काठमाडौं–सरकारले संसदमा प्रस्तुत गरेको पुननिर्माण समबन्धी विधेयक समितिमा पठाउने निर्णय को विपक्षमा कांग्रेसकै सभासद उभिएका छन्।शनिबार बसेको व्यसस्थापिका संसदको बैठकमा प्रधानमन्त्रीकातर्फबाट कानुन मन्त्री नरहरि आचार्यले उक्त विधेयक सम्बन्धित समिति (सुशासन तथा अनुगमन समिति) मा पठाइयोस भन्ने प्रस्तावको विपक्षमा कांग्रेस सभासदहरु नविन्द्रराज जोशी, रामहरि खतिवडा, शंकर भण्डारीलगायत उभिएका हुन्।
उनीहरुले सदनबाट पारित गरेर पुर्ननिर्माणको काम तत्काल सुरु गर्नुपर्ने भन्दै समितिमा पठाउने कामको विरोध गरेका हुन्। 'अध्यादेशमार्फत पुननिर्माणको कामलाई छिटो गर्न ल्याएको विधेयक पुन समितिमा पठाउँदा धेरै समय लाग्छ भन्ने हाम्रो मान्यता हो,' कांग्रेस सभासद रामहरि खतिवडाले भने,'त्यसैले सिधै सदनबाट पारित गरेर पुननिर्माणको काम सुरु गर्नुपर्छ।' सरकारले भूकम्पबाट क्षतिगस्त संरचनाको पुननिर्माण र नवनिर्माणको लागि पुननिर्माण सम्बन्धी विधेयक संसदमा पेश गरेको थियो। यसैबीच व्यवस्थापिका संसदको अधिवेशन शनिबार राति नौ बजेदेखि अन्त्य भएको छ।