काठमाडौं- नेपालको संवैधानिक इतिहासमा पहिलोपटक नेपाली नागरिकले आफ्ना प्रतिनिधि (संविधानसभा) मार्फत आफैंले लेखेको नयाँ संविधान 'नेपालको संविधान' आइतबार जारी हुँदैछ। राष्ट्रप्रमुख हैसियतमा राष्ट्रपति रामवरण यादवले साँझ ५ बजे बस्ने संविधानसभाको अन्तिम बैठकमा संविधान प्रतिमा हस्ताक्षर गरी जारी भएको घोषणा गर्नेछन्। यससँगै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली संस्थागत हुनेछ भने लामो समयदेखिको संक्रमणकाल विधिवत अन्त्य हुनेछ।'नेपालको संविधान' ३५ भाग र ३ सय ८ धाराको छ।
२०७० मंसिर ४ गते सम्पन्न ऐतिहासिक दोस्रो संविधानसभाले करिब डेढ वर्ष अवधिमा तयार गरेको संविधानलाई शुक्रबार संविधानसभाका ५ सय ३७ सभासदले हस्ताक्षर गरी स्वामित्व ग्रहण गरेका थिए। त्यसलगत्तै सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान प्रतिमा हस्ताक्षर (प्रमाणीकरण) गरी यसलाई वैधानिकता प्रदान गरेका थिए।
नयाँ संविधानकै व्यवस्थाअनुसार राष्ट्रपतिले जारी भएको घोषणा गरेसँगै नयाँ संविधान कार्यान्वयनमा आउनेछ भने 'नेपालको अन्तरिम संविधान– २०६३ खारेज हुनेछ।
संविधानसभा भवन, नयाँबानेश्वरमा साँझ ५ बजे संविधानसभाको अन्तिम बैठकलाई विशेष समारोहमा परिणत गरिनेछ। त्यही समारोहमा राष्ट्रपतिले विधिवत संविधान जारी गर्नेछन्। त्यसअघि उनले संविधानमा हस्ताक्षर गर्ने कार्यक्रम छ।
संविधानसभाको बैठक सुरु हुनासाथ संविधानको प्रति सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिलाई हस्तान्तरण गर्नेछन्। राष्ट्रपतिले हस्ताक्षर गरेर जारी भएको घोषणा गरेलगत्तै मुलुकमा नयाँ संविधान लागू हुनेछ। संविधान घोषणापछि बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। यसअघि संविधानसभा नियमावली व्यवस्थाअनुसार राष्ट्रपतिले संविधान सार्वजनिक मात्र गर्ने कार्यक्रम तय गरिएकामा राष्ट्रपतिकै इच्छाअनुसार यस्तो कार्यक्रम राखिएको हो। स्रोतका अनुसार त्यसका लागि आइतबार बिहान मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ।
संविधानसभाको अन्तिम बैठक र संविधान जारी गर्ने औपचारिक कार्यक्रमका लागि संविधानसभा भवन सिँगारेर झकिझकाउ पारिएको छ। सरकारले संविधान घोषणा हुने अवसरमा आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ भने दुई दिनै देशभर दीपावली गरेर नयाँ संविधानलाई स्वागत गर्न आह्वानसमेत गरेको छ।
'भोलि संविधान जारी हुँदैछ,' सभाध्यक्ष नेम्वाङले संवाददातासँग भने, 'संविधानसभाले पारित गरेको संविधान जारी गर्न सबै औपचारिक तयारी पूरा भएको छ। राष्ट्रपतिबाट जारी भएको संविधान देशमा तत्कालै लागू हुनेछ।'
यसैबीच, सभाध्यक्ष नेम्वाङले शुक्रबार प्रमाणीकरणअघि हस्ताक्षर गर्न छुटेका सभासदलाई आइतबार जारी हुनुअघिसम्म हस्ताक्षर गर्न आग्रह गरेका छन्। 'विभिन्न प्रक्रियामा सहभागी र बहिष्कार गर्ने राजनीतिक दलको क्रियाशीलता, उहाँहरुको मिहिनेत र संघर्षको परिणाम नै यो संविधान हो,' सभाध्यक्ष नेम्वाङले पत्रकारसँग भने, 'म एक/एक मित्रहरुको नामसमेत उल्लेख गरेर उहाँहरुको भूमिकाबारे उल्लेख र चर्चा गर्न सक्छु। संविधान निर्माणको यो काम उल्लेखनीय रह्यो। यो संविधानका एक/एक धारा, शब्द र वाक्यांश हेर्दा पनि उहाँहरुको भूमिका झल्कन्छ।'
नेम्वाङले संविधानका कुनै धारामा रहेको विवादलाई लिएर सिंगो संविधानको विरोध नगर्न आग्रह गर्दै संविधान जारी गर्ने कार्यक्रममा सहभागी हुन आग्रह गरे। 'म यो कुरा स्मरण गराउन चाहन्छु,' नेम्वाङले भने, 'संविधान निर्माणको यो यथार्थलाई ध्यानमा राखेर कुनै पक्ष र केही कुराबारे विवाद भयो भन्ने आधारमा सिंगो संविधानलाई स्वामित्व ग्रहण नगर्नेतर्फ नजानुस्। मेरो आग्रह छ। राष्ट्रपतिले संविधान जारी गर्नुअघिसम्म आउनुस्। संविधानमा हस्ताक्षर गरेर यसलाई ग्रहण गर्नुस्।'
संविधानको जगमा उभिएर असन्तुष्टिलाई अहिलेदेखि नै छलफल गर्दै अघि बढ्नुपर्ने उनको धारणा थियो। 'त्यसो गर्दा सबै हिसाबले नागरिकको हित हुन्छ,' नेम्वाङले भने, 'संविधान जारी हुने बेलासम्म हस्ताक्षर गर्न सक्नुहुन्छ। सबै सहभागी भएर बाँकी रहेका असन्तुष्टिका विषय सम्बोधन गर्दै अघि बढौं।'
दुई हजार पाहुना
आइतबार संविधान जारी गर्न राष्ट्रपति संविधानसभाको अन्तिम बैठकमा आउने भएपछि शनिबारै त्यसको 'रिहर्सल' गरिएको छ। राष्ट्रपति कार्यालयबाट नेपाली सेनाका एक व्यक्ति राष्ट्रपति चढ्ने सवारीसाधनमा चढेर संविधानसभा भवन नयाँबानेश्वर पुगे।
घोडचढीका साथ शनिबार साँझ राष्ट्रपतिको गाडी संविधानसभा भवन पुगेको थियो। संविधानसभाको मूलगेटमा उनलाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले स्वागत गरेर संविधानसभा हल प्रवेश गराए।
संविधानसभा हलमा संविधानसभा बैठक सञ्चालनबारे सभाध्यक्षले जानकारी गराएका थिए।
यसैबीच, संविधान जारी गर्ने दिन २ हजार बढी पाहुनालाई निमन्त्रणा गरिएको छ। संविधानसभा सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार विभिन्न राजनीतिक दलका नेता, पूर्व सभासद, कूटनीतिक नियोगका प्रतिनिधिलगायत गरी २ हजार बढीको सहभागिता रहनेछ।