बन्दबाट अाजित सर्वसाधारणाले बन्दकर्तालाई लखेटे
०५ असोज २०७२
•
६ मिनेट पाठ
बन्दबाट अाजित सर्वसाधारणाले  बन्दकर्तालाई  लखेटे
इलाम– संविधानप्रति असन्तुष्ट भई पूर्वमा बन्द आह्वान गर्ने राजनीतिक दल, तिनका भातृ संगठन र जातीय–क्षेत्रीय संघसंस्थाप्रति आक्रोश चुलिएको छ। प्रदेश सीमाकंनस"गै सुरु भएको 'बन्द श्रृंखला' बीचमा केही दिन रोकिए पनि संविधान जारी भइरहँदा फेरि दोहोरिएको छ।चाडवाडको मुखमा आह्वान गरिएका बन्दले व्यवसाय चौपट भएको र आफूहरुलाई मर्का परेको भन्दै व्यवसायी आक्रोशित भएका हुन्। बन्द गर्ने र खुलाउने पक्षबीचको आक्रोश इलामको सडकमा छताछुल्ल भएको छ।  साढे ६ दशकको प्रतीक्षापछि जनमुखी संविधान बन्दा बहुसंख्यक नागरिक खुसीयाली र विजयोत्सवमा रमाइरह"दा सीमित जनाधार भएका दल र संघ संस्थाले गरेका बन्द 'अर्थहीन हुने' भन्दै इलाममा मंगलबार चर्को विरोध गरियो । झरी परिरहेको बेला स्वस्फुर्तरुपमा भेला भएका व्यवसायी भानुरत्न टोलदेखि नारायणस्थान हु"दै मालापथसम्म बन्दकर्ताविरुद्ध चर्का नारावाजी गर्दै पसल खुलाउन सक्रिय भए। 'चित्त नबुझेका बिषयमा वार्ताबाट समाधान निकाल्नुपर्ने' भन्दै कहिल्यै बन्द नगर्न उनीहरुले सुझाए ।

बिहान १० बजेतिर सडकमा निस्किएका व्यवसायी नारावाजीसहित बजार खुलाउ"दै चोकबजार नजिक पुग्दा ट्याक्सी स्ट्याण्डमा बन्दकर्तास"ग सामान्य झडप भएको थियो। सीमित संख्यामा रहेका संघीय लिम्बुवान र संघीय समाजवादी पार्टीका कार्यकर्तामाथि व्यवसायी जाइलाग्दा उनीहरु जुत्ता चप्पल छोडेर भागेका थिए । बन्द आह्वान गर्ने पार्टीविरुद्ध 'मुर्दावाद'को नारा लगाउ"दै व्यवसायीले बजारका घर घर पुगेर सटर÷झरप खोलेका थिए । केहीबेरपछि इलाम बजार क्षेत्रमा बन्दकर्ता देखिएनन् ।

'संविधान घोषणापछि हर्षोल्लास छाइरहँदा पनि बजार बन्द गर्नुपर्यो, त्यसले खुसीमा रम्ने अधिकार त खोसियो नै व्यवसाय पनि ओरालो लाग्यो,' इलाम उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने, 'त्यसैको आक्रोशमा व्यवसायी सडकमा निस्कि"दा बन्दकर्तासँग झडप भएको हो।' सुरुमा सिमित संख्यामा निस्किएका व्यवसायी क्रमशः थपि"दै दर्जनौंको संख्यामा जुटेका थिए । उनीहरुले 'लिम्बुवान राज्य' हुन नहुने भन्दै संघीय लिम्बुवान पार्टी नेपालको कार्यालयमा थोरै क्षति पुग्ने गरी तोडफोड गरे ।
jhanda

बन्दको मारमा परेका इलामका व्यवसायी मंगलबार संघीय समाजवादी पार्टीको झण्डा जलाउँदै ।
'बन्द खुलाउने निहुँमा अराजक र उच्छृंखल मानिसको भीडले हाम्रा कार्यकर्तामाथि जाइलाग्दै कार्यालयमा तोडफोड गरेको छ, जुन लोकतन्त्रमा नसुहाउने निन्दनीय काम हो,' लिम्बुवान पार्टी नेपाल इलामका जिल्ला अध्यक्ष डम्बर लिम्बूले भने, 'हामीले शान्तिपूर्ण बन्द आह्वान गरेका बेला बजार खुलाउने बहानामा शक्ति प्रदर्शन गर्नु अप्रजातान्त्रिक काम हो, यसले मुठभेडको स्थिति निम्त्याउ"छ।' वार्तामा बसेर समस्यामाथि छलफल गर्नुपर्नेमा हिंसात्मक क्रियाकलाप गर्ननहुने उनी बताउ"छन्।

प्रदेश सीमांकनमा असन्तुष्ट भई संविधानमाथि शान्तिपूर्ण बन्द आह्वान गर्दा 'कसैलाई टाउको दुःखाई हुन नहुने' भन्दै लिम्बूले सोमबार सदरमुकामबाट पक्राउ परेका दुई कार्यकर्ताको रिहाई माग गरेका छन् । राजनीतिक दल, पेशागत संघ संगठन र नागरिक समाजद्वारा आयोजित विजयोत्सवक्रममा गाडी तोडफोड गरेको आरोपमा पक्राउ परेका शेरबहादुर लोक्ताम र मोहन देवानलाई तत्काल छोड्नुपर्ने उनको माग छ । पक्राउ परेका कार्यकर्ताद्वयलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

बन्द खुलाउनुपर्ने माग गर्दै स्वस्फूर्त भेला भएका व्यवसायीले क्याम्पस रोडमा अवस्थित लिम्बुवान पार्टी नेपालको कार्यालय घेराउ गर्दै नारावाजी गरेका थिए । त्यसक्रममा हुनसक्ने सम्भावित खतरा रोक्न सुरक्षाकर्मीले कार्यालयलाई सुरक्षा दिएका थिए। आक्रोशित व्यवसायीले बन्द आह्वान गर्ने दलमध्येको एक संघीय समाजवादीको झण्डामा आगजनी गर्दै जलाएका थिए। पार्टीको झण्डा जलाइएकोमा समाजवादीले 'अप्रजान्त्रिक कार्य' भन्दै मुठमुडे ननिम्त्याउन सचेत गरेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस