काठमाडौं–सत्तारुढ दल नेकपा एमालेले संविधानकाबारेमा देखिएको अन्योल चिर्न देशव्यापी अभियान संचालन गर्ने भएको छ।बिहीबार तीन बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने स्थायी कमिटीको बैठकले संविधानका बारेमा देखिएको अन्योल चिर्ने अभियानको घोषणा हुने पार्टी प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार कतिपय ठाउँमा संविधानकाबारे धेरै भ्रम रहेको र त्यसलाई चिर्न जनताकाबीचमा जाने तयारी एमालेले गरेको हो। आज बस्ने बैठकमा तराइ केन्द्रित आन्दोलन र उनीहरुका मागका विषयमासमेत समिक्षा हुने बताइएको छ। 'तराई केन्द्रित आन्दोलनको उद्देश्य के हो र उनीहरुका मागका विषयमा बैठकमा समिक्षा हुनेछ,' भट्टराईले भने। संविधान जारी भएपछि विभिन्न मुलुकबाट प्राप्त प्रतिक्रियालगायतका विषयमा बैठकमा छलफल हुनेछ।