काभ्रे–संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति एवं एमाओवादी नेता बाबुराम भट्टराईले संविधानसभाले जारी गरेको संविधानप्रति आफू आशिंक बेखुशी भएको बताएका छन्।शनिबार काभ्रेको पाँचखाल नागरपालिका–१६ स्थित धुर्मुस सुन्तली एकीकृत बस्ती अवलोकनका क्रममा भट्टराईले अहिले पनि संविधानसभामा प्रतिनिधित्व गर्ने तराई–मधेशका दल बाहिर रहेको भन्दै संविधान जारी भएको अवसरमा उत्वस मनाउने र मादल बजउने बेला नभएको बताए । असहमत पक्षलाई पनि समेट्न सके संविधानमा अझ बढी अपनत्व बढ्ने उनले बताए।
'संविधान जारी भएकोमा म समुल रुपमा खुशी छु,' उनले भने, 'तर आंशिक रुपमा म बेखुशी छु । किनभने अहिले पनि तराइ मधेस, मगरलागयतका समस्याको समाधान भएको छैन । यी सबै समुदायको माग पुरा गरेर संविधान जारी गर्न पाएको भए धेरै खुशी हुन्थें ।' उनले सरकारले दुई दिन दिपावली गर्न विदा भएको प्रति लक्षित गर्दै खुशियाली मनाउने तथा मादल बजाउने बेला भएको बताए ।
भट्टराईले संविधान जारी गर्न मुख्य भूमिका आफूले खेलेको भन्दै पछिल्लो समयमा आफूलाई खुइल्याउने काम भएको बताए। 'संवाद समितिको सभापतिको हैसियतले मैले संधिवान जारी गर्न कति भूमिका निर्वाह गरे भन्ने कुरा सबैले थाहा पाएको विषय हो,' उनले भने,'तर संविधान पारित भइसकेपछि मलाई खुइल्याउने काम भयो । बाबुरामले संविधान ल्याउने चाहेको थिएन भन्ने कुरा पनि सुनियो ।' संविधान विरोधी शक्ति र व्यक्तिले आफूमाथि यस्तो आरोप लगाएको उनले दाबी गरे।
यसैबीच उनले भूकम्पपछि धुर्मुस सुन्तलीले काभ्रेको पाँचखाल नगरिपालिका–१६ मा निर्माण गरेको धुर्मुस सुन्तली एकीकृत बस्तको अवलोकन गर्दै निजी सरकारकोतर्फबाट हुनु पर्ने काम निजी क्षेत्रबाट भएको भन्दै प्रषंशा गरे ।