काठमाडौं–परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगित भएको आफूलाई जानकारी नभएको बताएका छन्। प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्रसङ्घको ७० औँ महासभामा भाग लिन अठार सदस्यीय नेपाली प्रतिनिधि टाेलीसहित बुधबार अपराह्न न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम तय थियो।
'भ्रमण स्थगित भएको अहिलेसम्म आधिकारिक जानकारी छैन,' मन्त्री पाण्डेले नागरिकन्युजसँग भने–'वहाँलाई धेरै क्षेत्रबाट यस्तो बेलामा भ्रमणमा निस्कनु उपयुक्त नहुने सुझाव आएको छ,' उनले भने 'तर नजाने भन्ने अहिलेसम्म निर्णय भएको छैन।' उनले असन्तुष्ट पक्षहरुसँग शीर्ष नेतृत्वको वार्ता जारी रहेको र निकास नदिइ भ्रमणमा निस्कन प्रधानमन्त्रीले असहज महसुस गरेको बताए।
प्रधानमन्त्रीको भ्रमण स्थिगित भयो भने परराष्ट्रमन्त्री पाण्डेले नै नेपालको नेतृत्व गर्नेछन्। प्रधानमन्त्री नजादा उनका सुरक्षाकर्मी, सल्लाहकार र सहयोगीहरुको पनि भ्रमण स्थगित हुनेहुँदा भ्रमण टोलीका सदस्य घट्नेछन्।
प्रधानमन्त्री कोइरालाले महासभालाई असोज १४ गते सम्बोधन गर्ने कार्यक्रम छ।