काठमाडौं-नेपालमा जारी भएको संविधानलाई स्वागत गर्दै अन्तर्राष्ट्रिय समुदायले नेपाली जनतालाई बधाई दिइरहेका छन्। उनीहरुले नयाँ संविधान विकास र समृद्धिको मार्गमा महत्वपूर्ण फड्को भएको टिप्पणी गर्दै संविधानलाई समर्थन गरेका हुन्।
पछिल्ला दिन संयुक्त राष्ट्रसंघ, अमेरिका, फ्रान्स, जर्मनी, पाकिस्तान, जापानलगायत देशले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी नयाँ संविधानको स्वागत गरेका छन्।
यसअघि बेलायत, युरोपियन युनियन, चीनलगायतको समर्थन प्राप्त भइसकेको छ। भारतले भने नेपाली जनतालाई बधाई दिए पनि संविधानमाथि स्पष्ट समर्थन गरेको छैन।
संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले नयाँ संविधानको स्वागत गर्दै राजनीतिक दललाई हदैसम्म लचक भई वार्तामा बस्न आग्रह गरेका छन्। उनले मधेसमा भइरहेको हिंसाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वार्थलाई केन्द्रबिन्दुमा राखी संवाद गर्न भनेका छन्।
'महासचिवज्यूले नेपालमा जारी भएको नयाँ संविधानको स्वागत गर्नुभएको छ। उहाँले सबै राजनीतिक दललाई बृहत राष्ट्रिय स्वार्थलाई केन्द्रबिन्दुमा राखेर लचकता र समावेशितालाई निरन्तरता दिन आग्रह गर्नुभएको छ,' सोमबार अमेरिकाको न्युयोर्कमा सञ्चारकर्मीसँग महासचिव मुनका प्रवक्ता स्टेफन गुजारिकले भने, 'उहाँले पछिल्ला दिनका हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्नुभएको छ।'
महासचिव मुनले संवादको महŒव स्मरण गराउँदै अहिंसात्मक हुन र शान्तिपूर्ण प्रदर्शनको सम्मान गर्न नेपालका राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। उनले स्पष्ट भनेका छन्, 'शान्ति र लोकतान्त्रिक नेपाल नै नेपाली जनताको चाहना र अधिकार हो।'
अमेरिकाले नयाँ संविधान जारी गरी नेपाली जनताले लोकतन्त्रप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको भन्दै बधाई ज्ञापन गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन कर्बीले वक्तव्य जारी गर्दै नयाँ संविधान घोषणालाई 'कोसेढुंगा' भनेका छन्।
'नेपालको लोकतान्त्रिक यात्रामा संविधान घोषणा एक महत्वपूर्ण कोसेढुंगा हो,' कर्बीले भनेका छन्, 'सरकारले यसमा सबै नेपालीका विचार समेट्ने प्रयत्न जारी राख्नुपर्छ।'
लैंगिक समानता, धार्मिक स्वतन्त्रता र नागरिकताको अधिकार लगायत विश्वव्यापी रुपमा मान्यता प्राप्त अवधारणा तथा सिद्धान्तसँग एकरूप हुने उपाय संविधानले अपनाएको सुनिश्चितता सरकारले गर्नुपर्ने अमेरिकी भनाइ छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता कर्बीले भनेका छन्, 'नेपालीलाई शान्तिपूर्ण तथा अहिंसात्मक माध्यमद्वारा लोकतान्त्रिक प्रक्रियामा संलग्न भइरहन हामी प्रोत्साहित गर्छौं।'
जनताले लोकतान्त्रिक अधिकारहरु व्यक्त गरेका बेला संयमता अपनाउन अमेरिकाले नेपाली सुरक्षाफौजलाई समेत आग्रह गरेको छ। 'नेपाल सरकार र नेपाली जनता यस लोकतान्त्रिक मार्गमा अगाडि बढिरहेको र वैशाखको भूकम्पपछि पुनर्निर्माणमा जुटेको यस घडीमा अमेरिका सहयोग गर्न तयार छ,' कर्बीले भनेका छन्।
फ्रान्सले पनि नयाँ संविधानलाई स्वागत गर्दै नेपालको एउटा राजनीतिक प्रक्रिया पूरा भएको जनाएको छ। फ्रान्सको विदेश तथा अन्तर्राष्ट्रिय विकास मन्त्रालयका प्रवक्ताद्वारा मगलबार जारी विज्ञप्तिमा भनिएको छ, 'राजनीतिक स्थिरता र विकासको मार्गमा फर्कने यो एउटा महत्वपूर्ण कदम हो।'
जर्मनीले पनि विज्ञप्ति जारी गर्दै नयाँ संविधानलाई स्वागत गरेको छ। जर्मनीका विदेशमन्त्री फ्रांक वाल्टर स्टेनमियरले मंगलबार विज्ञप्ति जारी गर्दै लोकतन्त्रका लागि महत्वपूर्ण कदम भनेका छन् ।
'नेपाल आफ्नो इतिहासको नयाँ अध्यायमा प्रवेश गरेको छ। अहिले नेपाल लोकतान्त्रिक संविधानसहितको देश भएको छ। यसले विधिको शासन स्थापना गरी आर्थिक विकासमा सकारात्मक प्रभाव पार्नेछ।'
जर्मनीले आगामी दिनमा पनि सहयोग निरन्तर जारी रहने स्पष्ट पारेको छ। तराई क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति चासो राख्दै जर्मनीले संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ। 'नेपाल सरकारले अब आफ्नो ध्यान पुनर्निर्माणतर्फ लगाउनेछ भन्ने विश्वास हामीले लिएका छौं,' जर्मनीले भनेको छ।
लोकतान्त्रिक प्रक्रियाबाट संविधान जारी गरेकोमा पाकिस्तानले पनि विज्ञप्ति जारी गर्दै स्वागत गरेको छ। पाकिस्तानले महत्वपूर्ण उपलब्धि हासिल गरेकोमा नेपाली जनता, नेपाल सरकार र राजनीतिक दललाई बधाई दिएको छ। 'नयाँ संविधानले नेपालमा लोकतन्त्रको जग थप मजबुत बनाउने विश्वास हामीले लिएका छौं,' पाकिस्तानले भनेको छ। पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले नयाँ संविधान जारी भएकोमा नेपालका समकक्षीलाई बधाई दिएका छन्।