भारतीय विशेष दूत आउँदै
३१ भदौ २०७२
•
५ मिनेट पाठ
भारतीय विशेष दूत आउँदै
काठमाडौं- असन्तुष्ट दललाई सहमतिमा लिएर संविधान जारी गर्न दबाब दिँदै आएको भारतले आज (शुक्रबार) 'राजनीतिक छलफलका लागि' विशेष दूत पठाउने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश सचिव एस.जयशंकरलाई आफ्नो विशेष दूतका रूपमा काठमाडौं पठाउन लागेका हुन्।प्रमुख राजनीतिक दलले असोज ३ गते (आइतबार) नयाँ संविधान जारी गर्ने सम्पूर्ण तयारी गरेपछि भारतले विशेष दूत पठाउन लागेको हो। 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा विदेश सचिव एस. जयशंकर शुक्रबार बिहान काठमाडौं आउँदै हुनुहुन्छ,' परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले जानकारी दिए, 'उहाँ शनिबार स्वदेश फर्कनुहुन्छ।'

पोखरेलका अनुसार हालसम्म भारतीय प्रधानमन्त्रीका विशेष दूतले राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालाई भेट्ने कार्यक्रम तय भएको छ। राजनीतिक दलका कुन–कुन नेतासँग उनले भेटघाट गर्नेछन् भन्ने खुलाइएको छैन। शुक्रबार बिहान ९ बजे काठमाडौं आइपुगेपछि उनले १० बजे प्रधानमन्त्रीसँग भेटघाट गर्नेछन्। त्यसपछि राष्ट्रपतिलाई भेट्ने कार्यक्रम छ।

स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा उनले आइतबार जारी हुने नयाँ संविधानका विषयमा भारतको आधिकारिक धारणा राख्ने छन्। त्यसपछि उनले राजनीतिक दलका नेतासँग भेटी नयाँ संविधानका विषयमा जानकारी लिने जनाइएको छ। स्रोतका अनुसार उनले नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसवादी दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट्ने छन्।

भारतले मधेसी र थारुलाई संविधानसभामा फर्काएर मात्र संविधान जारी गर्न दवाब दिइरहेको थियो। मधेसी र थारुलाई नसमेटी संविधान जारी गरे अस्थिरता आउने धारण नेपालका लागि भारतीय राजदूत रन्जित रेले राख्दै आएका थिए। रेले प्रमुख दलका शीर्षनेतालाई भेटेर संविधान लेखन कार्य तत्काल स्थगन गरी मधेसी दल र थारुसँग वार्ता गर्न दबाब दिएका थिए।

रेकै दबाबमा प्रमुख दलले गत शुक्रबार र शनिबार संविधान लेखन कार्य स्थगित गरेका थिए। स्थगित गरेको अवधिमा मधेसवादी दल वार्तामा नआएपछि आइतबार बसेको संविधानसभा बैठकले संविधानका धारमा मतदान सुरु गरेको थियो। मतदान प्रक्रिया अघि बढेपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोमबार राति ११ः३२ बजे विज्ञप्ति जारी गरेकी थिइन्।

प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकारदेखि नेपालका लागि पूर्व राजदूतसम्मले छलफल र काँटछाँट गरेर मध्यराति जारी गरिएको विज्ञप्तिमा संविधान जारी गर्न प्रमुख दलले गरेको प्रयासको प्रशंसा र स्वागत गर्दै मधेसी र थारुसँग वार्ता गर्न आग्रह गरिएको थियो।

मंगलबार संविधानसभाले असोज ३ गते नयाँ संविधान जारी गर्ने घोषणा गरेपछि भारतले आफ्ना राजदूत रेलाई नेपालका सम्बन्धमा आवश्यक छलफल गर्न स्वदेश बोलाएको थियो। स्वदेश फर्किनुअघि रेले ठूला मिडियाका सम्पादकलाई बोलाई विदेशमन्त्री स्वराजको विज्ञप्तिको गलत ढंगले विश्लेषण गरेको आरोप लगाएका थिए।

दिल्ली पुगेका राजदूत रे, विदेशमन्त्री स्वराज र विदेश सचिव जयशंकरसँग बिहीबार छलफल गरेपछि भारतीय प्रधानमन्त्री मोदीले विदेश सचिवलाई विशेष सन्देशसहित नेपाल पठाउने निर्णय लिएका हुन्। शुक्रबार बिहान नेपाल आई राजनीतिक भेटघाट सकेपछि विदेश सचिव जयशंकरको शनिबार बिहान स्वदेश फर्कने कार्यक्रम छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस