काठमाडौं–प्रधानमन्त्री सुशील कोइराला अन्ततःअमेरिका नजाने भएका छन्। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले दिएको जानकारी अनुसार देशको पछिल्लो परिस्थितिमा विदेश भ्रमणमा निस्कनु असहज भएको भन्दै भ्रमण रोकिएको हो। प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्रसङ्घको ७० औँ महासभामा भाग लिन अठार सदस्यीय नेपाली प्रतिनिधि टाेलीसहित बुधबार अपराह्न न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम तय थियो।प्रधानमन्त्रीको भ्रमण स्थिगित भएपछि नेपाली प्रतिनिधी मण्डलको नेतृत्व परराष्ट्रमन्त्री पाण्डेले गर्नेछन्। ‘वहाँ (प्रधानमन्त्री) नजाने अवस्थामा नेतृत्व परराष्ट्रमन्त्रीकै हुन्छ,’ परराष्ट्र श्रोतले भन्यो ‘अाज भ्रमण रद्द भएपनि राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीको सम्बोधन तय भैसकेको हुनाले उक्त दिनका लागि वहाँ पुग्ने संभावना पनि छ।’
प्रधानमन्त्री कोइरालाले महासभालाई असोज १४ गते सम्बोधन गर्ने कार्यक्रम छ। असोज ११ देखि १८ गतेसम्म चल्ने संयुक्त राष्ट्रसङ्घको ७० औँ महासभालाई सदस्य राष्ट्रका हैसियतले सरकार प्रमुखका रूपमा कोइरालाले सम्बोधन गर्ने तय भैसकेको छ।