६ महिनामै तीन पटक फेरिए सचिव
१७ जेष्ठ २०७९
•
३ मिनेट पाठ
६ महिनामै तीन पटक फेरिए सचिव
एउटा मन्त्रालयमा ६ महिनामै ३ पटकसम्म सचिव फेरिएका छन्। यसबाट स्थायी सरकार मानिएको प्रशासन संयन्त्र अस्थिर बनेको छ। खानेपानी मन्त्रालयमा ६ महिनामा ३ पटक सचिव फेरिएका छन्।




२०७८ असोज २२ गते उमाकान्त चौधरी खानेपानीमन्त्रीमा नियुक्ति भएयता उनले ३ पटक सचिव फेरिसकेका छन्। चौधरी खानेपानी मन्त्रीमा नियुक्त हुने बेला खानेपानी सचिव प्रमिलादेवी बज्राचार्य थिइन्। बज्राचार्यसँग काम गर्न मन्त्री चौधरीले असहज महसुस गरे।

उनको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले २०७८ माघ २७ को खानेपानीबाट वज्रचार्यको सरुवा गर्‍यो र बज्राचार्यको ठाउमा सुरेश आचार्यलाई लगियो। ब्रजाचार्यलाई खानेपानीबाट शिक्षा प्रविधि तथा विज्ञान मन्त्रालयमा पठाइयो। तर आचार्यले पनि लामो समयम्म काम गर्न पाएनन्। मन्त्रीचौधरी र आचार्यवीच पनि सम्बन्ध बिग्रियो। त्यसपछि आचार्यको पनि त्यहाँबाट सरुवा गरियो। २०७९ जेठ ९ गत बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्‍यो भने उनको ठाउँमा प्रधानमन्त्री कार्यालयमा कार्यरत मनिराम गेलाललाई ल्याइयो। गेलाल खानेपानीमा गएको एक हप्ता मात्र भएको छ।

मन्त्रालय स्रोतका अनुसार गेलाललाई मन्त्रीमन्त्री चौधरीले नै रोजेका हुन्। चाँडोचाँडो सचिव फेर्ने प्रवत्ति खानेपानी मन्त्रालय मात्र नभई अन्य मन्त्रालयहरूमा पनि यस्तै अवस्था छ। चाँडो/चाँडो सचिव सरुवा भए भएमा काम गर्न अप्ठायारो हुने पूर्व सचिव मधूसूदन अधिकारीको भनाइ छ। ‘नयाँ ठाउँमा गए पछि त्यहाँ बुझ्न मात्रै सचिवलाई कम्तीमा २/३ महिना लाग्छ। तर, २/३ महिनामै सचिव सरुवा भएपछि मन्त्रालयको कामले लय पक्रिन्न,’ अधिकारीले भने, ‘त्यसैले मन्त्रालयले लय पक्रन मन्त्रालयका सचिवले कम्तीमा १ वर्ष काम गर्न पाउनुपर्छ।’

सरकारको नेतृत्व फेरिएपछि अधिकांश मन्त्रालयहरूमा सचिवलगायत उच्च कर्मचारीहरू सरुवा भएका छन्। त्यसो त, प्रधानमन्त्री फेरिएपछि महत्वपूर्ण मानिएका मन्त्रालयहरूमा सचिव फेर्ने चलन पुरानै हो। यो चलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पनि निरन्तरता दिएका छन्। तर एकपटक सचिव फेरिएका मन्त्रालयहरूमा त्यसपछि पनि पटकपटक सचिव फेरिएका छन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सम्बन्धित मन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले सचिव फेर्न निर्णय गर्छ। ‘मन्त्रीज्यूले यो सचिवबाट काम गर्न अप्ठेरो भयो। काम गर्न सहजताकोलागि यो सचिव चाहिन्छ भनी मन्त्रिपरिषद्मा प्रस्ताव गरे पछि सामान्यता सचिव फेरिने गर्छन्,’ एक सचिवले भने, ‘तर कहिलेकाहीँ प्रधानमन्त्रीको चाहनामा विभागीय मन्त्रीलाई थाहा नै नभई सोझै सचिव फेरिने गर्छन् ।’

गृह, अर्थ, भौतिक पूर्वाधार, भूमि व्यवस्था, शहरी विकास, शिक्षा, पर्यटन, उद्योग,वाणिज्य आपुर्ती, महिला बालबालिका, शहरी विकास, स्वास्थ्य तथा जनसंख्यालगायतका मन्त्रालयमा सरकारको नेतृत्व फेरिएपछि सचिव फेरिएका छन्। तीमध्ये धेरैजसो मन्त्रालयमा त्यसपछि पनि सचिव सरुवा भएका छन्। भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठको सिफारिसमा तत्कालीन भूमि व्यवस्थाका सचिव गणेश पाण्डेलाई उद्योगमा पठाई तत्कालीन शिक्षा सचिव रामप्रसाद थपलियालाई भूमि व्यवस्थामा ल्याइयो।

यसैगरी, महिला सचिव यामकुमारी खतिवडालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरियो। उनको ठाउँमा हरि मैनालीलाई नियुक्त गरिएको छ। यस विचमा पर्यटन मन्त्रालयमा पनि २ पटक सचिव फेरिएको छ। तत्कालीन पर्यटन सचिव यादव कोइरालालाई शिक्षामा पठाइयो। पर्यटनमन्त्री प्रेम आले र कोइरालाबीच सम्बन्ध बिग्रेपछि कोइरालालाई शिक्षामा सरुवा गरिएको थियो। उनको ठाउमा प्रधानमन्त्री कार्यालयमा थन्काइएका महेश्वर न्यौपानेलाई ल्याइयो। पर्यटनमा न्यौपानेको दोस्रो प्रवेश हो।

यसैगरी, सहरी विकास मा पनि सचिव फेरिए। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको चाहनामा सहरी विकास सचिव रमेश सिहंलाई २०७८ मंसिरमा प्रधानमन्त्री कार्यालयमा पठाइ उनको ठाउमा मनिराम गेलाललाई ल्याइयो। त्यसपछि झाक्री र गेलालबीच पनि सम्बन्ध राम्रो भएन। त्यसपछि सहरीमा पुन सिहंलाई ल्याइयो।

अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँण मन्त्री हुनेबित्तिकै मन्त्रालयमा सचिव फेरेका थिए। खासगरी विकाससँग जोडिएका, धेरै वजेट भएका मन्त्रालय, तथा काठमाडौंबाहिरका कार्यालयमा चाँडो चाँडो सचिव फेरिने गरेका छन्। सचिवहरूलाई थन्क्याउनु पर्‍यो भने प्रधानमन्त्री कार्यालयमा पठाउने गरिन्छ। त्यसैले प्रधानमन्त्री कार्यालयमा धेरैजसो समयमा दरबन्दीभन्दा बढी सचिव हुने गर्छन्।
अर्को समाचार
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
२० मिनेट अघि
•
१ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
फाइल।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन बाँकी रहेको बताएका छन्।

शनिबार सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको सुनााए। यद्यपि, प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने उनले प्रतिबद्धता जनाए।

लामिछानेका अनुसार कर्णालीको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर हेरिने छैन। कर्णालीका जनताले एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको दाबी छ।


विगतमा अन्य दलहरूले आफ्ना उमेदवार जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेको आरोप लगाउँदै उनले रास्वपाले त्यस्तो राजनीतिक सौदाबाजीमा विश्वास नगर्ने बताए।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने होइन,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौं, कर्णालीले एकजना पनि नपठाओस् र एक भोट पनि नदियोस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ।’

पुल र बाटो बनाइदिने सर्तमा नभई कर्णालीका मुद्दा केन्द्रमा लैजाने प्रतिबद्धतासहित आफूहरू आएको उनले उल्लेख गरे। राजनीति चुनावका निम्ति मात्र नभएको बताउँदै उनले चुनाव राजनीतिको एउटा पाटो मात्र भएको धारणा राखे।



चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस