कार्यान्वयन प्रमुख चुनौती
०३ असोज २०७२
•
७ मिनेट पाठ
कार्यान्वयन प्रमुख चुनौती
काठमाडौं- करिब एक दशकको रस्साकस्सीपछि दोस्रो संविधानसभाबाट देशले नयाँ संविधान प्राप्त गरेको छ। तर, यसको सफल कार्यान्वयनका लागि लामो बाटो तय गर्नुपर्ने देखिएको छ। असन्तुष्ट पक्षलाई राजनीतिको मूलधारमा ल्याउनेदेखि संविधानमा व्यवस्था भएअनुसार कानुन निर्माण, संरचना गठन, प्रदेश सीमांकन, स्थानीय, प्रान्तीय र संसदीय निर्वाचन मुख्य चुनौती हुन्।




कांग्रेस सभासद तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी संविधान कार्यान्वयनमा राजनीतिक र प्राविधिक दुवैखाले चुनौती रहेको बताउँछन्। 'संविधानसभामै रहेर पछि प्रक्रिया बहिष्कार गरेका दल मात्रै नभएर पहिलेदेखि नै संविधानसभा बहिष्कार गरेका दललाई समेत राजनीतिको मूलधारमा ल्याउन आवश्यक छ,' अधिकारीले नागरिकसँग भने, 'संविधानका लागि यो सबैभन्दा ठूलो राजनीतिक चुनौती हो।'

तराई–मधेसकेन्द्रित दलले संविधानप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि विरोधका कार्यक्रम सञ्चालन गरिरहेका छन्। एकीकृत नेकपा माओवादीबाट विभाजित भएर बनेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले संविधानसभा निर्वाचान बहिष्कार गरेका थिए।

अधिवक्ता दीपेन्द्र झा संविधानका लागि तत्कालको चुनौती असन्तुष्ट पक्षलाई प्रक्रियामा ल्याउनु रहेको बताउँछन्। 'असन्तुष्ट पक्षलाई जारी प्रक्रियामा ल्याएर त्यसको स्वामित्व ग्रहण ठूलो चुनौती हो,' झाले नागरिकसँग भने, 'तराई क्षेत्रमा संविधान प्रति जलाउन थालिसकेका छन्। नयाँ सरकार बन्न करिब १५ दिन लाग्छ, त्यस समयसम्म असन्तुष्ट पक्षसँग वार्ता गरेर समस्या समाधान गर्न सके सबैभन्दा राम्रो हुनेछ।'

संविधान वितरणमुखी रहेको अधिवक्ता अधिकारी बताउँछन्। 'संविधान वितरणमुखी छ, त्यसलाई पूरा गराउन तीव्र आर्थिक वृद्धिदर आवश्यक पर्छ,' उनले भने, 'तर हामीले यस्तो गर्न सकेका छैनौं।'

संविधानका मौलिक हकको कार्यान्वयन पनि चुनौतीपूर्ण छ। संविधानमा मौलिक हकका ३२ वटा धारा छन् तर अधिकांशमा कानुन बनाएर लागू गर्ने व्यवस्था गरिएको छ। 'भोलिदेखि मौलिक अधिकार कार्यान्वयनको माग गर्दै मानिस अदालत जान थाल्छन्,' झाले भने, 'त्यसले अदालतसमेत प्रभावित हुने देखिन्छ।'

सात प्रदेशको खाता कोरे पनि नेपाल एकात्मक शासन प्रणालीबाट संघीयतामा जाँदै गर्दा त्यसबाट आउनसक्ने व्यावहारिक समस्याबारे जानकार छैन। 'अहिलेसम्म हामीले संघीयताको बारेमा थाहा पाएको सैद्धान्तिक ज्ञान मात्रै हो, भोलि व्यवहारमा परिणाम हुँदा समस्याको बारेमा जानकारी छैन,' अधिकारीले भने, 'हाम्रोमा लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन सकेको छैन। निर्धारित मितिमा निर्वाचन गराउन दलहरू तत्पर हुन्छन् कि हुँदैनन्।'

निर्वाचन प्रणाली, समावेशी सिद्धान्तको कार्यान्वयनलगायत विषयमा कार्यान्वयनको समस्या छ। 'संविधानले ३३ प्रतिशत महिला सांसद हुने व्यवस्था गरेको छ,' झाले भने, 'अहिलेसम्म प्रत्यक्षबाट निकै कम मात्रै महिला निर्वाचित भएको देखिन्छ। त्यसैले ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नका लागि समानुपातिकतर्फ सबै सिट छुट्याउनुपर्ने हुन्छ।' प्रत्यक्षतर्फ औसतमा १० महिला प्रत्यक्षबाट निर्वाचित हुँदै आएका छन्।

मौलिक हकको कार्यान्वयनका लागि करिब तीन सयवटा भन्दा बढी कानुन संशोधन गर्नु आवश्यक रहेको विज्ञहरू बताउँछन्।

एमाले नेता भारतमोहन अधिकारी संविधानको सफल कार्यान्वयनले मात्रै देशलाई अघि बढाउन सक्ने बताउँछन्। 'सबै गम्भीर जिम्मेवारी हुन्। यी सबै संरचना निर्माणपछि दुईदेखि साढे दुई वर्षसम्म संसद, प्रान्तीय संसद र स्थानीय निकायको निर्वाचन गराउनु सक्नुपर्छ,' अधिकारीले नागरिकसँग भने, 'दलहरुलाई अगाामी दिनको चुनौती सामना गर्न अझै एकताको खाँचो छ। तर सरकार, प्राधिकरण वा राष्ट्रपति उपराष्ट्रपति वा सभामुखसहितको पदको भाडबण्डाको समय नयाँ चलखेल सुरु हुन्छ। यो बेला पनि कायम राख्न सक्नुपर्छ। संविधानका बेला भत्काउन नसकेको एकता यसमा भत्काउन सक्छन्। उनीहरुको सक्रियता सुरु हुन्छ।'

अधिकारीले अगाामी दिनमा एकता भत्कियो भने कांग्रेस, एमाले र माओवादी अलगअलग दिशामा उभिए भने नेपालको अर्को दुर्भाग्यको दिन सुरु बताउँछन्। 'विवाद भयो भने अहिलेको बनाएको संविधान नै खतरामा पर्न सक्छ, त्यसकारण मूलरुपमा एकताबद्ध प्रयास आवश्यक छ,' अधिकारीले भने।
अर्को समाचार
सर्वोच्चको आदेशमा चार दलको चुनौती
०४ असार २०७२
•
१५ मिनेट पाठ
सर्वोच्चको आदेशमा चार दलको चुनौती
काठमाडौं-संविधानसभाका चार प्रमुख दलले १६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले शुक्रबार दिएको अन्तरिम आदेश पालना नगर्ने चुनौती दिएका छन्। सर्वोच्चका न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले शुक्रबार असारभित्र ‘फास्ट ट्र्याक' बाट संविधान जारी गर्न दलहरूबीच भएको १६ बुँदे सहमतिका केही बुँदा अन्तरिम संविधानविपरीत भन्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।त्यसलगत्तै बसेको प्रमुख चार दल नेपाली कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको बैठकले संविधान निर्माणसम्बन्धी प्रश्न कसैले उठाउन नपाइने प्रस्ट पार्दै अन्तरिम आदेश पालना नगर्ने प्रस्ट पारेका हुन्।
बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘संविधान निर्माणका सम्बन्धमा संविधानसभा स्वतन्त्र र सक्षम छ तथा संविधानसभाको निर्णय नै अन्तिम हुने तथ्य स्वयंसिद्ध छ। कस्तो संविधान, कसरी बनाउने भन्ने विषय संविधानसभाको सार्वभौम अधिकारको विषय हो। यो तथ्यलाई कसैले कुनै किसिमले चुनौती दिन मिल्दैन र सक्दैन।'
कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले कार्यवाहक अध्यक्ष वामदेव गौतम, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदारले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्। 
‘संविधान निर्माण प्रक्रिया संविधानसभा स्वयंले निर्धारण गर्ने विषय हुँदा कहीँकतै प्रश्न उठाउन सकिन्न,' सर्वोच्चको अन्तरिम आदेशप्रति सीधा प्रतिक्रिया दिँदै वक्तव्यमा अगाडि भनिएको छ,' संविधान निर्माणका सन्दर्भमा देशका प्रमुख दलले गरेको १६ बुँदे राजनीतिक सहमति अत्यन्त महŒवपूर्ण रहेको र सोही आधारमा संविधान निर्माण प्रक्रिया निरन्तर अगाडि बढ्ने दृढता पनि वक्तव्यमा प्रकट गरिएको छ।
विद्यमान राजनीतिक संक्रमणकाल यथाशीघ्र समाप्त गरी संविधान निर्माण जारी प्रक्रियालाई निरन्तरता दिँदै छोटो अवधिमा संविधान निर्माण गरी घोषणा गरिने स्पष्टता पनि वक्तव्यमा छ। सर्वोच्चको एकल इजलासले संविधान निर्माण प्रक्रियाबारे गरिएको आदेशप्रति दलहरूको ‘गम्भीर रुपले ध्यान आकर्षित भएको' समेत यसमा उल्लेख छ। 
चार दलको बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन निर्णय भएको जानकारी दिए। ‘अदालतको आदेशको विरोध गर्ने, सार्वभौम अधिकारसम्पन्न संविधानसभाले आफ्नो काम जारी राख्ने र सर्वोच्चको सो फैसलाप्रति कानुनी उपचार खोज्ने निर्णय हामीले लिएका छौं,' उनले भने, ‘त्यही निर्णयअनुसार चार दलको धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो।' 
उनका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालामार्फत यो आदेश उल्ट्याउन सर्वाेच्चमा निवेदन गर्ने तयारीसमेत भएको छ। त्यसैकारण उनले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेनन्। त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली उपचार क्रममा थाइल्यान्डमा रहेका हुँदा कार्यवाहक अध्यक्ष गौतमले हस्ताक्षर गरेका छन्। 
दलहरूबीच गत आइतबार भएको सहमति अवैधानिक भएकाले खारेज हुनुपर्ने माग गर्दै पूर्वराजदूत विजयकान्त कर्ण र रक्षाराम हरिचनले सर्वोच्चमा रिट निवेदन दिएका थिए। 
सोही रिटमा आदेश दिँदै अदालतले सहमति तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरे पनि सरकारसँग त्यसलाई खारेज गराउन अर्को निवेदन दर्ता गराउने विकल्प बाँकी छ। अदालतको फैसला वा आदेश यसअघि निर्माण भएका नजिरविपरीत देखिए त्यसविरुद्ध विपक्षीले निवेदन दर्ता गराउन पाउने व्यवस्था छ। 
अन्तरिम आदेशले अपुरणीय क्षति पुग्ने अवस्था विपक्षीलाई लागे तत्काल खारेज हुनुपर्ने माग गर्ने अधिकार सरकारसँग सुरक्षित रहेकाले निवेदन दर्ता गराउनुपर्ने सुझाव कानुनविदको छ।




कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकले हस्ताक्षर गरेको उक्त सहमतिमा प्रदेशको सीमांकन संघीय आयोग गठन गरी त्यही प्रतिवेदनका आधारमा व्यवस्थापिका संसदको दुई तिहाइ बहुमतले अन्तिम निर्णय गर्ने प्रावधान छ। यो बुुुँदा अन्तरिम संविधानको व्यवस्थाविपरीत रहेको जिकिर रिटमा थियो। 
‘भइरहेको संवैधानिक व्यवस्थाविपरीत संविधान बनाउने चेष्टा भएमा आउने संंविधान समेत विवादास्पद हुने, राष्ट्रको शान्ति व्यवस्थामा खलल पुग्न सक्ने र अर्को द्वन्द्व निम्त्याउने आशंकासमेत हुन सक्छ,' सर्वोच्चको आदेशमा भनिएको छ, ‘त्यस्तो प्रक्रियाबाट राज्यलाई अपुरणीय क्षति हुन सक्ने हुँदा संविधानको धारा १, ३८ र १३८ को व्यवस्थाविपरीत कुनै कार्य नहोस् भनी अर्को आदेश नभएसम्मका लागि अन्तरिम आदेश जारी गरिदिएको छ।' 
सात वर्षदेखि अवरुद्ध संविधान लेखन प्रक्रिया दलहरुबीच भएको यही सहमतिका आधारमा सुरु भएको थियो तर सर्वोच्चले शुक्रबार जारी गरेको आदेशले स्थितिलाई अन्योलग्रस्त बनाएको महसुस दलहरूले गरेका छन्।

अन्तरिम संविधानको धारा १, ८२ र १३८ विपरीत हुने गरी कुनै पनि सहमति गर्न नमिल्ने भन्दै सर्वोच्चले अर्को आदेश नभएसम्म सहमति कार्यान्वयनमा रोक लगाउन आदेशमा भनेको छ।
‘अन्तरिम संविधानको धारा ८२ हेर्दा संविधानसभाले पारित गरेको संविधान प्रारम्भ भएको दिनदेखि त्यसको काम समाप्त हुने देखिन्छ,' सर्वोच्चको आदेशमा भनिएको छ, ‘तर धारा १३८ अनुसारको सीमा, संख्या, नाम र संरचनालगायत राज्यको अग्रगामी पुनर्संरचना हुनुभन्दा अगाडि संविधानसभाको विघटन हुनु संविधानको व्यवस्थाविपरीत हुने कुरा स्पष्ट छ।' 
दलहरुबीच सहमति अन्तरिम संविधानको १३८ मा रहेको व्यवस्था प्रतिकूल रहेको रिटको दाबीलाई तत्कालका लागि स्वीकार गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो।
संविधानको धारा १३८ मा ‘स्वायत्त प्रदेशहरुको सीमा, संख्या, नाम र संरचना लगायतका राज्यको पुनर्संरचना तथा संघीय शासन प्रणालीको स्वरुपसम्बन्धी विषय संविधानसभाले गरेबमोजिम हुनेछ' भनिएको छ।
अन्तरिम संविधानमा संविधानसभावाट निर्णय हुने भनी प्रस्ट रुपमा लेखिएको हुँदाहँुदै दलहरुको सहमति भन्दै हाल गरिएको सहमति गैरकानुनी भएको रिटमा जिकिर गरिएको थियो। त्यही कुरालाई स्वीकार गर्दै सर्वोच्चले संविधानमा उल्लेख भएको व्यवस्थाअनुसार नै संविधान निर्माण हुनुपर्ने आदेश जारी गरेको हो।
अन्तरिम संविधानको धारा ८२ ले संविधानसभाले संविधान पारित गरेको संविधान प्रारम्भ भएको दिनदेखि विघटन भई व्यवस्थापिका संसदको रुपमा रुपान्तरण हुने उल्लेख छ। तर दलहरुको सहमतिमा निरन्तर रहने उल्लेख हुनु गैरकानुनी भएको सर्वोच्चको आदेशमा छ। 
संविधानसभा स्वतः समाप्त भएपछि वाँकी रहेको व्यवस्थापिका संसदले संविधान सभाको बाँकी कामको निर्णय गर्ने हैसियत नराख्ने भएकाले त्यो कानुनसम्मत नहुने सर्वोच्चको व्याख्या हो । 
सहमति बँुदा नम्बर ५ मा रहेको प्रतिनिधिसभामा कुल २ सय ७५ सदस्य र १ सय ६५ निर्वाचन क्षेत्रबाट छानिने र अन्य मनोनयन प्रक्रियाबाट ल्याउने भनी गरिएको सहमति समानताको हक र लोकतान्त्रिक पद्धतिअनुसार नभएको रिटमा जिकिर गरिएको थियो। भूगोलका आधारमा नभई जनसंख्याका आधारमा प्रतिनिधित्व हुन नसकेमा पछाडि परेका वर्गहरुको प्रतिनिधित्व सुनिश्चित नहुने दाबीका सम्बन्धमा सर्वोच्चले विपक्षीहरुसँग लिखित जवाफ माग्ने भएको छ। अन्तरिम संविधानमा रहेको व्यवस्था र अन्य अभ्यासका आधारमा कसरी प्रतिनिधत्विको सुनिश्चित गरिन लागेको हो, त्यसको कारण सहित पठाउन पनि सर्वोच्चले आदेशमा भनेको छ। 
सर्वोच्चले अन्तरिम आदेश निरन्तर हुनुपर्ने हो वा होइन भनी विपक्षीहरुलाई अर्को पेसीमा हाजिर हुन बोलाएको छ। अर्को पेसीमा अन्तरिम आदेश खारेज नभएसम्म हाल कायम रहेको सम्पूर्ण प्रक्रिया रोक्नुपर्ने भएको छ।

संविधानसभा रोकिँदैन : कानुनविद


संवैधानिक कानुनविद भीमार्जुन आचार्यले अदालतको आदेशले संविधानसभाका काम नरोकिने बताए। अन्तरिम आदेश न्यायिक संयमताविरुद्ध राजनीतिक तहमा हुने निर्णय पुनरावलोकन हुने कानुनी व्यवस्था नरहेको आचार्यले बताए। धारा ८२ र १३८ को अधिकार प्रयोग जनताका प्रतिनिधिले गर्ने भएकाले उनीहरुको अधिकार क्षेत्रमा अदालतले हस्तक्षेप गर्न जरुरी नहुने आचार्यले बताए। 
अदालतको आदेशले संविधान निर्माण प्रक्रियालाई नकारात्मक असर पारेको भए पनि कामै भने ठप्प नहुने आचार्यले तर्क गरे। यसअघि नै गठन भई निष्त्रि्कय रहेको आयोगको विषयमा आदेश जारी हुनुको अर्थ रहेको आचार्यले बताए। 
संवैधानिक कानुनका ज्ञाता चन्द्रकान्त ज्ञवालीले राजनीतिक मुद्दामा अदालतले हस्तक्षेप नगर्ने भनी अदालतले प्रतिपादन गरेका धेरै नजिर भएकाले अर्को सुनुवाइमा खारेज गराउन सरकारले निवेदन दिनुपर्ने टिप्पणी गरे। संविधानसभाले नभई पार्टीहरुबीच मात्र भएको सहमतिको आधार रोक्न आदेश जारी भएकाले संविधानसभा निवेदन दर्तापछि नरोकिने ज्ञवालीले बताए। 
अदालतले न्यायिक निरुपण गर्ने भए पनि राजनीतिक दलहरुका विचमा भएको सहमतीमा विषयमा आदेश जारी गर्दा समस्या हुने नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराईले बताए। अदालतको यो आदेशले अदालत, संविधानसभा र राजनीतिक दलबीच विवाद आउन सक्ने उनको बुझाइ छ। 
अर्का अधिवक्ता तथा नेपाल बारका महासचिव सुनील पोखरेलले अदालतको आदेश स्वीकार गर्दै खारेजीका लागि सरकारले निवेदन दिनुपर्ने औंल्याए। अन्तरिम आदेश खारेजीको माग गर्ने अधिकार सरकारसँग सुरक्षित रहेकाले अन्योलग्रस्त हुनुपर्ने अवस्था नरहेको पोखरेलले बताए। 
सर्वोच्चको यो आदेशले न्यायिक आत्मसंयम कायम गर्न नसकेको देखिएकाले राजनीतिक तहबाट यसको विरोध हुने उपाध्यक्ष भट्टराईले बताए। 
यसअघि राजनीतिक मुद्दामा अदालतले हस्तक्षेप गर्दैन भनी प्रतिवादन भएका नजिर लाई बेवास्ता गर्दै आदेश जारी भएको उनको भनाइ छ। 
सभासद तथा अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतले सार्वभौमसम्पन्न संविधानसभाको कार्यक्षेत्रभित्र पसेर हस्तक्षेप गरेको टिप्पणी गरे। उनका अनुसार अन्तरिम संविधानको धारा ७७ ले दिएको विशेष अधिकार र १३८ (३) सँग पनि बाझिने गरी सो आदेश आएको हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस