कैलालीमा नागरिक उन्मुक्ति दोस्रो ठूलो दल
१६ जेष्ठ २०७९
•
४ मिनेट पाठ
कैलालीमा नागरिक उन्मुक्ति दोस्रो ठूलो दल
स्थानीय तहको निर्वाचन पश्चात नागरिक उन्मुक्ति पार्टी कैलालीमा दोस्रो ठूलो दलका रुपमा स्थापित भएको छ। यो पार्टी चार वटा पालिकामा जित हात पार्दै दोस्रो ठूलो दलका रुपमा स्थापित भएको हो।




कैलालीको पूर्वी भेगका दुई नगरपालिका र दुई गाउँपालिकामा नागरिक उन्मुक्तिले जितेको छ। उसले टीकापुर नगरपालिकाको मेयर, भजनी नगरपालिकाको मेयर/उपमेयर, जानकी र जोशीपुर गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष दुवै पद जितेको छ।

टीकापुरमा मात्रै गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खडकबहादुर शाहले नागरिक उन्मुक्तिका उल्कादेवी विश्वकर्मालाई पराजित गरेका छन्। चार वटा पालिकाको सात वटा मुख्य पद जितेसँगै नागरिक उन्मुक्तिले कैलाली जिल्ला समन्वय समिति चयनमा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ।

नागरिक उन्मुक्तिभन्दा धेरै मत नेपाली कांग्रेससँग मात्रै छ। कांग्रेससँग आठ मत रहेको छ। जिल्लाका १३ स्थानीय पालिका मध्ये गठबन्धन दलहरुको १३ र अन्य नागरिक उन्मुक्ति, नेकपा एमाले र एक स्वतन्त्र गरी १३ मत छ। गठबन्धनले आफ्नो तर्फ जोडेका कैलारी गाउँपालिका अध्यक्ष राज समझ चौधरीले पार्टीले गरेको कारबाही फुकुवा भए मात्रै मतदान गर्ने भन्दै आएका छन्।

उनलाई स्थानीय तह निर्वाचनको क्रममा पार्टीले कारबाही गरेको छ। त्यस्तै स्वतन्त्र जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले निर्वाचन प्रकृयामा सहभागीता जनाउने बारे स्पष्ट छैन। उनले यस बारेमा कुनै प्रतिक्रिया दिन नसक्ने बताए।

दुवै जनाले निर्वाचन प्रकृयामा सहभागीता नजनाउने हो भने गठबन्धनसँग र अन्यसँग १२/१२मत रहन्छ। यति बेला नागरिक उन्मुक्ति कांग्रेससँगको हाराहारीमा पुग्छ। दुवै पार्टीसँग सात/सात मत रहन्छ। आफूहरु गठबन्धन कायम राख्ने पक्षमा रहेको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले बताए।

उनले कैलारी गाउँपालिकाका अध्यक्षको हकमा कारबाही फुकुवाका लागि प्रयास भैरहेको जानकारी दिए। स्रोतका अनुसार कांग्रेसले स्वतन्त्र हमाललाई समेत आफ्नो पक्षमा पार्न कसरत गरिराखेको छ। तर उनले पाँच वर्षसम्म पूर्ण रुपमा स्वतन्त्र रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाले कुनै एक पक्षलाई भोट हाल्ने सम्भावना नरहेको स्रोतको दाबी छ।

स्थानीय निर्वाचनका क्रममा जिल्लाका विभिन्न पालिकामा गठबन्धन दलहरुबीच तिक्तता बढेका कारण जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति नहुने सम्भावना बढेको देखिन्छ। उनीहरुले सहयोग नगरेको भन्दै एक अर्काप्रति आरोप प्रत्यारोप समेत लगाउने गरेको पाइएको छ।

टीकापुर नगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमेयर जित्दै गर्दा कांग्रेसका मेयर पराजित भएका छन्। त्यस्तै लम्कीचुहामा कांग्रेसले मेयर जितेको छ भने माओवादी केन्द्रले उपमेयरले हार्नु परेको छ। गोदावरीमा कांग्रेसका मेयरले जिते भने नेकपा एकीकृत समाजवादीका उपमेयरले हारे।

बर्दगोरीया गाउँपालिकामा माओवादी केन्द्रका उपाध्यक्ष जिते भने गठबन्धनका तर्फबाट कांग्रेसलाई हराउँदै अध्यक्षमा नेकपा एमालेले बाजी मार्‍यो। स्थानीय तहको निर्वाचन परिणाम पछि गठबन्धन दलहरुबीच बढेको तिक्तता कुनैकुनै पालिकामा देखिन थालेको छ।

टीकापुर नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचनमा कांग्रेस र नागरिक उन्मुक्तिबीच सहमति जुटेको बताइएको छ। कुल ८ सदस्यमध्ये ५ नागरिक उन्मुक्ति र ३ कांग्रेसले लिने सहमति भएको स्रोतको दाबी छ। गठबन्धन दलहरुबीच सहमति जुट्न नसके नागरिक उन्मुक्तिझन सशक्त रुपमा बलियो हुने देखिन्छ।

उसले कांग्रेस एक्लैसँग मिले स्पष्ट बहुमत पुग्नेछ भने अन्य दलहरुसँग मिले सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेससँग प्रतिस्पर्धा गर्नेछ। नागरिक उन्मुक्तिले जिल्ला समन्वय समितिको निर्वाचनलाई लक्षित गरेर सबै दलहरुसँग छलफल भैरहेको जनाएको छ।

प्रवक्ता दामोदर पण्डितले अहिले नै ठोस निर्णय गर्ने अवस्थामा नपुगेको बताए। उनले संयोजकको दाबी गरेर अन्य पार्टीहरुसँग छलफल अघि बढेको जानकारी दिए। ‘संयोजकमा हाम्रो स्वभाविक दाबी हो’ उनले भने–‘जसले संयोजक दिन्छ उसैसँग सहकार्य हुन्छ।’ यो दल पाँच महिना अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको हो।

निलम्बित सांसद रेशमलाल चौधरीको रिहाइको मुद्दालाई अघि सारेर दर्ता भएको पार्टीको अध्यक्ष चौधरीकै श्रीमती रञ्जिता श्रेष्ठ चौधरी रहेकी छिन्। उनले नै स्थानीय तह निर्वाचनमा पार्टीको कमाण्ड सम्हालेकी थिइन्। यो पार्टीसँग थारु र दलित समुदायको संलग्नता रहेको छ। स्थानीय तह निर्वाचनमा दुई समुदायको मत प्राप्त गरेपछि चारवटा पालिकामा अस्वभाविक जित हात पार्न सफल भएको थियो।
अर्को समाचार
नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो दल
०९ मंसिर २०७९
•
२ मिनेट पाठ
नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो दल
कैलालीमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा ठूलो दल बनेको छ। उसले मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा धेरै सिट जितेर सबैभन्दा ठूलो दलको हैसियत बनाएको छ। सो पार्टीले ५ प्रतिनिधि सभा मध्ये ३ र १०, प्रदेश सभा मध्ये ५ वटामा जित हात पारेको छ। पार्टीले प्रतिनिधि सभातर्फका क्षेत्र नं. १, २ र ३ मा जितेको छ।




क्षेत्र नं. १ बाट पार्टी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ भारी मतान्तरले विजयी भएकी छिन्। उनले निकटतम प्रतिस्पर्धी गठनबन्धनका तर्फबाट काँग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी हुन्। श्रेष्ठले ३० हजार ४०४ र चौधरीले १८,०८१ मत पाएका छन्। 

त्यस्तै क्षेत्र नं. २ मा अरुण चौधरी समेत भारी मतान्तरले विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर रावल भन्दा ५ हजार ७४३ मत बढी पाएका छन्। चौधरीले २१ हजार ८७१ र रावलले १६ हजार १२८ मत पाए।  

क्षेत्र नं. ३ विजयी गंगाराम चौधरीले निकटतम प्रतिस्पर्धीलाई ५ हजार ३७१ मतान्तरले हराए। उनले गठबन्धन तर्फबाट नेकपा माओवादीका कृष्णकुमार चौधरीलाई हराएका हुन्। उनीसँग पूर्वमन्त्री नेकपा एमालेका गौरीशंकर थारु समेत पराजित भए। थारुले ९ हजार ८७४ मत पाएका थिए।

प्रदेश निर्वाचन क्षेत्रतर्फ १ र ३ को (क) (ख) मा गरी चारै ठाउँमा नागरिक उन्मुक्तिको उम्मेदवारले जितेको छ। क्षेत्र नं. १ को (क) मा कैलाश चौधरी र (ख) मा लक्ष्मण किशोर चौधरी विजयी भए। त्यस्तै क्षेत्र नं. ३ को (क) मा घनश्याम चौधरी र (ख) मा खुशीराम डगौरा थारुले जितेका छन भने क्षेत्र नं. २ को (ख) बाट रामेश्वर चौधरी विजयी भएका छन्।

कैलालीमा २ सिट प्रतिनिधि सभा र ३ सिट प्रदेश सभामा जितेर नेपाली काँग्रेस दोस्रो ठूलो दल बनेको छ। काँग्रेसले क्षेत्र नं.४ र ५ मा जितेको छ। ४ बाट काँग्रेस सुदूरपश्चिमका सभापति बीरबहादुर बलायर र ५ बाट डिल्लीराज पन्त विजयी भएका छन्। त्यस्तै काँग्रेसबाट प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्र नं. २ को (क) मा कमलबहादुर शाह, क्षेत्र नं. ४ को (ख) मा प्रकाश बहादुर बम र क्षेत्र नं. ५ को (ख) मा प्रकाशबहादुर देउवा विजयी भएका छन्।

नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले क्षेत्र नं. ४ को (क) र नेकपा माओवादीका रमेशसिँह धामीले क्षेत्र नं. ५ को (क) बाट प्रदेश सभामा जितेका छन्। नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभामा एउटा सिट पनि जित्न सकेन।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस