सत्ता गठबन्धन बैठकः समझदारी गर्दै अघि बढ्ने
१७ जेष्ठ २०७९
•
३ मिनेट पाठ
सत्ता गठबन्धन बैठकः समझदारी गर्दै अघि बढ्ने
सत्तारुढ पाँच दलले शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार तल्लो तहसम्म चुनावी तालमेल हुन नसक्दा स्थानीय तहको निर्वाचनमा त्यसको लाभ विपक्षी एमालेसहितका दलले उठाएको निष्कर्ष निकालेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेताहरूको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूबीच समझदारी गर्दै अघि बढ्ने सहमति गरेका हुन्।




‘केन्द्रमा जुन भावनाका साथ स्थानीय तह निर्वाचनमा दलहरूबीच तालमेल गर्ने सहमति भएको थियो, त्यसअनुसार स्थानीय तहमा तालमेल हुनसकेन,’ कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘केन्द्रको स्प्रिटअनुसार तालमेल हुनसकेको भए निर्वाचन परिणाम अहिलेको भन्दा धेरै राम्रो हुने थियो।’ गठबन्धनमा रहेका राजनीतिक दलका आ–आफ्ना महत्वाकांक्षा र दाबीले धेरै स्थानीय तहमा तालमेल हुन नसकेको भन्दै बैठकमा सहभागी नेताहरूले त्यसबारे व्याख्या गरेका थिए।

तर, जति स्थानीय तहमा चुनावी तालमेल भएका छन्, त्यसले सकारात्मक परिणाम दिएको गठबन्धनको निष्कर्ष छ। चुनावी तालमेलले एउटा दललाई मात्र नभएर सत्ता साझेदार सबैलाई केही न केही फाइदा पुगेको धारणा राख्दै पौडेलले भने, ‘गठबन्धनबीच तालमेल भएको ठाउँमा राम्रै परिणाम आएको छ।

गठबन्धनमा सबैका लागि राम्रै भएको छ।’ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि गठबन्धन मूलभूत रूपमा सफल भएको निष्कर्ष निकालिएको जानकारी दिइन्। ‘स्थानीय निर्वाचनका लागि हामीले गरेको निर्णय हुबहु लागु गर्न पाएको भए धेरै सफल भइन्थ्यो,’ उनले भनिन्, ‘केही कमीकमजोरी भयोे। त्यसका बाबजुद पनि गठबन्धन सफल रह्यो भन्ने बैठकको निष्कर्ष छ।’ बैठकमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले दम्भ देखाएको भन्दै असन्तुष्टि जनाएका थिए। 

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ६ महानगरपालिका, ११ उपमहानगरपालिकासहित झन्डै २८ प्रतिशत स्थानीय तहमा चुनावी तालमेल गरेका गठबन्धनका दलले अपवादबाहेक सफलता हासिल गरेका छन्। हालसम्म सार्वजनिक भएका ७ सय ५२ स्थानीय तहमध्ये कांग्रेसले ३ सय २९ तहको प्रमुख जित्दै प्रमुख दल बनेको छ। २०७४ को निर्वाचनबाट ठूलो दल बनेको एमाले दोस्रो दलमा खुम्चन पुगेको छ। उसले २ सय ५ स्थानीय तहको प्रमुख जितेको छ भने माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २० र जनमोर्चाले ४ पालिका प्रमुख जितेको छ।

आफ्ना उम्मेदवारलाई कांग्रेस र माओवादी केन्द्रबाट आवश्यक सहयोग नभएको भन्दै उनीहरूले गुनासो गरेका थिए। तर, जवाफमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफू र आफ्नो दल सत्ता गठबन्धनमा रहेका कुनै पनि पार्टीलाई धोका दिने पक्षमा नरहेको भन्दै आश्वस्त पारेका थिए।

शीर्ष नेताको बैठकले जिल्ला समन्वय समिति गठनमा पनि गठबन्धन दलबीच नै सहमति र समझदारी गर्दै अघि बढ्ने निष्कर्ष निकालेका छन्। जिल्ला समन्वय समितिका साथै स्थानीय तहको कार्यपालिका सदस्य निर्वाचनमा पनि मिलेर अघि बढ्ने सहमति गर्दै उनीहरूले मातहतका निकायलाई सोही अनुसार गर्न निर्देशन दिएका छन्।

बैठकपछि पाँच दलका शीर्ष नेताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति र बाँकी पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन गर्ने निर्णय गरिएको छ।’ विज्ञप्तिमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस