काठमाडौं–नेकपा एमालेले संविधान जारी भएको उपलक्ष्यमा चियपान कार्यक्रम गर्ने भएको छ। एमालेले मंगलबार दशरथ रंगशालामा कार्यक्रम आयोजना गर्न लागेको एमाले प्रचार विभागका उप प्रमुख सूर्य थापाले जनाएका छन्।'दिउँसो १२ बजे ३ बजेसम्म सर्वसाधारण र दिउँसो ३ देखि ५ बजेसम्म कुटनीतिक नियोग, राजनीतिक दलहरुका नेता र सभासदहरुका लागि कार्यक्रम राखिएको छ,' थापाले भने ।
यसअघि नै एमालेले संविधान जारी भएपछि आइतबार साँझ दिपावली गर्न सर्वसाधारण, पार्टी कार्यकर्ताहरुलाई आह्वान गरिसकेको छ। त्यसैगरी नयाँ संविधानको स्वागतमा देशव्यापी रुपमा स्थानीय आवश्यकताअनुसारको कार्यक्रम राख्न तल्लो कमिटीहरुलाई एमालेले निर्देशन जारी गरिसकेको छ ।