काठमाडाैं-थरूहट/थारूवान संयुक्त संघर्ष समितिले अान्दाेलनलाई सशक्तरूपमा अगाडि बढाउने भएकाे छ। माेर्चाले मधेसी माेर्चासँग सहकार्ग गर्न तराइमै गएर माेर्चाका नेताहरूसँग छलफलसमेत गर्ने जनाएको छ। माेर्चाले अान्दाेलनलाई सशक्त बनाउन केन्द्रीय नेताहरू पनि तराइ जाने भएका छन्। केन्द्रीय नेताहरूले तराइका विभिन्न जिल्लामा गएर प्रशिक्षणलगायत अान्दाेलनलाइ सशक्त बनाउने बताए।उनीहरूले राजधानी जाेड्ने तराईका राजमार्गहरू ठप्प पार्नुका साथै भारतीय सीमाहरूमा नाकाबन्दी गर्ने बताए। राजधानी लगायतका ठाउँमा खाधन्न सामग्री जान नदिन राजमार्ग केन्द्रीत अान्दाेलन गर्ने बताइयो।
माेचाले थारू अान्दाेलनकारीलाई ज्यान मार्ने मुद्दा दर्ता गराएर तर्साउन खाेजेकाे अाराेपसमेत लगाएकाे छ। माेर्चाले उक्त मुद्दा तत्काल फिर्ता गर्न चेतावनीसमेत दिएकाे छ। कैलाली प्रशासनले माेर्चाका संयाेजकसहित ५८ जनाविरूद ज्यान मार्ने मुद्दा दर्ता गराएकाे छ। माेर्चाले सिंहदरवारमा पत्रकार सम्मेलन गरेर अाफ्नाे निर्णय सार्वजनिक गरेको हो।