काठमाडौं–नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले नेपालले राजनीतिक स्थायीत्व प्राप्त गर्न लागेकोमा खुशी लागेको बताएका छन्।सविधानसभाले संविधान पारित गरेको एक दिनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका राजदूत उले संविधान निर्माणसँग नेपालले राजनीतिक स्थायीत्व प्राप्त गर्ने अपेक्षा लिएको बताए ।
'नेपालको संविधान २०७२ संविधानसभाबाट पारित गरेकोमा चिनियाँ राजदूतले बधाई दिनु भयो' अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यले भने, 'नेपालले राजनीतिक स्थायीत्व प्राप्त गर्न लागेकोमा खुशी व्यक्त गर्नुभयो।'
अमेरिकी कार्यवाहक राजदूत चासो राख्दै ओली कहाँ

अध्यक्ष अाेली कार्यवाहक राजदूत कार्विलसँग
यसैबीच अध्यक्ष ओलीलाई नेपालका लागि कार्यवहाक अमेरिकी राजदूत जोन कार्विलले संसदीय दलको कार्यालयमा भेट गरी नयाँ संविधानका लागि बधाइ दिएका छन्। सो अवसरमा कावा राजदूत कार्विलले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चासोले व्यक्त गरेको ओलीको सचिवालयले जनाएको छ।
यता एमालेका तीन नेता वरिष्ठ माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल र केन्द्रीय सदस्य राजन भट्टराईले कुटनीतिक भेटघाटलाई तीव्र पारेका छन्।