काठमाडौं–संविधान जारी भएपछि छिमेकी मुलुक भारतले व्यक्त गरेको प्रतिक्रिया र भन्सार ट्यांकर रोकेको भन्ने विषयमा तीन दलले औपचारिक धारणा सार्वजनिक गर्ने भएका छन्। मंगलबार नेकपा एमालेले संविधान जारी भएको उपलक्ष्यमा आयोजना गरको चियापान कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतको प्रतिक्रिया र नाकामा ट्यांकरलगायतका खाद्यबस्तु रोकेको भन्ने विषयमा आज साँझ ती दलको बैठक बसेर औपचारिका धारणा सार्वजिनक गर्ने जानकारी दिए।नेपालमा संविधान जारी भएपछि भारतले असन्तुष्ट पक्षलाई नसमेटेको भन्दै असन्तुष्टी जनाउँदै आएको छ। योसँगै मंगलबार विभिन्न नाकाबाट नेपाल प्रवेश गर्ने मालवहाक ट्रकलाई प्रवेशमा रोक लगाएको समाचार सार्वजनिक भएको थियो। सो विषयमा प्रमुख तीन दलले औपचारिक धारणा सार्वजनिक गर्ने भएको हो।
यसैबीच एमालेले आयोजना गरेको चियापानमा कार्यक्रममा प्रधानमन्त्रीलगायतका कांग्रेसका नेताहरु, एमाओवादी अध्यक्ष, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द लगायतका नेता उपस्थित भएपनि एमाओवादी नेता बाबुराम भट्टराई भने अहिलेसम्म आएका छैनन्।