काठमाडौं– खुलामञ्चमा अनसनरत हिन्दु युवाहरुको अनसन तोडाउन पुगेका सरकारका कानुनमन्त्री नरहरी आचार्यको गाडीमाथि तोडफोड भएको छ।तोडफोडपछि अनसन तोडाउन सरकारको प्रयास असफल भएको छ।
अनसनरत राष्ट्रिय हिन्दु युवा मञ्चका चार युवाहरुका समर्थक हिन्दुवादीले मन्त्रीको गाडीमाथि नै तोडफोड गरेपछि सरकारका तर्फबाट मन्त्रीले हिन्दुबादीले राखेका माग मध्ये पूरा गर्ने मागहरुका विषयमा पढेर सुनाएका थिए। पूरा गरिएका मागका विषयमा पढेर सुनाएपछि मन्त्री आचार्य अनसन नतोडाइ अनसनस्थलबाट बाहिरिएका छन्।