काठमाडौं– नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेलगायत ९ बुँदे मागसहित आमरण अनसनमा बसेका ४ जना हिन्दुबादी युवाले अनसन त्याग्ने भएका छन्।साउन १४ गतेदेखि अनसनरत उनीहरुले राखेका ९ मध्ये सात ओटा माग पूरा गर्न सरकार सहमत भएपछि अनसन त्याग्न राजी भएको हिन्दुवादीका तर्फबाट सरकारसँग वार्ताका लागि गठन गरिएको टोलीका सदस्य रुवयनाथ कोइरालाले बताए।
'सात ओटा माग अहिले पूरा गर्ने २ ओटा माग पूरा गर्ने विषयमा सरकारले लचकता प्रस्तुत गर्ने सरकार सहमत भएपछि अनसन त्याग्न लागिएको हो,' उनले भने, 'हिन्दु राष्ट्र घोषणा र हिन्दु धर्म मान्ने व्यक्ति नै राष्ट्रध्यक्ष र सरकारको कार्यकारी प्रमुख हुनुपर्ने मागमा भने सरकार लचक भएर प्रस्तुत हुने सहमति भएको छ।'
हिन्दुबादी युवाहरु कमलप्रसाद जोशी, प्रेमनिधि भरद्वाज, सागर कटुवाल र खेमनाथ आचार्य आमरण राजधानीको खुलामञ्चमा आमरण अनसन बसेका थिए।
अनशन तोडेको ३ दिनभित्रै हिन्दुवादीसँग वार्ता अघि बढाउन पनि सरकार सहमत भएको छ। सरकारसँग गरिने वार्ताका लाग हिन्दुबादील राष्ट्रिय हिन्दु युवा मञ्च नेपालले रुवयनाथ कोइरालासहित ९ सदस्यीय वार्ता टोली गठन गरहेको छ।