वाम दलबीच भित्रभित्रै गठबन्धन प्रयास
१८ जेष्ठ २०७९
•
५ मिनेट पाठ
वाम दलबीच भित्रभित्रै गठबन्धन प्रयास
स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन्।




प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका छन्। खासगरी एमालेले यसको अगुवाइ थालेको छ। तर माओवादी केन्द्र र एमालेबाट विभाजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले एमालेलाई विश्वास गर्न सकिरहेका छैनन्।

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भए। अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औंल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी तीन दलबीच विश्वासको अभाव भने खट्किएको छ। ‘भित्रभित्रै वाम गठबन्धनको कुरा चलेको मात्र होइन, गम्भीर छलफल भएको छ तर नेताहरूबीच विश्वासको अभाव देखिएको छ’, एमालेका एक पदाधिकारीले भने।  

पछिल्लो समय प्रमुख विपक्षी एमालेले पाँचदलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको छ। संसदीय निर्वाचनअघि नै वाम गठबन्धनको प्रस्ताव अघि बढेमा एमाले सकारात्मक हुने सन्देश माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसम्म पुगेको छ। ‘वाम गठबन्धन प्रस्ताव प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रुपमा आएका छन् तर ती विश्वासयोग्य छैनन्’, नेकपा एसका अध्यक्ष नेपाल निकट स्रोतले भन्यो।

स्रोतका अनुसार एमालेबाट त्यस्तो प्रस्ताव आउनु नयाँ कुरा होइन। तर त्यो कुनै पनि अर्थमा विश्वास आर्जन गर्नेखालको छैन, बुझाैँ न त के रहेछ भन्ने तहबाट प्रस्ताव आएको हो। ‘विषयवस्तुको उठान गम्भीर ढंगले भएजस्तो लाग्दैन। निर्वाचनपछि केहीकेही विषयमा छलफल अघि बढ्न सक्छ भन्ने हामीलाई पहिला नै लागेको थियो। अहिले त्यही भएको छ। यसलाई सर्वथा नौलो र आश्चर्यको विषय मान्नु हुँदैन’, नेपाल निकट स्रोतले भन्यो।

यही जेठ ११ मा एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेसँगै वामगठन्धनको प्रस्ताव पनि आएको हो। दुई नेताबीचको भेटपछि एमाले–जसपा सहकार्यको चर्चा चल्न थालेको छ। पाँचदलीय गठबन्धनको बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसका नेता–कार्यकर्ताले अन्य घटकका उम्मेदवारर्ला सोचेजति सहयोग नगरेको विषयमा छलफल भएको थियो। सत्ता गठबन्धनको सोमबार बसेको बैठकमा निर्वाचनसम्बन्धी समीक्षा गर्दा कांग्रेसले सहयोग नगरेको विषयले प्राथमिकता पाएको थियो।

यही गठबन्धनलाई निरन्तरता दिँदा स्थानीय निर्वाचनमा जस्तै आउँदो संसदीय निर्वाचनमा पनि कांग्रेसबाट असहयोग होला कि भन्ने डर माओवादी र नेकपा एसलाई छ। एमालेलाई निर्वाचनमार्फत संघीय सरकारमा पुग्न संसदीय निर्वाचन जित्नैपर्ने आवश्यकता छ। तर वर्तमान सत्ता गठबन्धन कायम भए एमालेको त्यो सपना पूरा नहुन सक्छ। त्यसै भएर सत्ता गठबन्धनबाट माओवादी केन्द्र र नेकपा एसलाई अलग गराएर वाम गठबन्धन गर्नुपर्ने बाध्यतामा एमाले छ। यसैकारण भित्रभित्रै वाम गठबन्धनको विषयमा छलफल अघि बढाइएको हो।

माओवादी एक नेताका अनुसार स्थानीय निर्वाचन परिदृष्यले संसदीय निर्वाचनमा नेताहरूबीच गठबन्धन भए पनि कार्यकर्ताले तोड्नसक्ने अवस्था देखाएको छ। ‘अहिले पनि कांग्रेसभित्र दुईवटा खेमा स्पष्ट देखिन्छ। एउटा खेमाले गठबन्धनबिना नै निर्वाचनमा जानुपर्छ भनिरहेको छ। यो खेमाले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार उठाएको देखियो, बागीले जितेका स्थानमा कांग्रेसका केन्द्रीय नेताहरू नै विजय जुलुसमा सहभागी भएको देखियो।

संघ र प्रदेशको निर्वाचनमा यो क्रम ज्यादै तीव्र हुने देखिन्छ। यसकारण पनि वाम गठबन्धनको आवश्यकता महसुस भएको हो’, माओवादी केन्द्र स्थायी समितिका एक सदस्यले भने। ती सदस्यका अनुसार वाम गठबन्धनको आवश्यकता भए पनि एमाले गम्भीर नहुँदासम्म सम्भव छैन।

स्थानीय तह निर्वाचनपछि जसपा अध्यक्ष यादव सत्ता गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग असन्तुष्ट छन्। यसैक्रममा एमाले अध्यक्ष ओलीले यादवसँग भेट गरेका थिए। ओलीले भेट गरेलगत्तै एमालेका नेताहरूले तत्कालै जसपासँग सहकार्य हुने सम्भावना नभएको बताएका छन्। एमालेका नेताहरूले तत्काल माओवादी केन्द्र र नेकपा एससँग पनि सहकार्य हुने सम्भावना नभएको बताउँदै आएका छन्।

तर एमाले, माओवादी र नेकपा एसका नेताहरूले स्थानीय तहमा वाम पार्टीको उपस्थितिका विषयमा पनि विश्लेषण गरिरहेका छन्। स्थानीय तहमा कांग्रेसले विभिन्न पालिकाका गरी तीन सय २९ प्रमुख/अध्यक्ष पदमा जित निकालेको छ। एमालेले दुई सय ५ पालिकामा प्रमुख/अध्यक्ष र नेकपा माओवादी केन्द्रले १ सय २१ पालिकामा प्रमुख/अध्यक्ष पद जितेको छ। नेकपा एसले एक महानगरपालिका एक उपमहानगरपालिकासहित २० प्रमुख/अध्यक्ष पदमा जित निकालेको छ।

तीनवटा कम्युनिस्ट पार्टीको जोड्ने हो भने यो संख्या तीन सय ४६ हुन आउँछ, जुन कांग्रेसले जितेको भन्दा बढी हो। ‘संख्याको हिसाब हेर्ने हो भने अहिले पनि कांग्रेसभन्दा वामपन्थी शक्तिहरू जितमा अघि छन्।

स्थानीय निर्वाचनमा सबै तहमा गठबन्धन भएको होइन, गठबन्धन भएका स्थानमध्ये पनि कम्युनिस्ट उम्मेदवारलाई जिताउन कांग्रेसबाट इमानदार प्रयास भएन। यसकारण वाम गठबन्धनको आवश्यकता हो’, माओवादी एक नेताले भने।

एमालेका एक पदाधिकारीका अनुसार सबै वाम दलले आआफ्नो अवस्थालाई ध्यान दिएर वाम गठबन्धनका लागि अघि बढ्ने र औपचारिक धारणासहितको प्रस्ताव अघि सार्ने हो भने निर्णयमा पुग्न सकिन्छ। ‘धेरै कठिन विषय त होइन, तर पनि केही समय लाग्छ। स्थानीय निर्वाचनमा एमालेविरुद्ध गठबन्धन भएको थियो तर पनि एमालेले करिब ३० प्रतिशत जित निकाल्न सफल भएको छ। यसले गर्दा एमालेसहित अन्य वाम शक्ति एक ठाउँमा जुट्ने हो भने आगामी यात्रा सफल हुन्छ’, ती पदाधिकारीले भने।

माओवादी केन्द्रका एक नेताका अनुसार आगामी निर्वाचनमा कांग्रेसले गठबन्धनका शीर्ष नेताहरूलाई मात्रै जिताउने गरी रणनीति अख्तियार गर्न सक्छ। ‘शीर्ष नेताहरू उठेको स्थानमा कांग्रेसले उम्मेदवार नउठाउने अन्य ठाउँमा कांग्रेसका उम्मेदवार बागी उठ्ने सम्भावना छ, जो खतरनाक हुनेछ’, माओवादीका एक नेताले भने।

ती नेताका अनुसार अहिले कांग्रेसले वाम गठन्धन बन्नसक्ने खतरालाई ध्यानमा राखेर आगामी मंसिरभित्रै संघीय संसद्को निर्वाचन गर्ने प्रयास गरिरहेको छ। ‘संघीय संसद्को निर्वाचन चाँडै गरौं भन्ने कांग्रेसको प्रस्ताव छ, वाम गठबन्धन नहोस् भन्ने उसको चाहना हो’, ती नेताले भने।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
१५ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस