काठमाडौं–संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणको क्रममा तराइ,पहाड, हिमालको प्रतिनिधित्व भएको भन्दै संविधानको प्रतिमा हस्ताक्षर गर्न छुटेका सभासदलाई आइतबार अपरान्ह चार बजेसम्म हस्ताक्षर गर्ने व्यवस्था मिलाएको बताएका छन्।शनिबार सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै सभाध्यक्ष नेम्वाङले संविधान निर्माणको क्रममा सबैको प्रतिनिधित्व रहेको र हस्ताक्षर गर्ने बेलामा केही सभासद छुटेको भन्दै आफूलाई प्राप्त विशेषाधिकारको प्रयोग गर्दै आइतबार चार बजेसम्म संविधानको प्रतिमा हस्ताक्षर गर्ने समय मिलाएको बताए ।
'यो संविधान सबैको साझा संविधान हो,' नेम्वाङले भने, 'यसमा हिमाल, पहाड तराईको प्रतिनिधित्व रहेको छ । केही सभासदले संविधानको प्रतिमा हस्ताक्षर गर्न बाँकी छ । उहाँहरुलाई हस्ताक्षर गर्न सभाध्यक्षलाई प्राप्त विशेषाधिकार प्रयोग गर्दैै भोली चारबजेसम्म हस्ताक्षर गर्ने समय मिलाएको छु ।' सभासलाई संविधानको प्रतिमा हस्ताक्षर गर्ने समय शुक्रबारसम्म तोकिएको थियो । शुक्राबार नै ५३७ सभासदले हस्ताक्षर गरेपछि सभामुखले प्रमाणिकरण गरेका थिए।
शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना विशेषदूतलाई काठमाडौं पठाएर सहमतिबाटै संविधान जारी गर्न सुझाव दिएका थिए। उनले असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याएर संविधान जारी गर्दा टिकाउ हुने उल्लेख गरेका थिए। दक्षिणी छिमेकीले विशेषदूत नै पठाएर सुझाव दिएको भन्दै शनिबार प्रमुख तीन राजनीतिक दलले संयुक्त पत्रकार सम्मेलनमार्फत असन्तुष्ट दललाई वार्ताका लागि आह्वान गर्ने तयारी गरिरहेको बेला सभाध्यक्षको उक्त निर्णयलाई अर्थपुर्ण रुपमा हेरिएको छ।