काठमाडौं— राप्रपा नेपालले संविधानसभबाट पारित संविधानलाई आलोचनात्मक समर्थन गर्ने भएको छ। नयाँ संविधानमाथि मतदान हुँदा विपक्षमा मत हालेको एक दिन पछि आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकले राप्रपा नेपालका सभासदहरु संविधानको अन्तिम हस्ताक्षर गर्ने निर्णय गरेको छ।राप्रपा नेपालको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले संविधानको अन्तर्वस्तुमा असहमति रहेपनि जनताका छानेका प्रतिनिधिहरुले निर्माण गरेको संविधान स्वीकार्य भएको बताएका छन् ।
'अन्तरिम संविधानमा जे जस्तो प्रावधान राखिएको थियो । त्यसमा हाम्रो असहमति थियो । तर अहिले पनि जनताबाट छानिएका प्रतिनिधिहरुले त्यही प्रकारको संविधान निर्माण गरेका छन् । हाम्रा अन्तर्वस्तुमा असहमति छ' अध्यक्ष थापाले भने, 'हाम्रो मुद्दालाई लिएर अन्तिम समयसम्म लड्यौं तर अहिले पारित भएको संविधान हामी स्वीकाछौं ।'
संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र र विकेन्द्रीकरणमा आधारित केन्द्रीकृत राज्य व्यवस्था उठाउँदै आएको थियो।