काठमाडाैं–अान्दाेलनरत थरूहट/थारूवान संघर्ष समितिले तीनदलसँग वार्ता गर्न १३ सदस्यीय वार्ता टोली गठन गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संघर्ष समितिको बैठकले धनिराम चाैधरीकाे संयाेजकत्वमा वार्ता टोली गठन गरेको हो।
वार्ता टोलीमा रामजनम चाैधरी, गाेपाल दहित, रमेश चाैधरी, कमललाल मोदी, तेजुलाल चाैधरी, रूक्मिणी चाैधरी, राजकुमार लेखी, सन्तकुमार थारू, मिनराज चाैधरी लगायत छन्।
वार्ता टोली बिहीबार बेलुका नै प्रमुख तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्री निवास बालुवाटारमा वार्तामा बस्ने बताइएको छ।
संघर्ष समितिले कञ्चनपुरदेखि चितवनसम्मको भूभागलाइ थरूहट प्रदेश बनाउनु पर्ने माग राख्दै एकमहिना अघिदेखि अाम हड्ताल सहितका कार्यक्रम गर्दै अाएका छन्। सरकारले बारम्बार वार्तामा बस्नाै अाैपचारिक अाग्रह गरेपनि संघर्ष समितिले प्रमुख तीन दलका प्रमुखहरूसँग मात्रै वार्ता गर्ने अडान लिएपछि बिहीबारका लागि वार्ता तय भएको हो।