काठमाडौं–प्रधानमन्त्री सुशील कोइराला अन्ततःसंयुक्त राष्ट्रसङ्घको ७० औँ महासभामा भाग लिन अमेरिका नजाने निश्चित भएको छ। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले दिएको जानकारी अनुसार उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले भ्रमण टोलीको नेतृत्व गर्नेछन्। सिंह अाजै टोली नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्ने उनले बताए। तर परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्रीको भ्रमण स्थिगित भएपछि नेपाली प्रतिनिधी मण्डलको नेतृत्व अफै गर्ने बताएका छन्। ‘प्रधानमन्त्रीजी नजाने अवस्थामा नेतृत्व परराष्ट्रमन्त्रीकै हुन्छ,’ पाण्डेले भने।प्रधानमन्त्रीको भ्रमण रोकिने करिब निश्चित भएपछि बिहानैदेखि मन्त्री पाण्डे अाफै नेतृत्व गरेर जाने मानसिकता बनाएर तयारी थालेका थिए। तर अचानक उपप्रधानमन्त्री सिंह जाने निर्णय भएपछि ‘सिनियारिटिका अाधारमा’ उनैले प्रतिनिधि मण्डलको नेतृत्व गर्ने परराष्ट्र श्रोतले बतायो। प्रधानमन्त्री र उनका सहयोगीहरूको समेत अमेरिका जाने टिकट काटिसकिएको अवस्थामा ती रद्द गरेर मन्त्री सिंह र उनीसँगै थपिने भ्रमण टोलीका अन्य सदस्यको टिकट मिलाउने तयारी भएको परराष्ट्र श्रोतले जनाएको छ।
देशको पछिल्लो परिस्थितिमा विदेश भ्रमणमा निस्कनु असहज भएको भन्दै प्रधानमन्त्रीको भ्रमण रोकिएको हो। प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्रसङ्घको ७० औँ महासभामा भाग लिन अठार सदस्यीय नेपाली प्रतिनिधि टाेलीसहित बुधबार अपराह्न न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम तय थियो।
प्रधानमन्त्री कोइरालाले महासभालाई असोज १४ गते सम्बोधन गर्ने कार्यक्रम थियो। संयुक्त राष्ट्रसङ्घको ७० औँ महासभा असोज ११ देखि १८ गतेसम्म चल्नेछ।