काठमाडौं– हिन्दुराष्ट्र घोषणालगायत माग राखेर आमरण अनशनमा बसेका राष्ट्रिय हिन्दु युवा मञ्चका चार युवालाई जगत् गुरु बालसन्त मोहनशरण देवाचार्यले पञ्चामृत खुवाएर अनशन तोडाएका छन्।
अनशन तोडाउन प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र लिएर अनशनस्थल खुलामञ्च पुगेका कानुन मन्त्रीको गाडीमा हिन्दु समर्थकले ढुंगामुडा गरेपछि उनी प्रधानमन्त्रीको पत्र पढेर सुनाइ त्यहाँबाट बाहिरिएका थिए।
विभिन्न ९ बुँदे मागसहित अनशनमा बसेका उनीहरुको ७ ओटा माग पूरा गर्ने तथा हिन्दु राष्ट्रको घोषणा र देशका राष्ट्राध्यक्ष र कार्यकारी प्रमुख हिन्दु हुनुपर्ने मागका विषयमा भने सरकारसँग वार्ता गर्ने सहमति भएपछि अनशन तोड्न उनीहरु सहमत भएका हुन्।
हिन्दुबादी युवाहरु कमलप्रसाद जोशी, प्रेमनिधि भरद्वाज, सागर कटुवाल र खेमनाथ आचार्य राजधानीको खुलामञ्चमा भदाै १४ गतेदेखि आमरण अनसन बसेका थिए।