काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालमा लोकतान्त्रिक संविधान जारी गरेको भन्दै त्यसमा भावनामा बगेर विरोध नगर्न चेतावनी दिएका छन्।एमालेले आयोजना गरेको चियापान कार्यक्रममा ओलीले भारतले नेपाललाई नाकाबन्दी लगाउने कुरामा आफूलाई विश्वास नभएको भन्दै उनले केही चासो र चिन्ता भए आपसी छलफलबाट हल गर्न सकिने बताए। 'भारतले नाकाबान्दी गर्ने कुरामा मलाई विश्वास छैन,'ओलीले भने,'भूपरिवेष्टित राष्ट्रका आफ्नै अन्तर्राष्ट्रिय कानुन हुन्छन। त्यसमा पनि भारतसँग पनि विभिन्न सन्धी सम्झौता भएका छन्।'
ओलीले नेपालमा लोकतान्त्रिक संविधान जारी भएको भन्दै यसबाट कोही पनि आत्तिनु पर्ने अवस्था नरहेको बताए। नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भारतले नेपाललाई नाकाबन्दी गर्न नसक्ने बताए। उनले केही कुरामा 'कन्फ्यूज' भए त्यसलाई वार्ता र आपसी छलफलका माध्यमबाट समाधान गर्न सकिने भन्दै भारतले नाकाबन्दी लगाएको कुरामा सत्यता नरहेको बताए।