मध्यस्थकर्ताको भूमिकामा भट्टराई
०७ असोज २०७२
•
८ मिनेट पाठ
मध्यस्थकर्ताको भूमिकामा भट्टराई
काठमाडौं–नयाँ संविधान बनेको खुशियालीमा असोज ३ गते साँझ संविधान सभामा अतिशबाजी भइरहेको थियो। संविधान बनेको खुशीमा संविधान सभा परिसर उल्लासमय भइरहँदा संविधान घोषणा समारोहबाट बाहिर निस्केका एमाओवादी नेता बाबुराम भट्टराईले 'एन्टी करेन्ट' प्रतिक्रिया दिए। 'संबिधान आयो भनेर बाजा बजाएर नाच्ने बेला भएको छैन' उनको भनाइ अायो- ‘संविधानलाई मूलतःस्वागत गर्छु तर अांसिक बेखुसी छु।’ उनले बेखुसीको कारण खुलाए-'मधेशी, थारु र जनजातीलाई रुवाएर हामी कसरी खुसी मनाउने ?'भट्टराईको प्रतिक्रियाले संविधानमा उपेक्षित भएको महसुस गरेका मधेशी, थारु र जनजातीहरुमा थोरै उत्साह थप्यो। संविधानको स्वागतमा उभिएका बहुसंख्यक नेपालीलाई भने भट्टराईको यो टिप्पणी रुचीकर लागेन। भनाइ र गराइको तादम्यता नमिलेको भनेर सामाजिक सञ्जालमा सधैँ गालीखाने भट्टराईको आलोचनाको नयाँ अध्याय फेरि सुरु भयो। नेपाली राष्ट्रिय राजनीतिमा भारतको खुलेआम हस्तक्षेप भइरहँदा त्यसविरुद्ध एक शब्द बोल्न नसकेको भनेर अहिले उनी ट्विटर र फेसबुकमा गाली खाइरहेका छन्। उनकै पार्टी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले 'भारतले नाकाबन्दी लगाए साइकल चढौंला', एवं 'हामी एसम्यान हुन सक्दैनौं', भनेर भारतलाई ठाडै चुनौती दिए। उनी मौन छन्। किन ? 'संविधानको मुद्द कसरी स्थापित भयो, संविधान बनाउने चरणहरूमा कस्ले कस्तो भुमिका खेल्यो त्यो सबै रेकर्डेड छ,’ उनले नागरिकन्युजसँग भने, ‘मलाई गाली गर्नेहरूले ती रेकर्डेड दस्ताबेज हेरे हुन्छ, कुतर्क गर्नेहरुलाइ जवाफ दिएर बस्ने मेरो काम हैन।’

भारतपरस्त आरोपबाट भट्टराई वाक्क भैसकेका छन्। अचेल उनलाई यो आरोपले छुन पनि छाडेको छ। 'कस्ले के भन्छ त्यो मेरो रुचिको बिषय हैन,' भट्टराईलेको भनाई छ 'तराई–मधेश र पहाडका जनताबीच द्वन्द्व बढाएर स्थिति भड्काउन खोजिएकोमा मेरो चिन्ता छ', उनले शीर्ष नेतृत्व र आन्दोलनरत पक्षलाई सम्हाल्न सकिने तहमामात्रै द्वन्द्वलाई सीमित राख्न आफूले आग्रह गरेको बताए।

'अनावश्यकरुपमा उछालेर परिस्थितिलाई नियन्त्रण बाहिर पुर्‍याउने काम कसैले गर्न हुन्न,' भट्टराईले नागरिकन्युजसँग भने 'घर भित्रको समस्यालाई चर्काएर बाह्य पक्षलाई निम्तो दिनु जरुरी छैन।' बढ्दो द्वन्द्व घटाउन आफू क्रियाशील रहेको र केही दिनमा सकारात्मक परिणाम आउनेमा पूर्व प्रधानमन्त्री भट्टराई विश्वस्त देखिए।

भट्टराई पछिल्लो समय आन्दोलनरत मधेशवादी दल, थारु, जनजाती र सरकारकाबीच बढ्दो दुरी घटाउन सक्रिय छन्। 'आजै एक विज्ञप्तिमार्फत उहाँले आफ्ना धारणा सार्वजनिक गर्नुभएको छ,' उनका स्वकीय सचिव विश्वदीप पाण्डेले भने, 'पहाड र मधेशबीचको बढ्दो द्वन्द्व घटाउन पहल गर्दैहुनुहुन्छ, उहाँ आफू पनि मधेश जादै हुनुहुन्छ र शीर्ष नेताहरुलाई मधेशमा पुग्न सुझाब दिनुभएको छ।'

राजनीतिक निकासका लागि क्रियाशील भट्टराईले आजै बेलुका प्रधानमन्त्री कोइरालालाई भेटेर समस्या समाधानबारे छलफल गर्ने कार्यक्रम तय भएको पाण्डेले बताए।

मध्यस्थकर्ता


भट्टराई मात्र एक यस्ता शीर्ष नेता हुन जसलाई यतिबेला आन्दोलनरत पक्षले आफ्नै ठानेर समस्या सुनाउने गर्छन्। मधेश र थारु आन्दोलनको अगुवाई गर्न उनलाई आग्रह समेत थियो। सरकार र प्रमुख दलका शीर्ष नेतासँग पनि भट्टराईको निरन्तर उठाबस चलिरहेकै छ। हिजैमात्र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र सञ्चारमन्त्री मिनेन्द्र रिजालसँग उनले समस्यालाई समाधानबारे छलफल गरेका थिए। एमाले नेतासँग पनि त्यतिकै सम्पर्कमा छन्।

भारतको हस्तक्षेपमा मौनता साँधेका उनी भारतका पनि मध्यस्थकर्ताका भूमिका निर्वाह गर्नसक्ने पात्र हुन्।

इतिहासले उनलाई एक पटक महत्वपूर्ण अवसर अगाडि सारिदिएको छ। त्यो के भने आन्दोलनरत पक्ष, सरकार र भारतबीचको त्रिकोणात्मक असमझदारीलाई घटाएर उपयुक्त निकासका लागि इमान्दारीपूर्वक समस्या सुल्झाउन सार्थक पहल गर्ने। दीर्घकालसम्म असर पर्ने यो कठिन घडीकोे उचित आँकलन गरेर मुलुकलाई सार्थक निष्कर्षमा पुर्‍याउन उनकालागि माैका छ।

आन्दोलनरत मधेसी मोर्चा र थारू नेताहरु समेत भट्टराईप्रति लचिलो छन्। उनीहरू अाफ्ना सवालहरूमा भट्टराईले सघाएको ठान्छन्। हिजोअाज भट्टराई सरकारसँग अान्दोलनरत मोर्चाको दूरी घटाउन र समस्याको निकास खोज्न भूमिका निर्वाह गर्दैछन्। उनको यो भूमिकाप्रति धेरै मधेसी नेता प्रशन्न छन्। संघीय समाजवादी फोरम नेपालका सचिव अभिषेक प्रताप शाह भट्टराईको भूमिकालाई लिएर खुशी व्यक्त गर्छन्।

'उहाँ मधेशी, थारुको समस्याबारे गम्भीर हुनुहुन्छ,' शाहले नागरिकन्युजसँग भने 'हिजो मधेशी र थारुहरुकै सहयोगमा सरकारमा पुग्नुभएकोले पनि होला अहिले शीर्ष नेताहरुले बुझ्न नसकेको कुरा उहाँले बुझ्नुभएको हामीले पाएका छौंं।'

मधेशीको राष्ट्रवादलाई कम नआँक्न आग्रह गर्दै उनले देशप्रतिको कर्तव्य र इमान्दारिता मधेशी जनतालाई राम्रै थाह भएको उल्लेख गरे।

'मधेशमा बाबुरामजीलाई न्यानो स्वागत छ, उहाँमार्फत नै काठमाडौंका ठूला नेतालाई मधेशको समस्या समाधान गर्नका लागि अग्रसरता लिइदिन हामीले आग्रह गरेका छौं', उनले भने।

सबैले जटिल ठानेको यतिबेलाको गतिरोध हटाउन भट्टराईले सार्थक पहल थालेको बताएकाछन्। तीनवटै पक्षको पछिल्लो मनोदशा भट्टराईलाई प्रष्ट थाह छ। यतिबेला उनी मध्यस्थ बनेर समस्याको निकास दिन सक्छन् भन्ने बलियो अाधार यही हो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस