काठमाडौं- सरकारले ल्याएको पुनर्निर्माणसम्बन्धी विधेयक संसदको सम्बन्धित समितिमा पठाउने प्रस्तावको विरोधमा कांग्रेसकै सभासद उभिएका छन्। आफूहरूलाई जानकारी नै नदिई विधेयक संसदीय समितिमा पठाउन लागिएको भन्दै उनीहरूले विरोध जनाएका थिए।
व्यवस्थापिका संसद बैठकमा आइतबारै विधेयक पारित गर्ने तयारी भए पनि आफ्नै मन्त्रीले विधेयक समितिमा पठाउन प्रस्ताव गरेपछि उनीहरूले त्यसको विपक्षमा मतदान गरेका थिए।
कानुनमन्त्री नरहरि आचार्यले संसद बैठकमा 'भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्' भनी प्रस्ताव गरेपछि कांग्रेसका नवीन्द्रराज जोशीले तत्कालै विरोध गरेका थिए।
सभामुख सुवासचन्द्र नेम्वाङले समितिमा पठाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि कांग्रेसका आधाजसो सभासदले 'हुन्न' भनेका थिए। उनीहरूले कुनै पनि हालतमा विधेयक समितिमा पठाउन नहुने भन्दै आइतबारै अबेरसम्म संसदबाट पारित गर्न माग गरेका थिए। तर सभामुख नेम्वाङले नियमअनुसार नियमापत्ति नगरेको भन्दै उनलाई बस्न निर्देशन दिए।
'हिजोसम्म पनि समितिमा पठाउने कुरा भएन, आज एकाएक कसरी समितिमा पठाउने भनिँदैछ?' कांग्रेस सभासद जोशीको आक्रोश थियो, 'हामीले मान्दैनौं। भूकम्पपीडित जनतामाथि राजनीति नगरौं। जनताले अब राहत कहिले पाउने? विधेयक अलमल्याउने काम नगरौं।'
उनले भूकम्प गएको यतिका दिन भइसक्दा पनि विधेयक यता र उता अल्मल्याएर राखिएको बताए। त्यसपछि कांग्रेसका केही सभासदले मन्त्री आचार्यनजिक पुगेर आक्रोश पोखेका थिए।
कांग्रेसले भने आफूहरूलाई जानकारी नै नगराई समितिमा पठाउने निर्णय संसद सचिवालय र एमालेले गरेको आरोप लगाएको छ। मन्त्री आचार्यले विधेयक जीवित राख्न समितिमा पठाउनुको कुनै विकल्प नभएको बताए।
'कांग्रेसकै सभासदहरूले विरोधमा मतदान गर्नुभएको होइन,' मन्त्री आचार्यले भने, 'उहाँहरूले आजै पारित हुन्छ भन्ने सोच्नुभएको थियो। पारित हुने अवस्था नभएपछि विधेयक जीवित राख्न पनि समितिमा पठाउने विकल्प थिएन। प्रक्रियामा उहाँहरूलाई अष्पष्टता रहेछ। हामीले बुझाउने कोसिस गर्यौंम।'
उनले संसदको अधिवेशन नै अन्त्य हुने भएपछि समितिमा पठाउनुपरेको बताए।
विधेयकमा धेरै संशोधन प्रस्ताव परेपछि समितिमा पठाइएको थियो। कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले पनि आफूहरूलाई जानकारी नै नदिई विधेयक समितिमा पठाइएको बताए।
'समितिमा पठाउने कुरा मलाई पनि थाहा थिएन,' श्रेष्ठले भने, 'समितिमा पठाउने निर्णय गरियो। आइतबारै पारित गर्ने कुरा शुक्रबारसम्म पनि थियो।'
कांग्रेस सभासद रामहरि खतिवडाले सरकारकै कमजोरी भएको बताए। उनले अध्यादेशबाट ल्याइएको विधेयक समितिमा पहिलोपटक पठाइएको बताए।
संसद अधिवेशन अन्त्य भएपछि सरकारले ल्याएका विधेयक स्वतः समाप्त हुने नियमावलीमा रहेको व्यवस्थाअनुसार जीवित राख्न पनि समितिमा पठाइएको मन्त्री आचार्यको भनाइ थियो।
यसैबीच, व्यवस्थापिका संसदको बैठक आइतबार राति ९ बजेदेखि अन्त्य गरिएको छ। राष्ट्रपतिले संसद अधिवेशन अन्त्य भएको पत्र संसदमा पठाएका थिए। आइतबारको बैठकमा सभामुख नेम्वाङले राष्ट्रपतिको पत्र पढेर सुनाएका थिए।
२०७२ साल असार १५ गते मंगलबार सुरु भएको संसदको बैठक २ असोजसम्म ८२ दिन चलेको थियो। ४० दिनमा ४४ पटक बैठक बसी १ सय ४१ घन्टा २० मिनेट खास कार्यमा बितेको थियो। यसअवधिमा ३९ वटा सरकारी विधेयक सचिवालयमा दर्ता भएका थिए।