था' मा ३ वटा संशोधन प्रस्ताव परेका थिए। कमल थापाले उक्त धारामा राजसंस्था कायम रहनुपर्छ भन्ने प्रस्ताव फिर्ता नलिने जानकारी गराएका थिए। उनको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेपछि थापाले नियम ४२ अनुसार मतविभाजन माग गरे।
थापाको पक्षमा समर्थन गर्ने सदस्य संख्या नपुगेपछि मतविभाजन भएन। धारा ६२ 'राष्ट्रपतिको निर्वाचन' मा आठवटा संशोधन प्रस्ताव परेका थिए।
धारा ६३ 'राष्ट्रपतिको पदावधि' मा एउटा मात्र संशेाधन प्रस्ताव पेस भए पनि श्याम श्रेष्ठले फिर्ता लिएपछि सर्वसम्मत पारित भएको थियो।
धारा ६४ मा 'राष्ट्रपतिको योग्यता' माथि परेका सबै प्रस्ताव फिर्ता भएपछि सर्वसम्मत पारित गरियो। धारा ६५ 'राष्ट्रपतिको पद रिक्त हुने अवस्था' मा कुनै संशोधन नपरेकाले सोझै निर्णयार्थ पेस गरी सर्वसम्मत पारित गरिएको थियो।
धारा ६६ मा 'राष्ट्रपतिको काम, कर्तव्य र अधिकार' सम्बन्धी व्यवस्थामा श्याम श्रेष्ठको मात्र संशोधन प्रस्ताव परेकोमा अस्वीकृत भयो।
धारा ६७ मा पनि एउटा मात्रै संशोधन प्रस्ताव परेको थियो। 'उपराष्ट्रपति' सम्बन्धी उक्त व्यवस्थामा हरिचरण साहको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो।
धारा ६८ मा पनि एउटा प्रस्ताव परेको थियो। उक्त प्रस्ताव पनि फिर्ता भएपछि निर्णयार्थ पेस गरिएको थियो। धारा ६८ सर्वसम्मतले पारित गरेको थियो।
धारा ६९ मा पनि एउटा प्रस्ताव मात्रै प्रस्ताव परेको थियो। उक्त प्रस्तावमा विश्वेन्द्र पासवानको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो।
धारा ७० 'राष्ट्रपति र उपराष्ट्रपतिको शपथ' सम्बन्धी व्यवस्थामा ७ वटा संशोधन प्रस्ताव परेका थिए।
हरिचरण साहले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए। धारा ७० मा शिवलाल थापा, यशोदा लामा, डिल्लीप्रसाद काफ्ले, रुक्मिणी चौधरीका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो।
धारा ७१, ७२ र ७३ मा कुनै पनि संशोधन प्रस्ताव पेस नभएकाले सर्वसम्मत पारित भए। धारा ७४ मा ५ वटा संशोधन प्रस्ताव परेका थिए। 'शासकीय स्वरुप' सम्बन्धी यस धारामा परेका संशोधन प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो।
शिवलाल थापा, यशोदा लामा, लक्ष्मण राजवंशी, श्याम श्रेष्ठ, लोकमणि ढकाललगायतको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
धारा ७५ मा एउटा मात्रै कार्यकारिणी अधिकारसम्बन्धी व्यवस्थामा एउटा मात्रै संशेाधन प्रस्ताव परेकोमा बहुमतले अस्वीकृत गरेको थियो।
परिमार्जित विधेयकको धारा ७६ मा १६ वटा संशोधन परेका थिए। मन्त्रिपरिषद गठनसम्बन्धी यस धारामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले संशोधन प्रस्ताव फिर्ता नलिएपछि निर्णयार्थ पेस गरिएको थियो। उनको संशोधन प्रस्तावलाई दुई तिहाइले अस्वीकृत गरेको थियो।
श्याम श्रेष्ठ, लोकमणि ढकालले भने आफ्नो प्रस्ताव फिर्ता लिएका थिए। डिल्लीप्रसाद काफ्ले, शिवलाल थापा, यशोदा लामा, गोपाल दहित, हरिचरण साह, विश्वेन्द्र पासवानलगायत प्रस्ताव संविधानसभा बैठकले अस्वीकृत गरेको थियो।
साहले मागेको मतविभाजनका पक्षमा जम्मा ६ जना मात्रै उभिएका थिए। सवै प्रस्ताव अस्वीकृत गर्दै संविधानको धारा ७६ बहुमतले पारित गरिएको थियो। धारा ७७ मा प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था सम्बन्धी व्यवस्थामा तीनवटा संशोधन प्रस्तावमध्ये श्याम श्रेष्ठले भने आफ्नो प्रस्ताव फिर्ता लिएका थिए। डिल्ली प्रसाद काफ्लेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। त्यसपछि कांग्रेस, एमाले र एमाओवादीका तर्फबाट पेस गरिएको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो।
कांग्रेसका प्रमुख सचेतक श्रेष्ठसहित तीन जनाले पेस गरेको प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो।
धारा ७८ 'संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने भन्ने व्यवस्था' मा चारवटा संशोधन प्रस्ताव परेकामा सबै अस्वीकृत भएका थिए। संविधानको धारा ७९ मा एउटा मात्रै संशोधन प्रस्ताव परेको थियो। श्याम श्रेष्ठले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए।
'प्रधानमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधा' सम्बन्धी यस धारामा डिल्ली काफ्लेले आफ्नो पनि संशोधन प्रस्ताव परेको बताएपछि अर्को रेकर्डमा रहेको जानकारी सभाध्यक्षले गराएका थिए।
धारा ८० मा शपथसम्बन्धी व्यवस्था गरिएको थियो। उक्त धारामा दुइटा संशोधन प्रस्ताव परेका थिए।
संविधानको धारा ८१ पनि दुइटा संशोधन प्रस्ताव परेका थिए। राष्ट्रपतिलाई जानकारी दिनेसम्बन्धी व्यवस्थामा दुई प्रस्ताव अस्वीकृत भएका थिए। उक्त धारा पनि बहुमतले पारित गरेको थियो।
धारा ८२ मा रहेको 'नेपाल सरकारको कार्यसञ्चालन' सम्बन्धी व्यवस्थामा कुनै पनि संशोधन प्रस्ताव नपरेपछि सर्वसम्मत पारित भएको थियो। धारा ८३ 'संघीय व्यवस्थापिका' सम्बन्धी व्यवस्थामा दुई संशोधन परेका थिए।
धारा ८४ 'प्रतिनिधिसभाको गठन' सम्बन्धी व्यवस्थामा २८ वटा संशोधन परेका थिए। सबै प्रस्ताव बहुमतले अस्वीकृत भएपछि उक्त धारा बहुमतले स्वीकृत गरेको थियो।
धारा ८५ मा प्रतिनिधिसभाको कार्यकालसम्बन्धी व्यवस्थामा एउटा मात्रै संशोधन प्रस्ताव परेको थियो। धारा ८५ मा प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष हुने उल्लेख छ। धारा ८६ मा 'राष्ट्रिय सभाको गठन र सदस्यहरुको पदावधि' भन्ने व्यवस्थामा नौवटा संशोधन परेका थिए।
उक्त धारामा राजमोका अध्यक्ष चित्रबहादुर केसीको प्रस्ताव पनि बहुमतले अस्वीकृत गरेको थियो। धारा ८७ मा 'प्रतिनिधिसभा सदस्यका लागि योग्यता' सम्बन्धी व्यवस्थामा परेका सबै प्रस्ताव फिर्ता भएका थिए।
धारा ८८ र ८९ मा कुनै पनि संशोधन नपरेपछि सर्वसम्मत भए। धारा ९० मा परेको संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको थियो।
धारा ९० मा परेको चिनकाजी श्रेष्ठको संयुक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो। धारा ९१ मा पाँच संशोधन प्रस्ताव थिए। 'प्रतिनिधिसभाको पहिलो बैठकको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरुले सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने' उक्त धाराको व्यवस्थामा परेका सबै प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए।
धारा ९२ मा 'राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षसम्बन्धी व्यवस्था' मा सातवटा संशोधन परेकामा श्रेष्ठकै मूल प्रस्ताव पारित भएको थियो। उक्त धारामा राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षमध्ये एक महिला हुने व्यवस्थ्ाा छ।
धारा ९३ 'अधिवेशनको आह्वान र अन्त्यसम्बन्धी व्यवस्था' मा कुनै पनि संशोधन परेको थिएन। निर्वाचन सकिएको ३० दिनभित्र अधिवेशन बोलाउने व्यवस्था उक्त धारामा गरिएको थियो।
धारा ९४ मा पनि एउटा मात्र संशोधन परेकोमा फिर्ता लिइयो। गणपुरक संख्यासम्बन्धी व्यवस्था धारा ९४ मा छ। यो धारा पनि सर्वसम्मत पारित भएको थियो।
धारा ९५ र ९६ मा कुनै पनि संशोधन नपरेपछि सर्वसम्मत पारित भएको थियो। धारा ९७ समितिको गठनसम्बन्धी व्यवस्थामा एउटा मात्रै संशोधन परेको थियो। उक्त प्रस्ताव पनि बहुमतले पारित गरेको थियो। धारा ९८ र ९९ मा पनि कुनै संशोधन नपरेकाले सर्वसम्मत पारित भए। सदस्यको स्थान रिक्त र मतदानसम्बन्धी व्यवस्था ती धारामा उल्लेख छ।
धारा १०० मा तीनवटा संशोधन प्रस्ताव दर्ता भएका थिए। धारा सयमा विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था छ।
धारा १०० मा प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव पेस गर्दा प्रधानमन्त्रीका लागि प्रस्तावित सदस्यको नाम समेत उल्लेख गरिनुपर्ने व्यवस्था छ। धारा १०० मा पनि बहुमतका आधारमा पारित गरिएको थियो।
धारा १ सय १ मा परेको राजमोको संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत गरेको थियो।
महाभियोगसम्बन्धी व्यवस्था रहेको उक्त धारा भने कांग्रेस, एमाले र एमाओवादीको संयुक्त प्रस्ताव भने स्वीकृत गरेको थियो।
धारा १ सय २ मा कुनै पनि संशोधन परेको थिएन।
धारा १ सय ३ मा एउटा मात्रै संशोधन परेको थियो। मीना पुनले आफ्नो प्रस्ताव फिर्ता नलिएपछि निर्णयार्थ पेस गरिएको थियो। धारा १ सय ३ मा संसदको विशेषाधिकार उल्लेख गरिएको छ।
धारा १०४ र १०५ मा कुनै पनि संशोधन प्रस्ताव नपरेपछि सर्वसम्मत पारित गरिएको थियो। धारा १ सय ६ संघीय संसदको महासचिव र सचिवसम्बन्धी व्यवस्थामा परेको एउटा संशोधन पनि फिर्ता भएको थियो।
धारा १ सय ७ मा पनि कुनै संशोधन परेको थिएन। धारा १ सय ८ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखसहित संसदका सदस्यहरुको पारिश्रमिकसम्बन्धी व्यवस्थामा संयुक्त प्रस्ताव परेको थियो। चिनकाजी श्रेष्ठले आफ्नो प्रस्ताव फिर्ता नलिएपछि उनीहरुको संशोधन प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो।
धारा १ सय ९ मा 'संघीय संसदको व्यवस्थापकीय अधिकार' सम्बन्धी व्यवस्थामा एउटा मात्रै संशोधन प्रस्ताव परेको थियो। धारा १११ मा 'विधेयक पारित गर्ने विधि' सम्बन्धी व्यवस्थामा दुइटा संशोधन परेेका थिए।
धारा १ सय १२ मा कुनै संशोधन परेका थिएनन्। धारा ११३ मा विधेयकमा प्रमाणीकरण सम्बन्धमा परेको एउटा संशोधन प्रस्ताव फिर्ता भएको थियो। धारा ११४ अध्यादेश सम्बन्धी व्यवस्था रहेको धारा
धारा ११४ देखि धारा १ सय १७ सम्म कुनै पनि संशोधन नपरेपछि सर्वसम्मत पारित भएका थिए। धारा १ सय १८ मा संघीय सञ्चित कोषमाथि व्ययभारसम्बन्धी व्यवस्थामा परेका संशोधन प्रस्ताव अस्वीकृत भएका थिए।
कांग्रेस, एमाले र एमाओवादीका प्रमुख सचेतकको प्रस्ताव भने बहुमतले स्वीकृत गरेका थिए।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित संवैधानिक निकायका प्रमुखको पारिश्रमिकको व्यवस्था उल्लेख छ।
धारा १ सय १९ मा एउटा संशोधन प्रस्ताव परे पनि फिर्ता लिइएको थियो। धारा १ सय २० देखि धारा १ सय २६ सम्म कुनै पनि संशोधन प्रस्ताव परेका थिएनन्।
धारा १२७ मा नौवटा संशोधन प्रस्ताव दर्ता भएका थिए। धारा १ सय २७ मा अदालत उल्लेख छ। न्यायपालिकासम्बन्धी सबै प्रस्ताव फिर्ता लिएको घोषणा पनि श्याम श्रेष्ठले गरेका थिए। धारा १२७ पनि बहुमतले स्वीकृत गरेको थियो।
धारा १ सय २८ मा कुनै पनि संशोधन प्रस्ताव परेका थिएनन्। त्यसैले उक्त धारा सर्वसम्मत पारित भएको थियो। १ सय २९ मा नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्थामा १५ वटा संशोधन परेकामा चिनकाजी श्रेष्ठको संशोधन प्रस्ताव स्वीकृत गर्दै उक्त धारा पारित गरिएको थियो।
धारा १ सय ३० मा एउटा मात्र संशोधन परेकोमा अस्वीकृत भयो भने धारा १ सय ३१ र १ सय ३२ सर्वसम्मत स्वीकृत भएको थियो।
धारा १३३ मा 'सर्वोच्च अदालतको अधिकार क्षेत्र' सम्बन्धी व्यवस्थामा परेका दुइटा संशोधन प्रस्तावमध्ये कांग्रेस, एमाले र एमाओवादीको संयुक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो।
धारा १ सय ३४ मा परेको एउटा संशोधन फिर्ता भएकाले धारा पारितका लागि निर्णयार्थ पेस गरिएको थियो। १ सय ३५ र १ सय ३६ मा कुनै पनि संशोधन परेका थिएनन्।
धारा १ सय ३७ मा रहेको संवैधानिक अदालतसम्बन्धी व्यवस्थामा १३ वटा संशोधन प्रस्ताव परेका थिए। खम्वुवान राष्ट्रिय मोर्चाका राम कुमार राईले भने यसपछिका सबै प्रस्ताव फिर्ता लिएको घोषणा गरेका थिए। धारा १ सय ३८ मा वार्षिक प्रतिवेदनसम्बन्धी विषयमा प्रमुख दलको संयुक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो।
धारा १ सय ३९ मा परेको एउटा प्रस्ताव पनि बहुमतले अस्वीकृत गरेको थियो। धारा १४० मा १२ वटा संशोधन प्रस्ताव परेका थिए।
उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति र योग्यता सम्बन्धी व्यवस्थ्ाामा प्रधानन्यायाधीशले न्याय परिषदको सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति गर्ने उक्त धारामा उल्लेख छ।
धारा १ सय ४० पनि बहुमतले पारित भएको थियो। धारा १ सय ४१ मा तीनवटा संशोधन प्रस्ताव दर्ता भएका थिए। धारा १४२ मा २ वटा प्रस्ताव परेकामा दुइटै फिर्ता लिइएपछि सर्वसम्मत भयो। धारा १४३ मा मुख्य न्यायाधीश तथा न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने र सरुवासम्बन्धी व्यवस्थामा परेका संशोधन प्रस्ताव पनि सबै फिर्ता लिइएकाले सर्वसम्मत पारित भएको थियो।
धारा १ सय ४४ मा उच्च अदालतको अधिकारक्षेत्रसम्बन्धी व्यवस्थामा ४ वटा संशोधन परेका थिए। कांग्रेस, एमाले र एमाओवादीका तर्फबाट राखिएको संशोधन प्रस्ताव दुई तिहाइले स्वीकृत गरेको थियो।
धारा १ सय ४५, १ सय ४६, १ सय ४७, १ सय ४८, १ सय ४९, १ सय ५० र १ सय ५१ का सबै संशोधन फिर्ता भएकाले सोझै निर्णयार्थ पेस गरी पारित गरिएको थियो।
धारा १ सय ५२ मा विशिष्टीकृत अदालतसम्बन्धी व्यवस्थामा तीन प्रमुख दलका प्रमुख सचेतकको संशोधन प्रस्ताव बहुमतले स्वीकृत भएको थियो।
धारा १ सय ५३ मा परेका संशोधन प्रस्तावमध्ये प्रमुख दलका प्रस्ताव मात्रै पारित भएका थिए। अन्य प्रस्ताव भने बहुमतले अस्वीकृत गरेको थियो।
धारा १ सय ५४ मा ४ वटा संशोधन प्रस्ताव परेकामा संयुक्त प्रस्ताव बहुमतले स्वीृकत गरेको थियो। धारा १ सय ५५ पनि सर्वसम्मत स्वीृकत गरेको थियो। धारा १ सय ५६ मा परेको एउटा संशोधन पनि फिर्ता भएको थियो।
धारा १५७ मा रहेको महान्यायाधिवक्ता सम्बन्धमा परेको संयुक्त प्रस्ताव बहुमतले पारित भएको थियो।
धारा १ सय ५८ र १ सय ५९ मा कुनै पनि संशोधन प्रस्ताव दर्ता भएका थिएनन्। धारा १ सय ६० मा रहेको मुख्य न्यायाधिवक्ता सम्बन्धमा परेका दुइटा प्रस्तावमध्ये संयुक्त प्रस्ताव मात्रै पारित भएको थियो।
धारा १ सय ६१ मा सेवाका सर्त र संविधान सर्त र सुविधासम्बन्धी व्यवस्थामा परेको प्रस्ताव पनि फिर्ता भएको थियो। धारा १ सय ६२ र १ सय ६३ संशोधनसहित पारित भएको थियो। धारा १ सय ६४ का सबै संशोधन प्रस्ताव फिर्ता भएपछि संशोधनसहित पारित भएको थियो।
१ सय ६५ पनि बहुमतले स्वीकृत गरेको थियो। १ सय ६६ मा परेको एउटा संशोधन बहुमतले अस्वीृकत गरेको थियो।
धारा १ सय ६७ सर्वसम्मतले पारित भएको थियो भने १ सय ६८ मा १४ वटा संशोधन प्रस्ताव परेका थिए। प्रदेश मन्त्रिपरिषदको गठनसम्बन्धी व्यवस्थामा परेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेका थिए।
धारा १ सय ६९ मा प्रमुख दलको मात्र संशोधन प्रस्ताव परेको थियो। मुख्य तथा मन्त्रीहरुको पद रिक्त हुने व्यवस्थासम्बन्धी प्रस्तावमा परेको संशोधन प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो।
धारा १ सय ७० मा रहेको प्रदेश सभाको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने भन्ने व्यवस्थामा परेको संयुक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो।
त्यसपछि, धारा १ सय ७१, १ सय ७२, १ सय ७३ र १ सय ७४ मा कुनै पनि प्रस्ताव परेका थिएनन्। ती सबै धारा सर्वसम्मत पारित भएका थिए।
भाग १४ खारेज नै गर्ने दुर्गा पौडेलको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। १ सय ७५ मा चारवटा संशोधन परे पनि सबै फिर्ता भएका थिए। धारा १ सय ७६ मा २३ वटा संशोधन प्रस्ताव परेका थिए। प्रदेशसभाको गठन सम्बन्धी व्यवस्थामा धेरै संशोधन प्रस्ताव दर्ता भएका थिए।
धारा १ सय ७६ मा पनि संशोधनसहित पारित गर्दै बाँकी धारा बुधबार पारित गरिनेछ।

१७६ धारा पारित