चाहिनेभन्दा बढी उपकरण खरिद हुन्छ, उपयोग हुँदैन
१८ जेष्ठ २०७९
•
१ मिनेट पाठ
चाहिनेभन्दा बढी उपकरण खरिद हुन्छ, उपयोग हुँदैन
पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालका धेरैजसो सरकारी अस्पतालले चाहिनेभन्दा बढी उपकरण खरिद गर्ने र उपयोग नगरीकनै फेरि नयाँ किन्ने गरेको विषय एक वर्षअघि सार्वजनिक गरेका थिए।




आफू मन्त्री हुँदा अनुगमनका क्रममा सरकारी अस्पतालले खरिद गरेका धेरै महँगा उपकरण प्रयोग नै नगरेको र पुनः नयाँ खरिद गरेको पाइएको बताए। यस्तो प्रवृत्तिले सरकारी स्रोतसाधनको व्यापक दुरुपयोग भएको उनले स्मरण गरे। उनले सोमबार नागरिकसँगको कुराकानीमा आफू स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारीमा रहँदा धेरै सरकारी अस्पतालमा यस्तो विकृति फेलापारेको बताए।

उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अस्पतालमा स्वास्थ्य उपकरण वर्षैपिच्छे खरिद गरिने र उचित प्रयोगबिना नै नयाँ खरिद प्रक्रियामा गएको पाइएको बताए।

‘धेरै सामान खरिद गरियो तर सही प्रयोगमा आएनन्, कति त प्रयोगबिनै बिग्रेको देखियो,’ उनले टेमाथेरापी उपकरणलाई इंगित गर्दै भने। उनले नेपालका अस्पताल प्रमुखलाई नयाँ उपकरण किन्ने चाहना बढी हुनु र बायोटेक इन्जिनियरको स्थायी दरबन्दी नहुनुले महँगा उपकरणको उचित प्रयोग हुन नसकेको बताए। ‘करारमा रहेका बायोटेक इन्जिनियर जबाफदेही नहुँदा पनि बिग्रेका उपकरणको मर्मत हुन नसकेको देखिन्छ,’ उनले भने। स्थायी बायोटेक इन्जिनियर भएमा बिगे्रका उपकरणको मर्मत गरी प्रयोग गर्न सकिने उनको भनाइ छ।

स्वास्थ्य क्षेत्रमा मात्र नभई वायुसेवा निगम, विद्युत् प्राधिकरण, टेलिकमजस्ता संस्थानमा समेत चाहिनेभन्दा बढी सामान खरिद गरिने र उचित प्रयोग नगर्ने प्रवृत्ति मौलाएको आफू सार्वजनिक लेखा समितिको सदस्य हुँदा थाहा पाएको त्रिपाठीले बताए।
अर्को समाचार
डेंगु नियन्त्रणप्रति गम्भीर बन्न स्वास्थ्यमन्त्रीलाई नेविसंघको ध्यानाकर्षण पत्र
१५ असोज २०७९
•
२ मिनेट पाठ
डेंगु नियन्त्रणप्रति गम्भीर बन्न  स्वास्थ्यमन्त्रीलाई नेविसंघको ध्यानाकर्षण पत्र
नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ ज्ञापनपत्र बुझाएको छ।शनिबार मन्त्री क्वार्टरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङलाई भेटेर उनीहरुले डेंगु नियन्त्रणप्रति सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएका हुन्। 




उनीहरुले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए। उनीहरुले सरकारले डेंगु नियन्त्रणको लागि यथाशीघ्र डेंगु उपचारको मुख्य औषधि प्यारा सिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शैय्या उपलब्ध गराउनुपर्ने, उपचार निःशुल्क हुनुपर्ने, डेंगु परीक्षणको किटको अभाव भएकाले उक्त किटको व्यवस्थापन र परीक्षण निःशुल्क हुनुपर्ने, राज्यले जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने, डेंगुलाई सरकारले चाँडो भन्दा चाँडो डेंगु प्रकोप घोषणा गरी राज्यका सबै संयन्त्र रोकथाममा लाग्नुपर्ने लगायतका माग राखेको छ। 

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री खापुङले डेंगु रोकथामको लागि सरकार लागिरहेको बताए। उनले सरकार अहिले खोज र नष्ट गर भन्ने अभियान सञ्चालन गरेर लामखुट्टेलाई नष्ट गर्ने काममा लागेको बताए। उनले प्रत्येक शनिवार १० बजे १० मिनट खोज र नष्ट गर भन्ने अभियान चलाएको र सरकारले पानी जमेका ठाउँहरु र फोहोर भएका ठाउँहरु नष्ट गर्ने काममा लागेको बताए। उनले यसमा स्थनीय तह बढी क्रियाशील हुनुपर्ने बताए। मन्त्री खापुङले काठमाडौंमा महानगरलाई यसको जिम्मा दिएपनि अपेक्षा अनुसार काम नभएको जस्तो पाइएको बताए। उनले आफूलाई प्राप्त रिपोर्ट अनुसार बजारमा औषधि अभाव नरहेको दाबी गरे। शंकटकाल घोषणा गरिसक्नुपर्ने तहमा डेंगुको महामारी नपुगेको बताए।  

त्यस्तै नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले सरकार छ भन्ने अनुभुति जनताले गर्ने गरेर सरकारले काम गर्नुपर्ने बताए। उनले डेंगुको महामारी अहिले बढीरहेकोले सरकारले जनतालाई सरकार छ भन्ने अनुभुति दिलाउन नसकेको बताए। उनले डेंगुको उपचार भइरहेको अस्पतालहरुमा डेंगु सम्बन्धी सम्पूर्ण उपचार निःशुल्क हुनुपर्ने बताए।

उनले जनतालाई प्रत्यक्ष रुपमा सरकार साथमा रहेको छ भन्ने भान दिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको बताए। उनले सरकार विभिन्न बहानामा डेंगु नियन्त्रणबाट भाग्न नमिल्ने जिकिर गरे। 
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ८ सेकेन्ड अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस