काठमाडौं— एमालेको भातृ संगठन युवा संघले भारतीय राजदूतका गतिविधि तथा अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको भन्दै दूतावास र प्रधानमन्त्री सुशील कोइराला समक्ष ज्ञापनपत्र बुझाउने तयारी गरेको छ।'पछिल्लो समय भारतीय राजदूतका अभिव्यक्ति तथा व्यवहार कुटनीतिक मर्यादा विपरित छन्', युवा संघका महासचिव राजीव पहाडीले नागरिकन्युजसँग भने, 'नेपाल एउटा सार्वभौम राष्ट्र हो। यहाँ बस्ने कुटनीतिज्ञलाई नेपालका आन्तिरिक मामिलामा हस्तक्षेप गर्ने कुनै अधिकार छैन।'
मधेसी मोर्चा तथा थारुको अान्दोलन नेपालको आन्तरिक समस्या भएको पहाडीले बताए। 'यी हाम्रा आन्तरिक मामिला हुन्। निश्चिय नै उनीहरुका समस्याको समाधान खोजिनुपर्छ तर काठमाडौं बस्ने कुटनीतिज्ञले आफ्नो मर्यादा बुझ्न जरुरी छ', पहाडीले भने, 'यो विषयमा हामीले पार्टी नेतृत्वलाई समेत जानकारी गराइसकेका छौं।'
कुन मितिमा ज्ञापन पत्र बुझाउने उनले निश्चित गरेनन्। 'हामी कुराकानी गरेर समय मागिरहेका छौं समय छिटै तय हनेछ', उनले भने।
भारतीय राजदूत रञ्जित रेले संविधानको विधेयकमा मतदान सुरु हुन लाग्दा भारत सरकारको सन्देश भन्दै प्रक्रिया रोक्न मुख्य दलका शीर्ष नेतासँग भेट गरेका थिए। सोही आग्रहमा तीन दिनका लागि संविधानको विधेयकमाथिको मतदान रोकिएको थियो।
यसैगरी युवसंघले संविधान जारी भएको उल्लास असोज ४ देखि एक सातासम्म मनाउने निर्णय गरेको छ। ७० वर्षदेखिको नेपाली जनताको सपनाको प्रतीकको रुपमा ७ दिनसम्म नयाँ संविधानको उल्लास मनाउने तयारी गरिएको महासचिव पहाडीले नागरिकन्युजलाई बताए।