'अन्तिम घडीमा ठूलै संकट'
०३ असोज २०७२
•
६ मिनेट पाठ
'अन्तिम घडीमा ठूलै संकट'
काठमाडौं- संविधानसभाबाट संविधान निर्माण गरेका अधिकांश देशले जारी हुने अन्तिम घडीमा ठूलै विरोध र संकट सामना गरेको इतिहास छ। सार्वभौम जनताको अपनत्वका लागि जनप्रतिनिधिबाट संविधान लेखिने भए पनि जारी गर्ने समयमा अल्पमतमा पर्ने पक्षले विरोध गर्ने गरेका छन्।

अमेरिका, भारत, इन्डोनेसिया, बेलिभिया, केन्या, पूर्वी टिमोर, कम्बोडिया, इरिटि्रया, दक्षिण अफ्रिका, जर्मनी, फ्रान्स, इक्वेडर, नाइजेरिया, युगान्डालगायत करिब दुई दर्जन देशमा संविधानसभा गठन भएको थियो।

'कम/बेसी होला तर संविधानसभाबाट संविधान जारी हुने बेला अधिकांश देशमा विरोध भएको छ,' अन्तर्राष्ट्रिय संविधानका ज्ञाता डा. विपिन अधिकारीले नागरिकसँग भने, 'तर धेेरै देशमा संविधान जारी भएपछि विरोधको स्वर कमजोर भएर गएका छन्, त्यसलाई थेग्न नसकेर कतिपय देश संकटमा पनि परेका छन्।'

संविधानका ज्ञाता भीमार्जुन आचार्य थोरै देशमा मात्र देशमा संविधानसभाबाट संविधान जारी गर्ने कार्य सफल भएको बताउँछन्। उनी नेपालमा भइरहेको प्रयोग सही ठान्दैनन्। 'नेपालमा जसरी संविधान जारी हुन लागेको छ। यो विश्वको सबैभन्दा असफल मोडल हो। त्यस्तो ठूलो संकट निम्त्याएको छ। देश विभाजनसम्मको कुरा भएका छन्,' आचार्यले भने, 'अहिलेसम्म चारवटा देशमा मात्रै संविधानसभाबाट संविधान आएको छ।'

अधिकारीले अंग्रेज शासन हुँदा गठन भएको संविधानसभा हुँदै भारत र पाकिस्तान विभाजन भएको बताए। 'देशमा मात्रै होइन संविधानसभाका सभासदसमेत विभाजित भए,' अधिकारीले भने।

केन्यामा संविधान जारी गर्ने समयमा ठूलै रक्तपातको अवस्थामा आयो। केन्याको सन् २००५ मा जारी गरेको संविधानमा असन्तुष्टि यति धेरै चर्क्यो कि संविधान नै फिर्ता लिनुपर्यो ।

पछिल्लो समयमा विवादका बीच बोलिभियामा संविधान जारी भएको थियो। राष्ट्रपति इभो मोरालेसले बहुमतले नै संविधानको विषय पारित गर्न खोजेपछि विवादले ठूलो रूप लियो।

आदिवासीलाई बढी अधिकार दिएको भन्दै युरोपेली मूलका बोलिभियालीले आन्दोलन गरेका थिए। तल्लो तटीय क्षेत्रका चारवटा राज्यको विरोधपछि अहिले स्वायत्ता हुने गरी व्यवस्था गरिएको छ।

तल्लो तटीय क्षेत्रमा लामो समयसम्म सडक अवरुद्ध भएको थियो। संविधानसभाले बहुमतबाट पारित भएको धारालाई जनमत संग्रहबाट पारित गराउनुपर्योम। तर त्यसले पनि राम्रोसँग काम गर्न सकेन।

केन्यामा संविधानसभाबाट उत्पन्न संकट यति चर्किएर गयो कि संविधानसभा नै विघटन गर्नुपर्ने अवस्था उत्पन्न भयो। राष्ट्रपति एबाई किवाकीको पार्टीले अधिकार कटौती गर्ने मस्यौदा पारित भएपछि त्यसलाई अस्वीकार गर्यो जसले केन्यामा राजनीतिक संकट निम्त्याएको थियो।

विरोधका बीच संविधान जारी हुँदा पनि लामो समयसम्म टिकेका उदाहरण पनि छन्। अमेरिका र भारतमा संविधानसभाबाट जारी संविधानको लामो समयसम्म विरोध रह्यो। सविधानको कार्यान्वयन भनेको लामो प्रक्रिया पनि हो।

अमेरिकामा संविधानसभाबाट १७८७ मा संविधान जारी भयो। '२ सय वर्षभन्दा बढी भयो। अमेरिकामा पहिलो संविधानमा सम्पत्तिको अधिकार बाहेक अन्य प्रजातान्त्रिक अधिकार थिएन। महिलाले भोट दिन पाउँदैनथे, अश्वेतहरूको किनबेच हुन्थ्यो। पछि एकपछि अर्को गर्दै मौलिक अधिकार थपिँदै गयो। संविधान विकासमुखी नहुनुको विकल्प छैन,' अधिकारीले भने।

तर आचार्यको धारणा भने फरक छ। उनले जबर्जस्ती जारी गरिने संविधानले ठूलो झनै ठूलो संकट ल्याउन सक्ने बताए। 'नेताहरूले जे गर्दैछन्। त्यो पागलपनको पराकाष्ठ हो,' आचार्यले भने, 'अन्तर्राष्ट्रिय अनुभवलाई हेर्दा सबैलाई नसमेटी जारी गरिने संविधानले ठूलो संकट ल्याउने निश्चित छ।'

अधिकारी नेपालको संविधान निर्माण प्रक्रियामा प्रजातान्त्रिक अभ्यासको अद्भूत प्रयोग भएको ठान्छन्। 'अन्य देशको संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रिया हेर्दा हाम्रो संविधानसभाले निकै प्रजातान्त्रिक ढंगले काम गरेको देखिन्छ,' अधिकारीले भने, 'नेतृत्वमा रहेको व्यक्तिको अक्षमता र राजनीतिक रूपमा निकै विभाजित भएकाले हामीले पहिलो संविधानसभाबाट संविधान जारी गर्न नसकेका हौं।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस