काठमाडौं— संविधानसभाबाट नयाँ सविधान परित भएकामा चीनले प्रशान्नता प्रकट गरेको छ। नियमित पत्रकार भेटघाट कार्यक्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा संविधान जारी गर्ने प्रक्रियाप्रति प्रसंन्नता व्यक्त गरेका हुन्।'एउटा मित्र छिमेकीको रुपमा, चीन नेपालको संविधानसभाले नयाँ संविधान परित गरेको प्रसन्न छ । चीन नेपालले अबलम्बन गर्ने सामाजिक पद्धति र विकासको पथलाई समर्थन र सम्मान गर्दछ,' विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, 'चीनले नेपालको स्थायित्व र आर्थिक विकासको नयाँ बाटोमा अघि बढ्ने आशा लिएका छौं।'
यसैबीच नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयले नेपालका बारेमा जारी प्रक्रियाको बारेमा जारी गरेको विज्ञप्तिको हस्तान्तरण गरेका छन्।