राजनीतिक दलले जनतालाई हेपेर उम्मेदवार चयन गरेकाले काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले टिप्पणी गरेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा अघि सारेका दुवै उम्मेदवार उपयुक्त नभएकाले जनताले स्वतन्त्र उम्मेदवारलाई रोजेको बताए।
नेपाली कांग्रेसले सृजना सिंह र नेकपा एमालले केशव स्थापितलाई उम्मेदवार बनाएको थियो। दुवै जना ठूलो मतान्तरसहित बालेनसँग पराजित भएका छन्। ‘जनतालाई हेपेर निर्णय गर्दा काठमाडौं महानगरपालिकामा राजनीतिक दलका उम्मेदवार हारे,’ पौडेलले भने। ‘एमालेले आउटडेटेड उम्मेदवार चयन गर्यो,’ पौडेलले भने, ‘कांग्रेसले बंशवादका आधारमा टिकट दियो।’ कांग्रेस उम्मेदवार सिंह नेता प्रकाशमान सिंहकी पत्नी हुन्। टिकट वितरणको क्रममा पनि पौडेलले सिंहलाई उम्मेदवार बनाउन नहुने पक्षमा उभिएका थिए।
सिंहले नेपाल विद्यार्थी संघमा सक्रिय राजनीति गरेको भए पनि पछिल्लो समय त्यति सक्रिय थिइनन्। महिलालाई नै टिकट दिने हो भने कांग्रेसको तर्फबाट उपमेयर बनेकी हरिप्रभाव खड्कीलाई टिकट दिनुपर्ने उनको जिकिर थियो। ‘महिलालाई दिने हो भने हरिप्रभालाई दिनुपर्थ्यो,’ पौडेलले भने, ‘पुरुष दिनेको हो भने तिर्थराम डंगोल लगायतका नेता थिए।’
स्थानीय तहको निर्वाचनमा भएको गठबन्धनले कांग्रेसलाई फाइदा भएको पौडेलले बताए। राजनीतक स्थिरताका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ।