काठमाडौं- प्रहरीको गोलीले भैरहवाको हाटबजारमा रहेका चारवर्षे बालक चन्दनकुमार राउतको मृत्युको खबर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल बालकप्रति सहानुभूति र सुरक्षा निकायप्रति आक्रोशले भरिए। स्कर्टिङ गरेर सामान भरिएको ट्रक ल्याइरहेका सशस्त्र प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेपछि बल प्रयोग गर्दै गोली चलाउँदा नजिकै हाटबजारमा आएका राउतलाई गोली लागेको थियो।
कैलालीको टीकापुरका प्रदर्शनकारीको हिंस्रक प्रदर्शनमा आठ प्रहरीसँगै प्रदर्शनकारीले गोली हानेर सुतिरहेका दुईवर्षे बालकको हत्या गरेपछि सहानभूति र समर्थन पाएको गृहप्रशासन र सुरक्षा संगठन आलोचनाको केन्द्र बन्यो।
नेपाल पत्रकार महासंघका पूर्वसभापति धमेन्द्र झाले टुइट गरे, 'बालदिवसकै दिन बालक मारिएको घटना लज्जानक।' पत्रकार केदार शर्माले त झन् टुइटमार्फत 'गोली हान्ने प्रहरीलाई फौजदारी कारबाही' नै माग गरे।
प्रहरी कारबाहीमा मारिनेमा १४ वर्षदेखि ६५ वर्षसम्मका चार सर्वसाधारणसमेत थिए। घटनाको निन्दा बढेपछि प्रहरीले प्रतिरक्षामा 'महिला र बालबालिकासहितको उत्तेजित भिडले घरेलु हतियारसहित प्रहरीमाथि आक्रमण गरेपछि प्रतिरक्षामा गोली चलाएको' दाबी गरेको छ भने घाइतेहरु प्रदर्शनकारीलाई लखेट्दै हाटबजार आइपुगेको र प्रहरीले त्यहीँ गोली चलाएको दाबी गरिरहेका छन्।
संघीयताको स्वरुप सार्वजनिक भएसँगै संविधान मस्यौदाको विरोधमा भएका प्रदर्शन क्रममा ४५ जनाको ज्यान गइसकेको छ। जसमा ३२ प्रदर्शनकारी, १० सुरक्षाकर्मी, २ नाबालक र एक मोटरसाइकल चालक छन्।
मधेसमा जारी आन्दोलनलाई निकटबाट हेरिरहेकाहरु अन्य क्षेत्रको प्रदर्शन व्यवस्थापनको तुलनामा मधेसमा राज्यले बढी बल प्रयोग गरेको दाबी गर्छन् भने शान्ति सुरक्षा, सार्वजनिक सम्पत्ति र नागरिकको जिउज्यान सुरक्षाका लागि सबैतिर कानुनले तोकेअनुसार मात्र बल प्रयोग भएको सरकारी पक्षको दाबी छ।
यहीबीच, मंगलबारै मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख केशव अधिकारीले दाङमा सार्वजनिक कार्यक्रममै प्रहरी अब टुलुटुलु हेेरेर नबस्ने बताउँदै पछिल्लो समय विरोध प्रदर्शन नियन्त्रणमा सुरक्षा संगठनले रणनीति बदल्दै रक्षात्मकभन्दा अगाडि बढेको संकेत गरे।
गृहले सुरक्षा रणनीति बदलेकै हो त?
पूर्व गृहसचिव श्रीकान्त रेग्मी आन्दोलन थेग्न प्रहरी परिचालनमा रीत पुर्या उने तर प्रक्रिया पुर्या्उन नसक्ने हुँदा बल प्रयोगजस्तो देखिएको बताउँछन्।
'रीत पुर्याखउन मात्रै होस्, गृह प्रशासन स्थानीय प्रशासन ऐनबाहिर जाँदैन,' रेग्मी भन्छन्, 'बल प्रयोगको प्रावधान बाध्यात्मक अवस्थाका लागि हो, अहिले त्यही भइरहेको छ।'
उनका अनुसार स्थानीय प्रशासन ऐनले भिड नियन्त्रणका लागि व्यवस्था गरेका सबै प्रक्रिया पूरा गर्न सक्ने अवस्था छैन।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ मा प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षा कायम गर्न प्रावधानमा उल्लेख भएअनुसार कतै विरोध प्रदर्शन ध्वंसात्मक हुने देखिए प्रहरी खटाउने, त्यतिले पनि नभए आफू या मातहतको अधिकारी पठाएर सम्झाउने, यसले पनि नियन्त्रणमा नआए प्रहरी परिचालनमार्फत लाठीचार्ज गर्ने, अश्रुग्यास प्रहार, पानीको फोहरा र हवाइ फायर गर्ने उल्लेख छ।
यी सबै प्रक्रिया पूरा गर्दासमेत स्थिति नियन्त्रणमा नआई गोली चलाउनुपर्ने अवस्था देखिए भिडलाई 'अब पछि नहटे गोली चलाउने' चेतावनी दिने र त्यसो गर्दा पनि भिड पछाडि नहटे घुँडामुन्तिर लाग्ने गरी गोली हान्ने आदेश दिने ऐनले तोकेको छ।
लाठीचार्ज गर्दा सुरक्षाकर्मी भिडमै मिसिनुपर्ने, तर यसपटकको आन्दोलनमा भिडको प्रवृत्तिअनुसार सुरक्षाकर्मी भिडमा मिसिन नसक्ने अवस्था रहेको रेग्मीको विश्लेषण छ। ऐनअनुसारै त्यसपछि पानीको फोहोरा फ्याँकेर भिड नियन्त्रणमा लिनुपर्नेमा त्यसका लागि सुरक्षाकर्मीसँग उपकरण पर्याप्त छैन। त्यसपछिको विकल्प अश्रुग्यास सेल प्रभावहीन देखिन्छ। हवाइफायरको समेत न्यून प्रभाव देखिएपछि रीत मात्र पुर्या्उन घुँडामुन्तिर गोली हान्नुपरेको उनको विश्लेषण छ।
'भिडमा गोली हान्दा घुँडा ताके पनि कसको कहाँ लाग्छ, निश्चित हुन्न,' रेग्मी भन्छन्, 'अहिलेको आन्दोलनको अवस्था ठीक यही हो।'
भिड हिंसात्मक र ध्वंसात्मक नभएको अवस्थामा मात्र सम्झाएर नियन्त्रणमा लिने विकल्प प्रभावकारी हुने उनको तर्क छ।
प्रदर्शनमा मृत्यु हुनेको संख्या प्रदर्शनकारी बढी देखिए पनि घाइते हुनेमा सुरक्षाकर्मी र प्रदर्शनकारीको संख्या बराबरझैँ हुनुले पनि प्रदर्शनकारीको व्यवहार र प्रवृत्ति हिंसात्मक र ध्वंसात्मक देखिएको विश्लेषण गर्दै रेग्मीले जस्तोसुकै अवस्थामा पनि गृह प्रशासनले स्थानीय प्रशासन ऐनको रित पुर्याधउने जनाए।
गहृ प्रवक्ता लक्ष्मीप्रसाद ढकाल भने रेग्मीको तर्क स्विकार्दैनन्। सबैतिर सुरक्षाकर्मी एकै कानुनअनुसार परिचालित भएको र कानुनको अधीनमा रहेर तोकिएको प्रक्रियाअनुसार प्रदर्शनको स्वरुपअनुसार बल प्रयोग भएको उनको दाबी छ।
'विरोध प्रदर्शनमा शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मी स्थानीय प्रशासन ऐनअन्तर्गत परिचालित हुने हो,' उनले भने, 'सोहीअनुसारै बल प्रयोग गर्ने हो, कतै नरम, कतै कडा भयो भन्नु गलत छ।'
अहिले जारी आन्दोलनमा स्थानीय प्रशासनबाट यी सबै प्रक्रिया पूरा भइरहेको छ त?
प्रवक्ता ढकाल भन्छन्, 'शान्ति सुरक्षा कायम गर्न गृह प्रशासन स्थानीय प्रशासन ऐनको प्रावधानभन्दा बाहिर गएको छैन, जहाँ–जहाँ गोली चलेका छन्, त्यहाँ यी सबै प्रक्रिया पूरा भएका छन्।'
मधेसमा जारी प्रदर्शनलाई निकटबाट नियालिरहेका अधिवक्ता दीपेन्द्र झा भने ढकालको तर्कसँग सहमत छैनन्। एकै स्थानमा गोली लागेर मृत्यु हुने प्रदर्शनकारीको बाक्लो संख्याले भिडमा अन्धधुन्ध गोली हानिएको पुष्टि भएको दाबी उनको छ।
बल प्रयोग भएको र त्यसमा स्थानीय प्रशासन ऐनकै प्रावधान र भिड नियन्त्रणका लागि निर्धारित अन्तर्राष्ट्रिय मापदण्ड पालना नभएको अधिवक्ता झाको तर्क छ।
'प्रहरी गोली लागेर आन्दोलनसँग सरोकारै नभएका सर्वसाधारणसमेत मारिएका छन्,' उनले भने, 'यसले बल प्रयोगका क्रममा अपनाउनुपर्ने कानुनी प्रक्रिया पूरा नभएको देखाउँछ।'
कैलाली घटनापछि फेरियो रणनीति
संघीयताको खाका सार्वजनिक भएपछि त्यसको विरोध भएको जिल्लाको संख्या १४ पुगिसक्यो। सुर्खेत, जुम्ला, सप्तरी, रौतहट, रुपन्देही, बारा, पर्सा, महोत्तरी, कैलाली, धनुषा, बाँके, बर्दिया, नवलपरासीमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी, सुरक्षाकर्मी र सर्वसाधारण गरी ४५ जनाको ज्यान गइसक्यो।
६ प्रादेशिक खाकासहितको संविधानको मस्यौदाको विरोधमा साउन २५ मा पश्चिमका सुर्खेत, दाङ, रुकुम, कालिकोट, जुम्ला र मुगुमा अखण्ड आन्दोलन चर्किएपछि यसको शृंखला सुरु भएको थियो। सुर्खेत र जुम्लाको आन्दोलनमा चार जनाको ज्यान गयो।
मधेसका केही जिल्लामा विरोध प्रदर्शन भए पनि त्यो शान्तिपूर्ण थियो। संविधान मस्यौदाको विपक्षमा रहेका दल काठमाडौं केन्द्रित आन्दोलन छाडेर मधेसतिर लागे।
अखण्ड सुदूरपश्चिम पक्षधरको माग सम्बोधन गर्दै भदौ ४ गते नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीले सात प्रदेशमा सहमति गरेपछि पहाडको आन्दोलन साम्य भयो, आगो मधेसमा सल्कियो।
स्रोतका अनुसार सुदूरपश्चिमका घटनापछि गृहले आफूमातहत सुरक्षा संगठनलाई बल प्रयोगमा संयमता अपनाउन निर्देशन दिएपछि नेपाल प्रहरी र सशस्त्र दुवैका प्रमुखले सोहीअनुसारको निर्देशन दिएका थिए।
जानकार अधिकारीका अनुसार प्रदर्शनस्थलमा सकेसम्म हतियार लिएर नजाने, तल्ला तहका प्रहरी कर्मचारीलाई हतियार नदिने र बोकेका हतियारमा समेत 'मेटल बुलेट'को साटो 'रबर बुलेट'बोक्ने निर्देशन कार्यान्वयन भइरहेको थियो।
सात प्रदेशको विपक्षमा कैलालीमा जारी थारु आन्दोलन भदौ ७ मा हिंसात्मक बन्नपुग्यो। शान्तिपूर्ण भनिएको आन्दोलनमा सहभागी प्रदर्शनकारीले धारिलो हतियार प्रहार गरी एसएसपीसहित आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान लिए।
टीकापुरमा ठूलो संख्यामा सुरक्षाकर्मी हताहत हुनुमा प्रदर्शनकारीको तयारीबारे पूर्वसूचना नहुनु, आयोजकको वाचाप्रति विश्वस्त हुनु, घरेलु हतियारसहित प्रदर्शनकारी देखिएपछि बढ्न सक्ने सुरक्षा चुनौतीकोे आँकलन र सोहीअनुसारको तयारी गर्न नसक्नुसँगै पर्याप्त हतियार नबोक्दासमेत प्रमुख कारण देखिएपछि गृह प्रशासनले रणनीति बदल्यो।
स्रोतका अनुसार आन्दोलनमा होमिएका दलका नेता सीमावर्ती भारतीय सहर र नेपालका जेलमा रहेका भूमिगत समूहका नाइके भेट्दै आन्दोलनमा सघाउन सहयोग मागेको, हतियार चलाउन दक्ष माओवादी पूर्वलडाकुसँगै भूमिगत समूहका कार्यकर्तासमेत प्रदर्शनमा मिसिएको सूचना आएपछि गृह प्रशासन थप सतर्क भयो।
त्यसपछिका दिनमा उग्र प्रदर्शन र गोली चल्ने दुवै घटना बढे। रौतहटमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गयो। भदौ १४ मा १ प्रदर्शनकारी मारिए, दर्जनौं घाइते भए। भदौ १६ मा पर्सामा प्रहरीको गोली लागेर ४ र बारामा १ प्रदर्शनकारीको ज्यान गयो। महोत्तरी र सप्तरीमा ४ प्रदर्शनकारी मारिए।
टीकापुरको क्रुर घटनापछि पनि यस्ता क्रम रोकिएनन्। महोत्तरीमा प्रदर्शनकारीको कुटाइबाट घाइते भई उपचारका लागि जनकपुर लैजाँदै गरेका सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्माको हत्या भयो। बर्दियाको मैनापोखरमा प्रदर्शनकारीले चलाएको गोली लागेर प्रहरी हवल्दार देवबहादुर पाण्डे मारिए। बाँकेको कोहलपुरमा प्रदर्शनकारीको ढुंगा लागेर मोटरसाइकलचालक करणसिंह ठकुरीको ज्यान गयो।
पूर्व गृहसचिव रेग्मी कैलाली घटनापछि मधेस आन्दोलन हिंसात्मक र उग्र भएको बताउँछन्। प्रदर्शनकारी हतियारसहित आएर सुरक्षाकर्मीमाथि आक्रमणमा उत्रिनु, प्रहरीले चेतावनी दिँदै हवाइफायर गर्दासमेत भिड नियन्त्रणमा नआउनु, प्रहरीचौकी, सरकारी कार्यालय र व्यक्तिमाथि नै आक्रमणका घटना बढेपछि सुरक्षाकर्मीबाट बल प्रयोग भएको उनको भनाइ छ।
'टीकापुर घटनापछि सुरक्षाकर्मीमा डर बढेको हो, मनोबल खस्किएको हो,' रेग्मीले नागरिकसँग भने, 'तैपनि प्रहरी संयमितै देखिन्छन्।'
मधेस आन्दोलनमा मारिनेको संख्या बढ्नुमा टीकापुर घटना प्रमुख कारक रहेको अधिवक्ता झा समेत स्विकार्छन्। टीकापुरसँगै सुरक्षाकर्मी मार्ने अन्य दुई घटनामा संविधानको मस्यौदाप्रति असन्तुष्ट प्रदर्शनकारीभन्दा पनि आपराधिक समूहको घुसपेठ भएको उनको तर्क छ।
राज्य घुसपेठ गरेर हिंसा फैलाउने समूहको पहिचान गरी कानुनको दायरामा ल्याउनुको साटो बदलाको भावनाले कारबाहीमा उत्रिएको झा दाबी गर्छन्।
'सुरक्षाकर्मी जसरी मारिएका छन्, ती सबै घटना निन्दनीय छन्, यसमा संलग्नलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नैपर्छ,' उनले भने,
'तर आपराधिक व्यक्तिको पहिचानमा सक्रिय हुनुको साटो राज्यमा बदलाभाव देखियो।'