मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले
१८ जेष्ठ २०७९
•
२ मिनेट पाठ
मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले
मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेससहितको गठबन्धन विजयी भएको छ।




मंगलबार साँझ सम्पन्न चारवटै पालिकाको प्राप्त नतिजाअनुसार मध्यपुरथिमि नगर कार्यपालिकामा २८ मत प्राप्त गरी गठबन्धन विजयी भएको मध्यपुरथिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिए।

महिला सदस्यतर्फ कांग्रेसका उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी भएका छन् भने दलित एवं अल्पसंख्यकतर्फ जसे सार्की र सरोज परियार विजयी भएका छन्। माओवादी केन्द्रबाट बालकृष्ण परियार विजयी भएको सिलवालले जानकारी दिए।

विजयी कार्यपालिका सदस्यलाई निर्वाचत अधिकृत मैया कँडेलले प्रमाणपत्र प्रदान गरे भने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सपथ ग्रहण गराए। यस्तै चाँगुनारायण नगरपालिका कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेमकिपाको उम्मेदवार विजयी भएका छन्।

विजयी हुनेमा कांग्रेसको तर्फबाट महिला सदस्यमा निर्मला केसी, पूजा बर्देवा, सीतादेवी दाहाल लामिछाने, दलित एवं अल्पसंख्यकतर्फ दधिराम धिमाल र नेमकिपाको तर्फबाट महिलातर्फ कमला भारती गिरी, अल्पसंख्यकतर्फ जीवन नेपाली र युवराज सार्की बयरकोटी तथा राप्रपाबाट सोनु विश्वकर्मा रहेको नेपाली कांग्रेस चाँगुनारायण नगर समितिका सभापति शिवहरि केसीले जानकारी दिए।

निर्वाचित सदस्यलाई चाँगुनारायणका निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले प्रमाणपत्र प्रदान गरे भने नगर प्रमुख जीवन खत्रीले शपथ ग्रहण गराएका थिए। त्यस्तै सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका छन्।

कार्यपालिका सदस्य महिलामा कमला पोखरेल, तारा सापकोटा, शर्मिला बस्नेत, हेमा दाहाल खतिवडा, सावित्री मिश्र र दलित एवं अल्पसंख्यकतर्फ सुमन परियार, प्रजुन त्रिखती, सुनिल भुजेल निर्वाचित भएको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए।

विजयी सदस्यलाई निर्वाचत अधिकृत सरिताकुमारी खतिवडाले प्रमाणपत्र प्रदान गरिन् भने नगर प्रमुख वासुदेव थापाले शपथ ग्रहण गराएका थिए। त्यसैगरी भक्तपुर नगरपालिकाको नगर कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचित हुनेमा सुनिता अवाल (प्रजापति), कृष्णप्यारी भुजू, रोशनमैया सुवाल, रञ्जना त्वाती, छोरीमैया सुजखु प्रजापति भएका छन्। दलित तथा अल्पसंख्यकमा उम्मेदवारी नपरेको बताइएको छ। निर्वाचित सदस्यलाई नगर प्रमुख सुनिल प्रजापतिले शपथ गराएका थिए।
अर्को समाचार
भक्तपुरमा गठबन्धन, एमाले र नेमकिपा मुख्य प्रतिस्पर्धी
२२ वैशाख २०७९
•
३ मिनेट पाठ
भक्तपुरमा गठबन्धन, एमाले र नेमकिपा मुख्य प्रतिस्पर्धी
भक्तपुर, मध्यपुरथिमि, चाँंगुनारायण र सूर्यविनायक यी चार वटा नगरपालिकाहरुमा ३८ वटा वडाहरु छन्। भक्तपुर र सूर्यविनायकमा १० दस वटा वडाहरु छन् भने मध्यपुरथिमि र चाँंगुनारायणमा नौ-नौ वटा वडाहरु रहेका छन्।




पछिल्लो स्थानीय निकायको निर्वाचनमा यीमध्ये भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले क्लिन स्विप (मेयर, उपमेयर, वडाअध्यक्षदेखि वडासदस्यसम्म सवै जितेको) गरेको थियो। नेमकिपाले यहाँं चार दशक बढी समयदेखि एकछत्र जित हासिल गर्दै आएको छ।

यस बाहेकका बाँंकी तीन वटा नगरपालिकाहरुमा भने नेपाली कांग्रेस, एमाले, नेमकिपाको मिश्रित परिणाम आएको थियो। पछिल्लो स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेस मध्यपुरथिमि नगरपालिकामा पहिलो भएको थियो। उक्त निर्वाचनमा कांग्रेस चाँगुनारायण र सूर्यविनायकमा कडा प्रतिस्पर्धाका बीच दोस्रो दलमा सिमीत भएको थियो।

एमाले चाँगुनारायण र सूर्यविनायकमा पहिलो, मध्यपुरथिमीमा दोस्रो र भक्तपुर नगरमा तेस्रो भएको थियो। एकीकृत माओवादी चार वटै नगरमा चौथो दलको रुपमा सिमित रहेको थियो। यसअघि निर्वाचनमा चाँंगुनारायण नगरपालिकामा एमालेबाट सोमप्रसाद मिश्रले ८ हजार पाँंच सय १२ र उपमेयरमा विना बास्तोलाले ८ हजार सात सय ७९ मत ल्याएर विजयी भएका थिए।

त्यस नगरपालिकामा कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका राजाराम खड्काले ६ हजार आठ सय ६९ मत र उपमेयरकी उम्मेदवार राधा कार्कीले ७ हजार चार सय ७६ मत ल्याएका थिए। यस्तै नेमकिपाबाट मेयरमा नहुछेभक्त फोजुले ४ हजार चार सय ४२ मत र उपमेयरमा गीता काफ्लेले ४ हजार २२ मत ल्याएर तेस्रो भएका थिए।

यता मध्यपुरथिमिमा एमाले र नेमकिपाले गठबन्धन गरेका थिए। गठबन्धनबाट एमालेका मदनसुन्दर श्रेष्ठ १३ हजार ६ सय ७८ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए। यस्तै उपमेयरमा नेमकिपाबाट केदार खड्का ७ हजार सात सय ६२ मत ल्याएर पराजित भएका थिए।

कांग्रेसबाट मेयरमा अष्ट कवे १० हजार ८ सय ४६ मत ल्याएर पराजित भए। उनी दोस्रो मात्रै हुन सफल भए। कांग्रेसबाट उपमेयरमा अञ्जनादेवी मधिकर्मी भने १० हजार ६ सय ७८ मत ल्याएर विजयी भएकी भइन्। सूर्यविनायकमा भने एमालेबाट मेयरका उम्मेदवार भएका बासुदेव थापा १२ हजार एक सय ३५ मत र उपमेयरमा जुना बस्नेत १२ हजार आठ सय ३२ मत ल्याएर विजयी भएका थिए।

कांग्रेसबाट मेयरमा विष्णुराज कार्की १० हजार एक सय ६५ मत र उपमेयर कल्पना राजथला ८ हजार नौ सय सात मत ल्याएर दोस्रो भएका थिए। यस्तै नेमकिपाबाट मेयरका उम्मेदवार मनशोभा सुवालले दुई हजार दुई सय ८० मत, उपमेयरमा महेन्द्र बखुन्छेले दुई हजार ६ सय सात मत ल्याएका थिए।

गएको निर्वाचनमालाई आधार मान्ने हो भने भक्तपुर नगरपालिकामा नेमकिपाले विजयी पाउनेमा कुनै शंका रहेन। यता चाँंगुनारायण, मध्यपुरथिमि र सूर्यविनायकमा भने नेपाली कांग्रेसहितको पाँंच दलीय गठबन्धन र एमालेवीच अत्यन्त कडा प्रतिस्पर्धा हुने देखिएको छ। यी तीन वटै नगरपालिकामा एक दुई हजार मत अन्तरले विजयी भएको एमालेलाई टक्कर दिन कांग्रेससँंगको नेकपा एसको गठबन्धनले अप्ठेरो पार्ने देखिन्छ।

नेकपा एसले एक दुई हजार मात्रै मत कटाएर कांग्रेसको पोल्टामा गएपछि एमालेलाई आफनो पहिलाको जित कायम राख्न हम्मेहम्मे हुने देखिन्छ। जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाए अनुसार यस पटकको निर्वाचनमा जिल्लामा ३४ दलहरुबीच प्रतिस्पर्धा हुनेछ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस