काठमाडौं-प्रस्तावित संविधानको मस्यौदामाथि विभिन समुदायबाट विरोध भैरहेको समयमा नेकपा एमालेले संविधान जारी हुने दिन असोजलाई विशेष दिनको रुपमा मनाउन आह्वान गरेको छ।एमालेका महासिचव ईश्वर पोखरेलले विगतको संघर्षको उपलब्धीहरुको रक्षा गर्ने र समाजवाद स्थापनाको प्रस्थान विन्दुको रुपमा दिनको रुपमा लिन आग्रह गरेको छ। 'संविधानको घोषणा तमाम शोषित पीडित जनता, मजदूर तथा पेशाकर्मी, किसान, उद्यमी–व्यवसायी, बुद्धिजीवी, महिला, युवा, विद्यार्थी, विभिन्न जात–जाति, दलित, उत्पीडित, मधेसी, मुस्लिम, थारु तथा सम्पूर्ण अल्पसंख्यक समुदायलगायत विभिन्न धर्म र संस्कृतिमा आस्था राख्ने आम नेपालीहरुको ऐतिहासिक विजयको घोषणा हो, एमालेले भनेको छ, 'यस बिन्दुसम्म आइपुग्न भूमिका निर्वाह गर्ने प्रमुख राजनीतिक दलका नेताहरु, संविधान सभाका अध्यक्षसहित सबै माननीय सदस्यहरु र सम्बद्ध सबैलाई पार्टी हार्दिक धन्यवाद दिन चाहन्छ ।'
महासचिवले जारी विज्ञप्तिमा ३ गते साँझ दिपावली घर, पार्टी कार्यालय र सार्वजनिक स्थलमा दिपावली गर्न सबै कमिटी र जन वर्गिय संगठन तथा नेता, कार्यकर्ता र जनतामा आह्वान गरेको हो। एमाले संविधानको स्वागतमा सोमबार संघ सस्था तथा पार्टी र नागरिक समाजसँग मिलेर कार्यक्रम राख्न सबै कमिटीलाई निर्देशन दिएको छ।
'असोज ४ गते विभिन्न संघ–संस्था, पार्टी र नागरिक समाजसँग सहकार्य गरी संयुक्त रुपमा जुलुस, र्याली, छलफल, अन्तक्र्रिया र गोष्ठीजस्ता स्थानीय विशिष्ठता अनुरुपका रचनात्मक कार्यक्रम आयोजना गर्न सबै स्वदेश तथा प्रवासमा क्रियाशील संगठनहरुलाई निर्देशित गर्दछ' एमालेको विज्ञप्तिमा भनिएको छ। सत्तारुढ दल एमालेले असोज ४ गते राजधानी काठमाडौंलगायत देशका सबै भू–भागहरुमा क्रियाशील राजनीतिक दलहरु, संघ–संगठनहरु, सरकारी संयन्त्रहरु र आम नागरिकहरुलाई समेत सहभागी गराई सार्वजनिक कार्यक्रम आयोजना गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।